बिहिबार, ०३ जेठ २०८१

महिला संघको कार्यसमिति विस्तार

२८ बैशाख २०७५, शुक्रबार १३:५८ मा प्रकाशित

काठमाडौँ, २८ वैशाख (रासस) ः नेपाली काँग्रेसको भ्रातृसंस्था नेपाल महिला संघले पदाधिकारी र सदस्य मनोनयन गरी कार्यसमिति विस्तार गरेको छ ।

महिला संघका अध्यक्ष उमा रेग्मीले आज संघको विधानअनुसार उपाध्यक्षमा सरस्वती अर्याल तिवारी र सचिवमा उषा रावत मिश्रलाई मनोनयन गर्नुभएको हो । मनोनयन हुनुभएका तिवारी र मिश्र संघको निर्वाचित केन्द्रीय सदस्य हुनुहुन्छ ।

अध्यक्ष रेग्मीले आजै संघका महाधिवेशन प्रतिनिधिमध्येबाट छलीकुमारी शर्मा उपाध्याय, कमला भट्ट, गंगा अवाल, नारायणी रायमाझी र मैया बस्नेतलाई संघको केन्द्रीय सदस्यमा मनोनयन गर्नुभएको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter