शुक्रबार, ०४ जेठ २०८१

मुद्दा स्थगन गर्ने परम्परा हटाउनुपर्छ ः कामु प्रन्या

२० बैशाख २०७५, बिहीबार १९:४७ मा प्रकाशित

काठमाडौँ, २० वैशाख (रासस) ः कामु प्रधानन्यायाधीश दीपकराज जोशीले सेवाग्राहीलाई सहज बनाउने गरी छिटो न्याय दिने व्यवस्था मिलाउन उच्च अदालत पाटनलाई निर्देशन दिनुभएको छ ।

कामुु प्रन्याको नेतृत्व सम्हालेपछि पहिलो पटक उच्च अदालत पाटनको निरीक्षणमा पुग्नुभएका जोशीले मुद्दा धेरै स्थगन गराउँदा सेवाग्राहीलाई असहज हुने भएकाले मुद्दा स्थगन गर्ने परम्परा घटाउन निर्देशन दिनुभएको हो ।

छिटोछरितो न्याय सम्पादनले मात्रै सेवाग्राहीमा न्यायको अनुभूति हुने भएकाले धेरै प्रतिवादी भएका मुद्दामा फरक फरक व्यक्तिले कानुनबमोजिम स्थगन गराउँदा पनि समस्या हुनेछ भन्दै स्थगन गर्ने परम्परा घटाउँदै लैजान निर्देशन दिनुभएको हो ।

उहाँले वाणिज्य इजलासमा तोकिएका कुनै एक न्यायाधीशलाई अदालत नछाड्न पनि निर्देशन दिनुभयो । फैसला लेखनशैलीलाई छरितो बनाउन निर्देशन दिँदै उहाँले लामो फैसला लेख्नैपर्ने मानसिकताले लेखन शैली लामो हुने तर दिन खोजिएको विषय नआउने स्थिति हुन नहुने बताउनुभयो ।

निरीक्षणका क्रममा उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाश ढुङ्गानाले सेवाग्राहीलाई सहज हुने गरी न्याय सम्पादन र फैसला लेखनलाई जोड दिइएको बताउनुभयो । बाह्र हजार मुद्दाको लगत रहेको उच्च अदालत पाटनमा ७० प्रतिशत मुद्दा फछ्र्याेट गर्ने लक्ष्य रहेकामा चालु आर्थिक वर्षको वैशाख १५ गतेसम्म ५८ प्रतिशत मुद्दा फछ्र्याेट भइसकेको उच्च अदालत पाटनका रजिष्ट्रार विमल पौडेलले बताउनुभयो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter