बिहिबार, २० बैशाख २०८१

आर्थिक वृद्धिदर ५ दशमलव ८९ हुने प्रक्षेपण

१२ बैशाख २०७५, बुधबार १८:५४ मा प्रकाशित

काठमाडौँ, १२ वैशाख (रासस) ः चालू आर्थिक वर्षमा ५ दशमलव ८९ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने प्रक्षेपण गरिएको छ ।

आर्थिक वर्ष २०७४÷७५ को छदेखि नौ महिनासम्मका आर्थिक क्षेत्रसँग सम्बन्धित आँकडा तथा सूचकका आधारमा यो प्रक्षेपण गरिएको हो ।

केन्द्रीय तथ्याँक विभागद्वारा आज यहाँ सार्वजनिक गरिएको आव २०७४÷७५ को राष्ट्रिय लेखा तथ्याँकमा विगतका तीन वर्षमा कूल गार्हस्थ्य उत्पादनमा प्राथमिक क्षेत्रको योगदान घट्न गएको र सेवा क्षेत्रको योगदान बढ्न गएको देखिएको छ ।

समग्र औद्योगिक क्षेत्रलाई प्राथमिक, द्वितीय र सेवा क्षेत्र गरी तीन समूहमा विभाजन गरी तथ्याँक विश्लेषण गर्ने गरिन्छ । सार्वजनिक भएको सो लेखा तथ्याँकमा प्राथमिक क्षेत्रअन्तर्गतका कृषि तथा वन, मत्स्य र खानी क्षेत्रले कूल गार्हस्थ्य उत्पादनमा २८ दशमलव २१ प्रतिशत योगदान दिएको अनुमान गरिएको छ ।

चालू आर्थिक वर्षमा कृषि क्षेत्रमा उल्लेख्य वृद्धि नभए तापनि पुनःनिर्माणका लागि वन पैदावारका सामग्री र उत्खनन क्षेत्रमा उत्पादन वृद्धिजस्ता कारणले सो क्षेत्रमा उत्पादन वृद्धि भएको जनाइएको छ ।

यसैगरी, द्वितीय क्षेत्रअन्तर्गतका निर्माण, उद्योग र विद्युत्, ग्यास तथा पानीले कूल गार्हस्थ्य उत्पादनमा १४ दशमलव १८ योगदान दिएको अनुमान गरिएको छ । पुनःनिर्माण तथा अन्य निर्माण कार्यको तीव्रता, ऊर्जा क्षेत्रको विस्तार, औद्योगिक क्षेत्रमा भएको उत्पादन वृद्धिले त्यसमा उल्लेख्य योगदान दिएको हो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter