१५ माघ २०८२

राष्ट्रिय

बालेनपछि हर्कले दिए राजीनामा, सुनसरी १ बाट प्रतिनिधि सभामा उठ्ने

सुनसरी- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क सम्पाङ)ले आइतबार साँझ पदबाट राजीनामा दिएका छन्। उनी श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हुन्। यो पार्टीले पछिल्लो समय कोशी प्रदेशमा पकड बनाइरहेको छ। २०७९ को चुनावमा लौरो लिएर मेयर जितेका साम्पाङले सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको चुनाव लड्न राजीनामा दिएका हुन्। उनले...बाँकी अंश →


राष्ट्रपति पौडेलसमक्ष नवनियुक्त मन्त्री न्यौपानेको शपथ

काठमाडौँ, ३२ असार : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले उहाँलाई शपथ दिलाउनुभएको हो । राष्ट्रपति पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रियसभा सदस्य न्यौपानेलाई मङ्गलबार सङ्घीय मामिला...बाँकी अंश →


कुलमान समर्थक र प्रहरीबीच नयाँ बानेश्वरमा धकेलाधकेल

काठमाडौँ – सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएपछि चौतर्फी विरोध भएको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई बर्खास्त गरेको थियो। सरकारको उक्त निर्णयको विरोधमा काठमाडौँमा प्रदर्शन भएको छ। मंगलबार दिउँसो माइतीघर मण्डलामा ‘लोडसेडिङ चाहिँदैन, कुलमान हटाउन पाइँदैन’ प्रदर्शन भएको हो। माइतीघरबाट सुरु भएको स्वतन्त्र युवाहरूको...बाँकी अंश →


खादिम अल-हरमैन अल-शरीफैन उमरा कार्यक्रम साउदी अरबको एउटा अमूल्य उपहार हो: कमरुद्दीन रियाजी

काठमाडौँ –साउदी अरबको विशेषता रहँदै आएको छ कि उसले हज र उम्रा गर्ने तीर्थयात्रीहरूको सेवामा कुनै पनि प्रकारको लापरवाही वा ढिलासुस्ती देखाउँदैन। त्यहाँका शासक र जनताले यस सेवालाई आफ्नो लागि गौरवको विषय ठान्छन्। यही कारणले गर्दा त्यहाँका राजाहरूले आफूलाई "खादिम अल-हरमैन अल-शरीफैन" (पवित्र दुई मस्जिदका सेवक) भन्ने उपाधि अपनाएका छन्।...बाँकी अंश →


प्रधानमन्त्री ओलीको टिप्पणीः टिकटक बन्द गर्नेहरु नै आज बोल्न पाउनुपर्छ भनेर उफ्रिरहेका छन्

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालसम्बन्धी विधेयकको मस्यौदा लेख्ने राजनीतिक दलहरु नै त्यसको विरोधमा उत्रिएको टिप्पणी गरेका छन्। विरोध गर्ने पार्टीहरुले नै सामाजिक सञ्जालसम्बन्धी विधेयकको मस्यौदा तयार पारेको उनले बताए। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गर्दै हिजो टिकटक बन्द...बाँकी अंश →


युएई रेड क्रिसेन्टदुआरा नेपालमा बाढी र पहिरोबाट प्रभावित परिवारलाई मानवीय सहायता वितरण

काठमाडौं-युएई रेड क्रिसेन्टको प्रतिनिधिमण्डलले नेपालका विभिन्न गाउँ तथा जिल्लामा बाढी र पहिरोबाट प्रभावित परिवारलाई मानवीय सहायता वितरण गरेको छ । युएई रेड क्रिसेन्टले काठमाडौंस्थित संयुक्त अरब इमिरेट्सका दूतावासको सहयोग र समन्वय एवँ नेपाल सरकारका सम्बन्धित निकायको आवश्यक सहयोगमा मानवीय परियोजना कार्यान्वयन गरेको हो । सेप्टेम्बर महिनाभरिमा कैलाली, कञ्चनपुर, बाँके, बर्दिया,...बाँकी अंश →


देउवाको शरीर एमालेतिर भए पनि मन हामीसँगै छः माधव नेपाल

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई एमालेसँगको सत्ता सहकार्यबारे पुनर्विचार गर्न आग्रह गरेका छन्। देउवाको शरीर एमालेतिर भए पनि भावना आफूहरुसँग रहेको जिकिर गर्दै अध्यक्ष नेपालले सत्ता सहकार्य राम्रो मनसायले भएको को कि होइन भनेर बुझ्नुपर्ने बताएका हुन्। पुष्पलाल स्मृति प्रतिष्ठानले...बाँकी अंश →


सिमलताल दुर्घटनाः बेपत्ता बस खोज्न प्रयोग गरिएको चुम्बक नै हरायो

काठमाडौँ – त्रिशूली नदीमा बेपत्ता बस खोज्न प्रयोग गरिएको चुम्बक नै हराएको छ। चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा लेदोसहितको पहिरोले बगाउँदा यात्रुसहितका दुई बस गत असार २८ गते बिहान त्रिशूली नदीमा बेपत्ता भएका थिए। यात्रु र बसको खोजी कार्य अझैसम्म पनि भइरहेको छ। खोजीको क्रममा प्रयोग गरिएको दुई वटा चुम्बकमध्ये १९...बाँकी अंश →


संसदीय सुनुवाइ समितिको बैठक सोमबार, प्रस्तावित निर्वाचन आयुक्त प्रधानबारे निर्णय हुने

काठमाडौँ – संसदीय सुनुवाइ समितिको बैठक साउन १४ गते सोमबार बस्ने भएको छ। निर्वाचन आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानलाई आयुक्तमा अनुमोदन गर्ने कि नगर्ने भन्नेबारे निर्णय लिन बैठक बोलाइएको हो। बैठक सोमबार बिहान ११ बजे सिंहदरबारमा बस्ने समिति सचिव एवं संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए। गत असार २...बाँकी अंश →


विमान दुर्घटनाबारे छानबिन गर्न सरकारद्वारा आयोग गठन, भोलि राष्ट्रिय झण्डा आधा झुकाउने

काठमाडौँ – सरकारले सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्न पाँच सदस्यीय दुर्घटना जहाज आयोग गठन गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए। उनका अनुसार सरकारले नेपाल नागरिक उड्ययन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमनको संयोजक रहने गरी सदस्यमा नेपाल वायुसेवा...बाँकी अंश →


केपी ओली प्रधानमन्त्री नियुक्त

काठमाडौं- नेकपा एमालेका अध्यक्ष  केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार संविधानको धारा ७६(२) अनुसार एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । ओली चौथोपटक प्रधानमन्त्री नियुक्त भएका हुन्। ओलीले एमालेका साथै नेपाली कांग्रेसलगायत दलको समर्थनमा शुक्रबार प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए । यसअघि शुक्रबार नै...बाँकी अंश →


सिमलताल बस दुर्घटनामा किन मूकदर्शक छन् सुरक्षाकर्मीबाहेक राज्यका निकाय?

सिमलताल, चितवन- शुक्रबार बिहान २ देखि ३ बजेको बीचमा चितवनको नारायणगढ मुङलिङ सडक खण्डको भरतपुर महानगरपालिका- २९ सिमलतालमा यात्रुसहित दुईवटा बस त्रिशुलीमा खसे। न अहिलेसम्म बस भेटिएको छ, न सबै यात्रु। उद्धार कार्य अहिले पनि जारी छ। यस्ता विपतको घटना हुनुअगाडि घटना हुन नदिन वा रोकथामका लागि सरकारले चासो वा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter