काठमाडौँ – त्रिशूली नदीमा बेपत्ता बस खोज्न प्रयोग गरिएको चुम्बक नै हराएको छ।
चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा लेदोसहितको पहिरोले बगाउँदा यात्रुसहितका दुई बस गत असार २८ गते बिहान त्रिशूली नदीमा बेपत्ता भएका थिए।
यात्रु र बसको खोजी कार्य अझैसम्म पनि भइरहेको छ। खोजीको क्रममा प्रयोग गरिएको दुई वटा चुम्बकमध्ये १९ किलोको एउटा चुम्बक त्रिशूलीमा हराएको बताइएको छ।
बेपत्ताको खोजीका लागि भारतबाट समेत टोली आएको छ। दुर्घटना भएको दुई हप्ताभन्दा बढी भइसके पनि बेपत्ता बस फेला परेको छैन।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू