बिहिबार, ०६ बैशाख २०८१

मुख्य खबर

दोस्रो चरणको विद्यार्थी भर्ना अभियान संचालन गर्न निर्देशन

काठमाडौँ, ११ ,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ स्थानीय तहलाई ‘दोस्रो चरणको विद्यार्थी भर्ना विशेष अभियान’ संचालन गर्न निर्देशन दिएको छ । पहिलो चरणमा विद्यालय बाहिर छुटेका विद्यार्थीलाई विद्यालयमा ल्याउनका लागि मन्त्रालयले सबै स्थानीय तहलाई दोस्रो चरणको विद्यार्थी भर्ना अभियान संचालन गर्न निर्देशन दिएको मन्त्रालयका शाखा अधिकृत खेमराज जोशीले...बाँकी अंश →


टेलिफोन वार्ताको आवाज अभिलेख राख्ने प्रविधि छैन ः टेलिकम

काठमाडौँ, ११ असार (रासस) ः ल्याण्डलाइन टेलिफोन र मोबाइलमा भएको कुराकानीको आवाज अभिलेख राख्ने (रेकर्ड गर्ने) प्रविधि नरहेको नेपाल टेलिकमले जनाएको छ । टेलिकमका सहप्रवक्ता शोभन अधिकारीले ग्राहकले कुन नम्बरमा फोन गरेर कति मिनेट कुराकानी गरे भन्ने अभिलेख (कल डिटेल) रहने तर मानिसले फोनमा बोलेको आवाज रेकर्ड नहुने रासससँग बताउनुभयो...बाँकी अंश →


शर्त पालना नगर्ने विमान कम्पनीलाई कारबाही हुने

काठमाडौँ, ११ असार (रासस) ः उडान तथा विशान (पार्किङ) का लागि लिएको अनुमतिको प्रावधान पालना नगरेकाले निजी वायु सेवा कम्पनीलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाहीको दायरामा ल्याउने भएको छ । अनुमति लिँदा कुनै एक विमानस्थललाई आधार बनाएर उडान गर्ने भनिए पनि अधिकांश विमान काठमाडौँमा नै केन्द्रित भएपछि प्राधिकरण कारबाहीका लागि...बाँकी अंश →


धानमा आत्मनिर्भर हुनका लागि सम्झौता

काठमाडौँ, ११ असार , नेपाललाई धानमा आत्मनिर्भर गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान केन्द्र (इरी) र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयबीच सम्झौता भएको छ । आगामी पाँच वर्षका लागि भएको सो सम्झौता पत्रमा कृषि भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल र इरीका महानिर्देशक म्याथ्यु मोलले आज यहाँ हस्ताक्षर गर्नुभयो ।...बाँकी अंश →


परीक्षाफलमा देखिएको त्रुटिमाथि छानबिन हुने

काठमाडौँ, ११ असार , माध्यमिक शिक्षा परीक्षा (एसइइ) को परीक्षाफलमा देखिएको प्राविधिक त्रुटिका विषयमा छानबिन हुने भएको छ । शनिबार सार्वजनिक कक्षा १० को परीक्षाफलमा प्राविधिक गडबडी भएको पाइएपछि केही विद्यार्थीको नतिजामा आइतबार ग्रेड वृद्धि भएको थियो । राष्ट्रिय परीक्षा बोर्ड मातहतको परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले प्राविधिक त्रुटि...बाँकी अंश →


स्वास्थ्य मन्त्री बाट उद्घाटन

नेपालगञ्ज, ११ असार, उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले नेपालगञ्जको भेरी अञ्चल अस्पताललाई ५, ६ नं र कर्णाली प्रदेशको नागरिकको आवश्यकताका आधारका विस्तार गरिने बताउनुभएको छ । सो अस्पतालले आजदेखि प्रारम्भ गरेको डेक्सा स्क्यान तथा बोन हेल्थ ओस्टेकोप्रोसिस क्लिनिकको उद्घाटन गर्दै उहाँले भेरी अञ्चल अस्पतालको सेवालाई थप प्रविधियुक्त...बाँकी अंश →


‘नेपालमा पुरुष नर्स पनि आवश्यक’

काठमाडौँ, ११ असार (रासस)ः पुरुष नर्स रत्न गुरागाईंलाई पुनः पुरुषलाई पनि नर्सको रुपमा समावेश गर्ने विषयले खुशी बनाएको छ । ‘देशलाई पुरुष नर्स पनि आवश्यक छ नि’ उहाँले भन्नुभयो । विसं २०४३ मा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मा नेपालमा पहिलो ब्याचका रुपमा पुरुषले नर्सिङ पढेका थिए । सोही ब्याजका...बाँकी अंश →


पोखरा विमानस्थलको निर्माण नरोकिने मन्त्री अधिकारीको भनाइ

पोखरा, ११ असार , संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले पोखरा विमानस्थलको निर्माण कार्य कुनै पनि रुपमा नरोकिने बताउनुभएको छ । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर कास्की शाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले विज्ञ समूहबाट सो विमानस्थलका सम्बन्धमा आएका सुझाव निर्माण नै रोक्ने गरी नआएको स्पष्ट...बाँकी अंश →


चीन भ्रमणबारे प्रधानमन्त्रीद्वारा राष्ट्रपतिसमक्ष जानकारी

काठमाडौँ, १० असार (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमण र समसामयिक विषयबारे राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष जानकारी गराउनुभएको छ । प्रधानमन्त्री ओलीले आज बेलुका राष्ट्रपति निवास शीतलनिवास पुगेर आफ्नो मित्रराष्ट्र चीनको छदिने औपचारिक भ्रमणबारे राष्ट्रपति भण्डारीलाई जानकारी गराउनुभएको राष्ट्रपति कार्यालयका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले राससलाई जानकारी दिनुभयो...बाँकी अंश →


एसइई परीक्षाफलमा प्राविधिक त्रुटि, एक दिनपछि जोडियो प्राक्टिकल नम्बर

काठमाडौँ, १० असार ९रासस० ः राष्ट्रिय परीक्षा बोर्ड मातहतको परीक्षा नियन्त्रण कार्यालयले हिजो सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा कक्षा १० को परीक्षाफलमा विद्यार्थीको प्राक्टिकल प्राप्तांक नै नजोडी सार्वजनिक भएको पाइएको छ । परीक्षाफल सार्वजनिक भएपछि विद्यार्थीले आधिकारिक वेभसाइट र नेपाल टेलिकमको १६१६ डायल नम्बरबाट आइतबार विद्यार्थीले पाएको ग्रेड पोइन्ट एभरेज...बाँकी अंश →


शैक्षिक गुणस्तर खस्केकामा चिन्ता

भक्तपुर, १० असार , यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतीजाअनुसार नियमिततर्र्फ ५८ हजार ६८८ विद्यार्थीले पूरक अर्थात् ग्रेड वृद्धि परीक्षा दिनुपर्ने भएको छ । कार्यालयका अनुसार जिपिए ०.८५ देखि १.२० आएका विद्यार्थीले सिधै कक्षा कक्षा ११ मा भर्ना नभई ग्रेड वृद्धि परीक्षामा सहभागी हुनुपर्ने भएको हो । परीक्षा...बाँकी अंश →


रु एक अर्बको लागतमा गुरुयोजना सम्पन्न

काठमाडौँ, १० असार ‘राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेन्टर’ को गुरुयोजना रु एक अर्ब रुपैयाँ लागतमा सम्पन्न भएको छ । आयुर्वेद विभागले योगाभ्यास र पञ्चकर्मबारे सेवा दिन बूढानीलकण्ठमा अन्तर्राष्ट्रियस्तरको योग सेन्टरको बनाउन गुरुयोजना बनाएको हो । विभागका महानिर्देशक डा वासुदेव उपाध्यायले गुरुयोजना सम्पन्न भई राष्ट्रिय योजना आयोग हुँदै मन्त्रिपरिषद्बाट निर्णय...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter