सोमबार, २४ बैशाख २०८१

पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा नेविसंघको विरोध

२९ जेष्ठ २०७५, मंगलवार २३:५७ मा प्रकाशित

काठमाडौँ, २९ जेठ (रासस) ः नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोध गरेको छ ।

ग्रामीण आदर्श क्याम्पस, मनोहर क्याम्पस र एनआर क्याम्पसको आयोजनामा गोँगबु चोकमा भेला भएका नेविसंघका नेता तथा कार्यकर्ताले सरकारको विरोधमा नाराबाजीसमेत गरेका थिए । नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले मूल्यवृद्धिसम्बन्धी आन्दोलन नेविसंघको मात्र सबै नेपालीको भएको बताउनुभयो ।

“पेट्रोलियम पदार्थको वृद्धिले हरेक उपभोग्य वस्तुको मूल्य वृद्धि भएको छ, जनता मारमा परेका छन्, त्यसैले नेविसंघ विरोधमा उत्रिएको हो,” उहाँले भन्नुभयो ।

नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने बताउनुभयो । पछिल्लो मूल्यवृद्धि भएपछि पेट्रोलको मूल्य रु ११५ र डिजेलको मूल्य रु ९५ पुगेको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter