बिहिबार, २० बैशाख २०८१

सम्झौता कार्यान्वयनको चरणमा लैजानुपर्नेमा जोड

१२ बैशाख २०७५, बुधबार १९:५९ मा प्रकाशित

काठमाडौँ, १२ वैशाख (रासस) ः भारतका लागि पूर्वराजदूत डा दुर्गेशमान सिंहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालमा हुने भ्रमणका अवसरमा विगतमा दुवै देशबीच भएका सन्धिसम्झौता कार्यान्वयनको चरणमा लैजानुपर्ने बताउनुभएको छ ।

रिपोर्टर्स क्लबले आज आयोजना गरेको कार्यक्रममा सिंहले भन्नुभयो, “पञ्चेश्वर परियोजना दुवै पक्षको हितमा छ, चाँडो कार्यान्वयनमा लैजानुपर्छ, हुलाकी राजमार्ग र जलविद्युत्जस्ता परियोजनालाई अघि बढाउनुपर्छ ।”

मोदीले तीन पटक नेपालको भ्रमण गर्नु अभूतपूर्व हुने र उहाँको पहिलो पटकको नेपाल भ्रमणले आपसी सहयोगको ढोकासमेत खोलिदिएको बताउँदै उहाँले भन्नुभयो, द्विपक्षीय उच्चस्तरीय भ्रमण भइरहेका छन्, त्यसले सम्बन्धमा नयाँ आयाम थपेको छ ।”

नेकपा (एमाले) का नेता डा राजन भट्टराईले प्रधानमन्त्री मोदीको नेपाल भ्रमण राजकीय हुने बताउँदै उक्त भ्रमणमा अरुण तेस्रो र काभ्रेको धुलिखेलमा प्रहरी प्रतिष्ठानको शिल्यान्यास हुने बताउनुभयो ।
नेपाल–भारत सीमा विवादबारे आफूहरु सम्मिलित इपिजीले सघनरुपमा छलफल चलाइरहेको जानकारी दिँदै डा भट्टराईले काठमाडौँमा मात्रै नभएर अब दिल्ली र बेइजिङमा पनि भारत–नेपाल–चीनबीचको त्रिदेशीय साझेदारीबारे बहस शुरु भएको छ भन्नुभयो । उक्त सन्धि पुनरावलोकन गरी असमान विषय खारेजीका लागि सुझाइने उहाँले बताउनुभयो ।

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण सफल हुने विश्वास व्यक्त गर्दै उहाँ जनकपुर र मुक्तिनाथ जाने हुँदा तराईदेखि हिमालसम्म उहाँको यसपटक धार्मिक र सांस्कृतिक भ्रमणसमेत हुने बताउनुभयो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter