काठमाडौँ, २९ जेठ (रासस) ः नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोध गरेको छ । ग्रामीण आदर्श क्याम्पस, मनोहर क्याम्पस र एनआर क्याम्पसको आयोजनामा गोँगबु चोकमा भेला भएका नेविसंघका नेता तथा कार्यकर्ताले सरकारको विरोधमा नाराबाजीसमेत गरेका थिए । नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले मूल्यवृद्धिसम्बन्धी आन्दोलन नेविसंघको मात्र सबै नेपालीको भएको...बाँकी अंश →
काठमाडौँ, २९ जेठ (रासस) ः सरकारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका अध्यक्ष किमजङ उनबीच आज सिंगापुरमा भएको शिखर वार्ता र त्यसपछि जारी भएको संयुक्त वक्तव्यको स्वागत गरेको छ । शिखर वार्ता र संयुक्त वक्तव्यमा उल्लिखित विषयको कार्यान्वयनबाट कोरियाली प्रायद्वीपमा दिगो शान्ति र स्थिरता कायम गर्न मार्ग प्रशस्त...बाँकी अंश →

काठमाडौँ, २९ जेठ (रासस) ः संवैधानिक परिषद्को बैठकले भावी प्रधानन्यायाधीश पदमा कामु प्रधानन्यायाधीश दीपकराज जोशीको नाम सिफारिश गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको बैठकले भावी प्रधानन्यायाधीशमा जोशीको नाम सिफारिश गरेको बैठकपछि कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले जानकारी दिनुभयो गत चैतमा तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीले...बाँकी अंश →
काठमाडौँ, २९ जेठ (रासस)ः नेपालमा सर्वाधिक प्रत्यक्ष वैदेशिक लगानी वेस्ट इन्डिजबाट भएको पाइएको छ । उद्योग, व्यापार एवं औद्योगिक क्षेत्रमा लगानी गर्ने देशका रुपमा मुलुकमा विरलै सुनिएको उक्त राष्ट्रबाट प्रवाह भएको लगानीको गुणस्तरमा अर्थतन्त्रका विश्लेषकहरुले शंका गरेका छन् । आतंककारी वा अन्य आपराधिक गतिविधिबाट आर्जित रकम लगानी भएको हुनसक्ने आशंका...बाँकी अंश →
काठमाडौँ, २९ जेठ (रासस) ः विभिन्न ११ कम्पनीको रु सात अर्ब ५४ करोड ७० लाख २४ हजार ८१ मूल्य बराबरको ७५ करोड ४७ लाख २४० कित्ता हकप्रद शेयर निष्काशनको तयारी गरिएको छ । ती कम्पनीले नेपाल धितोपत्र बोर्डमा हकप्रद शेयर बिक्रीका लागि आवेदन दिएका छन् । बोर्डका अनुसार उत्पादन क्षेत्रको...बाँकी अंश →

चितवन, २९ जेठ (रासस)ः नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेट मत तान्ने खालको नभएर राष्ट्रिय अर्थतन्त्रलाई विस्तारै सन्तुलनमा ल्याउने खालको भएको बताउनुभएको छ । प्रेस चौतारी र प्रेस सेन्टर नेपाल चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा चितवन क्षेत्र नं ३ बाट निर्वाचित सांसद दाहालले भन्नुभयो, “जनमुखी...बाँकी अंश →

काठमाडौँ, २९ जेठ (रासस) ः अर्थमन्त्री डा युवराज खतिवडाले निर्माण व्यवसायीको रकम भुक्तानी गर्न पहल गर्ने बताउनुभएको छ । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा अर्थमन्त्री खतिवडाले सम्बन्धित मन्त्रालय तथा विभागसँग समन्वय गरी व्यवसायीको रकम भुक्तानी गर्न पहल गर्ने प्रतिबद्धता जनाउनुभएको हो । महासंघका कार्यबहाक अध्यक्ष लक्ष्मणकुमार रानाको नेतृत्वमा आज...बाँकी अंश →

काठमाडौँ, २९ (रासस) ः स्केट खेललाई देशव्यापीकरण गर्दै युवालाई प्रोत्साहन गर्ने उद्देश्यले पहिलो अन्तर्राष्ट्रियस्तरको ‘स्केट फेस्टिबल जात्रा’ (पाल्पा संस्करण) आयोजना हुने भएको छ । आगामी असार ५, ६ र ७ गते प्रदेश नं ५ अन्तर्गत पाल्पा जिल्लाको सदरमुकाम तानसेन बजारको टुँडिखेल मैदानमा हुने फेस्टिबलमा माल्दिभ्स र भारतलगायतका मुलुकबाट स्केट खेलाडीले...बाँकी अंश →

चितवन, २९ जेठ (रासस) ः सोमबार साँझ परेको वर्षात् पछि नारायणगढ—मुग्लिङ सडकखण्डमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार सो सडकको मुग्लिङ नजिकै कालीखोला, जलविरेलगायतका सातभन्दा बढी ठाउँमा पहिरो खसेको छ । राति ११ः२० बजेदेखि अवरुद्ध सडक आज बिहान ३ः२० बजे एकतर्फी सञ्चालनमा आएको...बाँकी अंश →

काठमाडौँ, २८ जेठ (रासस) ः नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापतिले सबै काँग्रेसीलाई समेटेर अगाडि लैजान नसक्दा पार्टी अप्ठ्यारोमा परेको बताउनुभएको छ । नेपाल विद्यार्थी संघ काठमाडौँले आज आयोजना गरेको ‘अबको काँग्रेस र युवा विद्यार्थीको भूमिका’ विषयको विचार गोष्ठीमा उहाँले भन्नुभयो, “१३ औँ महाधिवेशनको परिणाम अहिले भोगिरहेका छौँ...बाँकी अंश →

काठमाडौँ, २८ जेठ ९रासस० ः प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण इमानका साथ जनताप्रतिको जिम्मेवारी पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । कथा नेपालले तयार गर्ने ‘हेलो प्रधानमन्त्री’ टेलिभिजन कार्यक्रमको लोगो सार्वजनिक गर्ने कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उहाँले भन्नुभयो, “जनताप्रतिको जिम्मेवारी पूरा गर्न यो सरकार प्रतिबद्ध छ ।” आफ्ना...बाँकी अंश →
महेन्द्रनगर, धनुषा २८ जेठ (रासस) ः पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना गरेको आरोपमा प्रहरीले आज नेपाल आयल निगमको धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरस्थित डिपोका प्रमुखसहित तीन जनालाई पक्राउ गरेको छ । निगमको महेन्द्रनगर डिपोका प्रमुख इञ्जिनीयर मोहनकुमार साह, पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष विष्णुदेव साह र ट्याङ्कर व्यवसायी संघका अध्यक्ष किसुनदेव साहलाई...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: