बिहिबार, २० बैशाख २०८१

राप्रपामा गणतन्त्रको पक्षमा सुझाव

२५ बैशाख २०७५, मंगलवार २३:०६ मा प्रकाशित

काठमाडौँ, २५ वैशाख (रासस) ः राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) को केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको वैचारिक तथा सैद्धान्तिक आदर्शमा गणतन्त्रको पक्षमा नेताहरुको सुझाव आएको छ ।

पार्टी अध्यक्ष पशुपतिशम्शेर जबराको अध्यक्षतामा आजदेखि महाराजगञ्जमा शुरु भएको बैठकमा बोल्ने अधिकांश नेताले संविधानलाई स्वीकार गरिसकेपछि राजसंस्थाको विषय उठाउनु असंवैधानिक हुने तर्क दिएपछि राजसंस्था पक्षधर र गणतन्त्र पक्षधरबीच विवाद भएको छ ।

त्यस्तै देशको अखण्डता, राष्ट्रियता र प्रजातन्त्रको संरक्षणका लागि राजसंस्थाको अपरिहार्यतामा पनि केही नेताले बोल्नुभएको महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिनुभयो । बैठकमा अध्यक्ष राणाले प्रस्तुत गर्नुभएको राजनीतिक कार्यपत्रमा सैद्धान्तिक र नीतिगत धरातलका बारे छलफल शुरु भएको छ ।

त्यसैगरी महामन्त्री एवं सचिवालय प्रमुख श्रेष्ठले सचिवालयसम्बन्धी प्रतिवेदन तथा महामन्त्रीद्वय सुनिलबहादुर थापा र ध्रुवबहादुर प्रधानले क्रमशः निर्वाचन र संगठनसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।

सातै प्रदेशका इन्चार्जले सम्बन्धित भूगोलका बारेमा प्रतिवेदन बुझाउनुभएको छ । राप्रपाबाट विभाजन भई सो पार्टी गठन भएपछि पहिलोपटक बैठक बसेको हो । बिहीबारसम्म जारी रहने उक्त बैठकमा आज ३२ नेताले धारणा राख्नुभएको छ । बैठक बुधबार बिहान ९ बजे पुनः बस्नेछ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter