२० मंसिर २०८२

राष्ट्रिय

भारतीय प्रधानमन्त्रीलाई १२१ किलोका तीन वटा मालाबाट सम्मान

जनकपुरधाम, २८ वैशाख (रासस) ः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा १२१ किलोका तीन वटा मालाको सम्मान दिइएको छ । उहाँलाई नागरिक अभिनन्दनका क्रममा प्रदेश नं. २ का सरकार, वीरगञ्ज उद्योग वाणिज्य संघ र जनकपुर उद्योग वाणिज्य संघले १२१ किलोका छु्ट्टाछुट्टै माला लगाएर सम्मान दिएका हुन् । मोदीलाई जनकपुरमा नागरिक अभिनन्दन...बाँकी अंश →


मोदीको नेपाल भ्रमण ः धार्मिक पर्यटनमा महत्वपूर्ण योगदान

काठमाडौँ, २८ वैशाख(रासस) ः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले राजनीतिक तथा आर्थिक रुपमा मात्रै नभई पर्यटकीय रुपमा समेत महत्वपूर्ण प्रभाव पार्ने विश्वास लिइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा आज नेपाल भ्रमणमा आउनु भएका भारतीय प्रधानमन्त्री मोदीले जनकपुर, पशुपतिनाथ र मुक्तिनाथको भ्रमण गरेर धार्मिक पर्यटनलाई बढावा दिन मद्दत...बाँकी अंश →


महिला संघको कार्यसमिति विस्तार

काठमाडौँ, २८ वैशाख (रासस) ः नेपाली काँग्रेसको भ्रातृसंस्था नेपाल महिला संघले पदाधिकारी र सदस्य मनोनयन गरी कार्यसमिति विस्तार गरेको छ । महिला संघका अध्यक्ष उमा रेग्मीले आज संघको विधानअनुसार उपाध्यक्षमा सरस्वती अर्याल तिवारी र सचिवमा उषा रावत मिश्रलाई मनोनयन गर्नुभएको हो । मनोनयन हुनुभएका तिवारी र मिश्र संघको निर्वाचित केन्द्रीय...बाँकी अंश →


नेपाल–भारतबीचका सीमास्तम्भको निर्माण

धनगढी,२८ वैशाख (रासस)ः नेपाल–भारतको संयुक्त सीमा सर्भेसम्बन्धी टोलीले कैलालीको खक्रौला सीमा नाकादेखि कञ्चनपुरको ब्रम्ह्देव सम्मका १०१ वटा सीमास्तम्भको मर्मत गरेको छ । संयुक्त सीमा सर्भे टोलीमा नेपालका तर्फबाट नेतृत्व गर्नुभएका नापी विभागका प्रमुख नापी अधिकृत सुर्दशनसिंह धामीले यो क्षेत्रका थप ३१ वटा सीमास्तम्भ निर्माण गरिएको जानकारी दिनुभयो । यो सीमा...बाँकी अंश →


देशका ४२ जिल्लामा ६७ वटा पुस्तकालय स्थापना

काठमाडौँ, २८ वैशाख (रासस) रिड नेपाल नामक सामाजिक संस्थाले देशका ४२ जिल्लामा ६७ वटा पुस्तकालय स्थापना गरेको छ । सो संस्थाले समुदायमा पुस्तकालयको स्थापना गरी स्थानीयवासीलाई शैक्षिक ज्ञानको विकास गर्ने उद्देश्य राखेको छ । पछिल्लो पटक विकास गरेका केही पुस्तकालयमा महिला कक्ष, बाल कक्ष, युवा कक्ष, सूचना कक्ष तथा श्रव्यदृश्यको...बाँकी अंश →


रिहा भएका कम्युनिष्ट पार्टीका नेताहरु पुनः पक्राउ

गाईघाट, उदयपुर, २८ वैशाख (रासस) जिल्ला अदालत उदयपुरले धरौटी राखेर बिहीबार तारेखमा रिहा गरेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय तथा जिल्ला नेताहरु पुनः पक्राउ परेका छन् । सो पार्टीका केन्द्रीय सदस्य किरण राई सहितका जिल्ला नेताहरुलाई बिहीबार जिल्ला अदालत, उदयपुरले धरौटी राखी तारेखमा रिहा गरेपछि बिहीबार साँझ नै रिहा...बाँकी अंश →


इसाई धर्मको प्रचार गर्ने पक्राउ

आठराई, तेह्रथुम, २८ वैशाख (रासस) क्रिश्चियन धर्मको प्रचार गर्दै हिँडेका दुई भारतीय नागरिकसहित ६ जनालाई तेह्रथुमको आठराई सङ्क्रान्तिबजारबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–१ बस्ने २८ वर्षीय दिनेश सुब्बा, दमक नगरपालिका–१ बस्ने २२ वर्षीय आशिष सुब्बा, दमक नगरपालिका–२ बस्ने २८ वर्षीय दीपक सुब्बा, दमक नगरपालिका–२ बस्ने...बाँकी अंश →


२सय पचास अनाथ बिद्यार्थीलाई शैक्षिक सहयोग

बैशाख २८//काठमांडौ भूकम्पपीडित अनाथ विद्यार्थि हरुलाई शिक्षा हासिल गर्न निरन्तरता दिने उद्देश्यले आज हेल्थ सर्विस रिलीफ असोसियेशन(हेसरा)ले शैक्षणिक समानहरू वितरण गरेको छ । शांतिकुंज हालमा आयोजित ‛ओरपेन्ज सपोर्ट प्रोग्राम’ कार्यक्रममा २सय पचास अनाथ तथा भूकम्पपीडित विद्यार्थि हरुलाई हेल्पिंग हैण्डस यू एस ए को आर्थिक सहयोगमा स्टडी किट्स वितरण गरी बिद्यार्थीहरुलाई...बाँकी अंश →


भारतका प्रधानमन्त्रीको राजकीय भ्रमण शुक्रबारदेखि

काठमाडौँ, २७ वैशाख (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुईदिने राजकीय भ्रमणमा शुक्रकार यहाँ आउँदै हुनुहुन्छ । भारतका कार्यकारी सरकार प्रमुखका रुपमा तेस्रो पटक हुन लागेको यो भ्रमणले आपसी आत्मीयता, मैत्री र शताब्दीऔँ पुरानो दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ तुल्याउने अपेक्षा नेपाल र भारतका...बाँकी अंश →


‘मोदीको भ्रमण स्वागतयोग्य’

पथरी, मोरङ, २७ वैशाख (रासस): नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण स्वागतयोग्य भएको बताउनुभएको छ । स्थानीय सञ्चारकर्मीसँग आज साँझ यहाँ कुरा गर्दै डा कोइरालाले भ्रमणका क्रममा नेपालको अधिकतम हित हुने गरी भारतसँग भएको सन्धिसम्झौतालाई कार्यान्वयन गर्न जोड दिएमा हामीलाई फाइदा पुग्ने बताउनुभयो...बाँकी अंश →


नीति तथा कार्यक्रमबारे छलफल

काठमाडौँ, २६ वैशाख (रासस) ः प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्का सदस्यसँग सरकारको आव २०७५÷७६ को नीति तथा कार्यक्रमका बारेमा अनौपचारिक छलफल गर्नुभएको छ । मन्त्रिपरिषद् बैठक सकिएलगत्तै प्रधानमन्त्री ओलीले आफ्ना सदस्यसँग सरकारको आगामी नीति तथा कार्यक्रममाथि छलफल गर्नुभएको हो । सरकारले जेठको पहिलो साता नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ...बाँकी अंश →


कानुन क्षेत्रमा जनशक्ति अभाव ः मन्त्री तामाङ

काठमाडौँ, २६ वैशाख (रासस) ः कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री शेरबहादुर तामाङले कानुन क्षेत्रमा जनशक्ति अभाव भएको बताउनुभएको छ । कानुन दिवसका अवसरमा ल्यानकाउ नेपालले आज यहाँ आयोजना गरेको ‘सामाजिक न्यायको लागि कानुन सहायक तथा सरोकारवालासँगको छलफल’मा उहाँले गाउँगाउँमा कानुन स्वयम्सेवक खटाउनुपर्ने हुँदा जनशक्तिको अभाव रहेको बताउनुभएको हो । “कानुनको...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter