सोमबार, १७ बैशाख २०८१

नीति तथा कार्यक्रमबारे छलफल

२६ बैशाख २०७५, बुधबार २३:५१ मा प्रकाशित

काठमाडौँ, २६ वैशाख (रासस) ः प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्का सदस्यसँग सरकारको आव २०७५÷७६ को नीति तथा कार्यक्रमका बारेमा अनौपचारिक छलफल गर्नुभएको छ ।

मन्त्रिपरिषद् बैठक सकिएलगत्तै प्रधानमन्त्री ओलीले आफ्ना सदस्यसँग सरकारको आगामी नीति तथा कार्यक्रममाथि छलफल गर्नुभएको हो ।

सरकारले जेठको पहिलो साता नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ । प्रतिनिधिसभाको आजैको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले ‘आव २०७५÷७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । आगामी आवको बजेट भने जेठ १५ गते संघीय संसद्मा पेश गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter