२० मंसिर २०८२

राष्ट्रिय

मुद्दा स्थगन गर्ने परम्परा हटाउनुपर्छ ः कामु प्रन्या

काठमाडौँ, २० वैशाख (रासस) ः कामु प्रधानन्यायाधीश दीपकराज जोशीले सेवाग्राहीलाई सहज बनाउने गरी छिटो न्याय दिने व्यवस्था मिलाउन उच्च अदालत पाटनलाई निर्देशन दिनुभएको छ । कामुु प्रन्याको नेतृत्व सम्हालेपछि पहिलो पटक उच्च अदालत पाटनको निरीक्षणमा पुग्नुभएका जोशीले मुद्दा धेरै स्थगन गराउँदा सेवाग्राहीलाई असहज हुने भएकाले मुद्दा स्थगन गर्ने परम्परा घटाउन...बाँकी अंश →


अध्यक्ष तिमिल्सिना र बेलायतका राजदूतबीच भेटवार्ता

काठमाडौँ, २० वैशाख (रासस) ः राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालका लागि बेलायतका राजदूत रिचर्ड मोरिसबीच शिष्टाचार भेटघाट भएको छ । अध्यक्षको कार्यकक्षमा आज उहाँहरुबीच भएको भेटमा दुई देशबीचको सम्बन्ध र बेलायती संसदीय प्रतिनिधिमण्डलले आइतबारदेखि गर्ने नेपाल भ्रमणबारे छलफल भएको अध्यक्ष तिमिल्सिनाका प्रेस सल्लाहकार अशोक पौडेलले जानकारी दिनुभयो । सो...बाँकी अंश →


लक्ष्यभन्दा ९४ हजार क्विन्टल कम धान खरिद

काठमाडौँ २० वैशाख (रासस)ः नेपाल खाद्य संस्थानले लक्ष्यभन्दा कम धान खरिद गरेको छ । गत वर्ष दुई लाख ७६ हजार क्वीन्टल धान खरिद गर्ने भने पनि जम्मा एक लाख ८१ हजार ३३६ क्वीन्टल धान खरिद गरिएको संस्थानका विभागीय प्रमुख श्रीमणिराज खनालले जानकारी दिनुभयो । उहाँका अनुसार कृषकबाट धान नआएकोले लक्ष्यभन्दा...बाँकी अंश →


तातोपानी नाका खुल्ने सम्भावनाः लार्चा बन्दरगाह निर्माण शुरु

काठमाडौँ, २० वैशाख (रासस)ः ‘गोरखा भूकम्प’का कारण बन्द सिन्धुपाल्चोकको लार्चा सुख्खा बन्दरगाहको निर्माण पुनः शुरु हुने भएको छ । नेपाल र चीन सीमा नजीक तातोपानीको लार्चामा निर्माण हुने सुख्खा बन्दरगाह पुनःनिर्माण सम्बन्धमा आज नेपाली र चिनियाँ अधिकारीबीच निर्माण शुरु गर्ने सम्झौता भएको छ । नेपाल र चीन सरकारबीच भएको सहमतिअनुसार...बाँकी अंश →


दु्रतमार्गको प्रतिवेदन तयार गर्न १७ कम्पनीबाट आवेदन

काठमाडौँ, २० वैशाख (रासस¬) ः नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको काठमाडौँ–तराई मधेश द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय १७ कम्पनीले इच्छा देखाएका छन् । कूल ७६.३ किमीको द्रुतमार्गको डिपिआर तयार गर्न एक स्वदेशी र १६ विदेशी कम्पनीबाट आवेदन आएको नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले जानकारी दिनुभयो...बाँकी अंश →


निजी वायु सेवा प्रदायक धमाधम नयाँ विमान भित्र्याउँदै

काठमाडौँ २० वैशाख (रासस) ः आन्तरिक उडानमा रहेको निजी वायु सेवा कम्पनीले सुगम गन्तव्यमा उडाउने लक्ष्यका साथ ठूला छ विमान भित्र्याउन लागिपरेका छन् । निजी क्षेत्रका प्रतिष्ठित बुद्ध एयर, यति एयरलाइन्स, श्री एयर र सौर्य एयरलाइन्सले प्रतिष्पर्धी बजारमा उपस्थिति जनाइराख्न ठूला विमान ल्याउन लागेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई आधार...बाँकी अंश →


युद्धको त्रासबाट मुक्ति मिलेको छ ः परराष्ट्रमन्त्री

काठमाडौँ, २० वैशाख (रासस) ः परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उत्तर कोरिया र दक्षिण कोरियाको युद्धको त्रासबाट विश्वमा मुक्ति मिलेको बताउनुभएको छ । ग्लोबल पिस फाउन्डेशन नेपालले आज यहाँ आयोजना गरेको ‘उत्तर कोरिया र दक्षिण कोरियाको शान्तिवार्ता’ विषयको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले भन्नुभयो, “कोरियाली जनतामा नभई विश्वका प्रत्येक जनतामा वार्ताले खुशी...बाँकी अंश →


मनसुनी गतिविधि सक्रियः अझै एक÷दुई दिन बदली र वर्षा

काठमाडौँ, २० वैशाख (रासस) ः पूर्व मनसुनी वर्षा ‘प्री–मनसुनी’सक्रिय भएसँगै बाहिरी वायुको प्रभावका कारण एक सातादेखि नेपालमा मनसुनी गतिविधि बढेको छ । प्री–मनसुनसँगै बंगालको खाडीबाट आएको जलवास्पयुक्त हावा र पश्चिमी वायुको प्रभावले नेपालमा बदली र वर्षा गराएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी गतिविधिले केही दिनयता केही समय घाम...बाँकी अंश →


जलेश्वर–जनकपुर बाटो वर्षाले अवरुद्ध

गौशाला, २० वैशाख (रासस)ः भारी वर्षाको कारण महोत्तरी जिल्लाको मुख्य जलेश्वर–जनकपुर सडकखण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ । जिल्लाकै प्रमुख सडकखण्डको रुपमा रहेको जलेश्वर जनकपुर सडकमा फोरलेन सडक निर्माण सहितको स्तरोन्नतिको काम भइरहेको बेला आज बिहान भारी वर्षाका कारण सो बाटो अवरुद्ध भएको छ । जनकपुरदेखि जलेश्वर र भिठ्ठामोडसम्म पूरै...बाँकी अंश →


अब श्रमिकले आन्दोलन गर्नु पर्दैन ः प्रधानमन्त्री

काठमाडौँ, २० वैशाख (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा वाम गठबन्धनको सरकार बनेकाले अब श्रमिकले आफ्नो हकअधिकारका लागि आन्दोलन गर्नु नपर्ने बताउनुभएको छ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को नवनिर्वाचित नेतृत्वले श्रमिकका हकअधिकारका विषयमा आज प्रधानमन्त्री निवास बालुवाटारमा ध्यानाकर्षण गराएपछि प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओलीले श्रमिकका...बाँकी अंश →


ओली र प्रचण्डबीच छलफल

काठमाडौँ, २० वैशाख (रासस) ः पार्टी एकीकरणका विषयमा छलफल गर्न नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । चाँडै पार्टी एकता गर्ने तयारीमा रहेका दुई दलका अध्यक्षहरु बीचको छलफलमा ठोस के सहमति...बाँकी अंश →


विश्व प्रेस स्वतन्त्रता दिवसमा प्रभातफेरी

काठमाडौँ, २० वैशाख (रासस) ः विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज प्रभातफेरी निकालिएको छ । नेपाल पत्रकार महासंघको अगुवाइमा ‘शक्तिको निगरानी ः मिडिया, न्याय र विधिको शासन’ भन्ने मूलनाराका साथ बबरमहलदेखि नयाँबानेश्वरसम्म प्रभातफेरी निकालिएको हो । प्रभातफेरीपछि आयोजित कोणसभामा महासंघका अध्यक्ष गोविन्द आचार्यले संविधानमा प्रेस स्वतन्त्रतालाई प्रस्तावनामा नै लेखिए पनि...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter