बिहिबार, १३ बैशाख २०८१

मुख्य खबर

जनताप्रतिको जिम्मेवारी पूरा गर्न सरकार प्रतिबद्ध ः प्रधानमन्त्री

काठमाडौँ, २८ जेठ ९रासस० ः प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण इमानका साथ जनताप्रतिको जिम्मेवारी पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । कथा नेपालले तयार गर्ने ‘हेलो प्रधानमन्त्री’ टेलिभिजन कार्यक्रमको लोगो सार्वजनिक गर्ने कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उहाँले भन्नुभयो, “जनताप्रतिको जिम्मेवारी पूरा गर्न यो सरकार प्रतिबद्ध छ ।” आफ्ना...बाँकी अंश →


पेट्रोलियम पदार्थको कृत्रिम अभाव गरेको अभियोगमा तीन पक्राउ

महेन्द्रनगर, धनुषा २८ जेठ (रासस) ः पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना गरेको आरोपमा प्रहरीले आज नेपाल आयल निगमको धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरस्थित डिपोका प्रमुखसहित तीन जनालाई पक्राउ गरेको छ । निगमको महेन्द्रनगर डिपोका प्रमुख इञ्जिनीयर मोहनकुमार साह, पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष विष्णुदेव साह र ट्याङ्कर व्यवसायी संघका अध्यक्ष किसुनदेव साहलाई...बाँकी अंश →


तीन सय सात ‘चोर’ पक्राउ

काठमाडौँ, २८ जेठ (रासस) ः महानगरीय अपराध महाशाखाले चोरीमा संलग्न ३०७ अभियुक्तलाई पक्राउ गरेको छ । महाशाखाले यही जेठ १३ देखि आजसम्म सञ्चालन गरेको १५ दिने काठमाडौँ उपत्यका चोरी नियन्त्रण विशेष अभियानअन्तर्गत विभिन्न ठाउँबाट उनीहरुलाई पक्राउ गरेको महाशाखाका प्रवक्ता नरेन्द्र उप्रेतीले बताउनुभयो । काठमाडौँ, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा अपराह्न...बाँकी अंश →


राजपा सरकारमा जाने विषयमा छलफल

काठमाडौँ, २८ जेठ (रासस) ः राष्ट्रिय जनता पार्टीका महासचिव केशव झाले राजपा सरकारमा जाने विषयमा राजपा र सरकारबीच संवाद जारी रहेको बताउनुभएको छ । यहाँ आज आयोजित साक्षात्कारमा उहाँले संविधान संशोधनमा सरकारले सकारात्मक सन्देश दिए पनि राजपाका सभासद् रेशम चौधरीलाई शपथ गराउने र कारागारबाट छुटाउने विषयमा कुनै प्रगति नभएकाले सरकारमा...बाँकी अंश →


दूध डेरी मा कृषि मंत्री को छापा

२८ जेठ, काठमाडौं : केयर खबर कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चत्रपाणी खनाल, राज्यमन्त्री रामकुमारी चौधरी, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक र मन्त्रालयका कर्मचारी सहितको टोलीले बालाजु औद्योगिक क्षेत्र भित्र रहेका तीन र बाहिर रहेको एउटा दुध डेरीमा सोमबार छापा मार्यो । औद्योगिक क्षेत्र भित्रका आधुनिक डेरी...बाँकी अंश →


रेलमार्ग निर्माण कार्य तीव्र गतिमा

चितवन, २८ जेठ ९रासस० ः नेपालमा रेलमार्ग निर्माणको प्रक्रिया तीव्र गतिमा अगाडि बढाइएको छ । पूर्व–पश्चिम, केरुङ–काठमाडौँ, वीरगञ्ज–काठमाडौँ र भारतीय सीमाका पाँच ठाउँमा क्रस बोर्डर कनेक्टिभिटी रेल निर्माण प्रक्रियालाई तीव्ररुपमा अगाडि बढाइएको हो । यससँगै जयनगर–जनकपुर रेलमार्ग अन्तिम चरणमा पुगेको छ । सो मार्गमा आउँदो वर्ष रेल गुडाउने रेल विभागका...बाँकी अंश →


नाबालकको अपहरणपछि हत्या

रौतहट, २८ जेठ (रासस) ः अपहरणमा परेका एक नाबालकको शव आज विहान बागमती नदी किनारको बगरमा भेटिएको छ । रौतहटमा कटहरिया नगरपालिका–९ डुुमरिया गाउँका स्वास्थ्यकर्मी अहेव दिलीप साहका १२ वर्षीय छोरा शनिदेवल भन्ने युवराज साहको अपहरणपछि हत्या भएको प्रहरीले जनाएको छ । मृतकको घर कटहरिया–९ देखि झण्डै ३० किलोमिटर पूर्व...बाँकी अंश →


एकसय ३७ कोरियन भाषा नक्कली परीक्षार्थी पक्राउ

काठमाडौँ, २७ जेठ (रासस) ः महानगरीय प्रहरी परिसर काठमाडौँले नवौँ कोरियन भाषा परीक्षा दिने १३७ नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । परिसरअन्तर्गतका विभिन्न वृत्त तथा प्रभागको टोलीले काठमाडौँका विभिन्न परीक्षा केन्द्रबाट उनीहरुलाई आज नियन्त्रणमा लिएको हो । परिसरका प्रवक्ता मोहनकुमार थापाले नौवटा परीक्षा केन्द्रमा अर्को व्यक्तिको परीक्षा दिन राहदानी र...बाँकी अंश →


बजेटअनुसार मौद्रिक नीति आउनुपर्नेमा अर्थविद्हरुको जोड

काठमाडौँ, २७ जेठ (रासस) ः आर्थिक विकासको आधारका रुपमा रहेको आव २०७५÷७६ को बजेटलाई दृष्टिगत गरी मौद्रिक नीति आउनुपर्नेमा अर्थविद्हरुले जोड दिनुभएको छ । नेपाल व्यवस्थापन संघले आज यहाँ आयोजना गरेको ‘आर्थिक वर्ष २०७५÷७६ को मौद्रिक नीतिमाथिको छलफल’ कार्यक्रममा उहाँहरुले सो कुरामा जोड दिनुभएको होे । नेपाल राष्ट्र बैंकका गभर्नर...बाँकी अंश →


चीनसँगका सम्झौता कार्यान्वयनमा जोड दिन सुझाव

काठमाडौँ, २७ जेठ (रासस) ः राजनीतिकर्मी एवं परराष्ट्र मामिलाका जानकारले प्रधानमन्त्री केपी शर्मा ओलीले निकट भविष्यमा गर्ने चीन भ्रमण विगतमा भएका सम्झौताको प्रभावकारी कार्यान्वयनमा केन्द्रित गर्न सुझाव दिनुभएको छ । मदन भण्डारी फाउण्डेशनले आज यहाँ आयोजना गरेको ‘नेपाल–चीन सम्बन्धको परिवर्तित आयाम’ विषयको अन्तक्र्रियामा सहभागीले दुई तिहाइ बहुमतको वर्तमान सरकारले निर्धक्क...बाँकी अंश →


बजेट घाटा बढ्दो, शोधनान्तर स्थिति नाजुक

काठमाडौँ, २७ जेठ (रासस) ः चालु आर्थिक वर्षको १० महिनामा बजेट घाटामा व्यापक वृद्धि र विप्रेषण आप्रवाहमा कमी आएको छ । चालु आवको १० महिनाको तथ्यांकमा आधारित भएर नेपाल राष्ट्र बैंकले आज जारी गरेको मुलुकको आर्थिक परिदृश्यमा नगद प्रवाहमा आधारित नेपाल सरकारको बजेट घाटा रु १३८ अर्ब २३ करोड पुगेको...बाँकी अंश →


स्थिरता, विकास र सुशासन एक अर्काका परिपूरक– अध्यक्ष दाहाल

काठमाडौँ, २७ जेठ (रासस) ः नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ले स्थिरता, विकास र सुशासन एक अर्काका परिपूरक भएको बताउनुभएको छ । रातोपाटी डटकमको पाँचौँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “वर्तमान सरकारको प्रमुख कार्यभार पनि स्थिरता, विकास र सुशासन नै हो । नेपाली जनताको चाहना पनि...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter