बिहिबार, २० बैशाख २०८१

नेपाल बैंकले साढे दुई अर्ब कमायो

१२ बैशाख २०७५, बुधबार १९:०२ मा प्रकाशित

काठमाडौँ, १२ वैशाख (रासस) ः नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम नौ महिनामा रु दुई अर्ब ५६ करोड ७७ लाख खुद मुनाफा आर्जन गरेको छ । यस अवधिमा बैंकको सञ्चालन मुनाफा रु तीन अर्ब १२ करोड रहेको बैंकले जनाएको छ ।

बैंकको खुद मुनाफा गत वर्षको यस अवधिको तुलनामा २.०६ प्रतिशतले बढी छ । यस अवधिमा बैंकको निक्षेप रु ९० अर्ब ८१ करोड र कर्जा रु ७९ अर्ब ७१ करोड पुगेको छ । बैंकको कूल भाखा नाघेको कर्जा अनुपात २.९१ प्रतिशत रहेको छ ।

बैंकका प्रेस संयोजक मुकुन्द अर्यालका अनुसार बैंकले तीन महिनाभित्र मुलुकभरका विभिन्न २७ स्थानमा शाखा स्थापना गर्दैछ । आठ दशक यता अविच्छिन्नरुपमा देशको वित्तिय सेवामा संलग्न यस बैंकले हाल मुलुकका हिमाल पहाड तराईका ५४ जिल्लामा फैलिइ १३६ शाखा ११ एक्सटेन्सन काउन्टर र ७१ वटा एटिएम आउटलेटमार्फत १२ लाख ग्राहकलाई प्रत्यक्ष बंैकिग सेवा पु¥याइरहेको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter