बुधबार, १९ बैशाख २०८१

मुख्य खबर

सामाजिक विकासका लागि धेरै काम गर्न बाँकी

ललितपुर, १४ असार (रासस) ः विभिन्न संस्थाले यहाँ आज आयोजना गरेको ‘सार्वजनिक नीति र दक्षिण एशियामा सरकारः न्याय र विकासका लागि’ विषयको सम्मेलनमा सहभागी वक्ताले दक्षिण एशियाली देशमा सामाजिक विकासका लागि धेरै काम गर्न अझै बाँकी रहेको बताउनुभएको छ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले स्थायी सरकारका...बाँकी अंश →


स्वास्थ्य छात्रवृत्ति कार्यविधि संशोधन गर्न समिति

काठमाडौँ, १४ असार (रासस) ः सरकारी संस्थामा चिकित्सा शास्त्र छात्रवृत्ति छनोट तथा छात्रवृत्ति प्राप्त चिकित्सक परिचालन कार्यविधि, २०७२ संशोधन हुने भएको छ । सचिवस्तरीय निर्णयबाट आज चिकित्सा महाशाखा प्रमुख डा दीपेन्द्ररमण सिंहको संयोजकत्वमा समिति गठन गर्दै कार्यविधि संशोधन गरी मस्यौदा तयार गरेर मन्त्रालयमा बुझाउन निर्देशन दिएको छ । कार्यविधिमा छात्रवृत्तिमा...बाँकी अंश →


समाजवादको यात्रालाई कसैले रोक्न सक्दैन ः प्रधानमन्त्री

काठमाडौँ, १४ असार (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक समृद्धिसहित समाजवादको आधार तयार पार्ने आफूहरुको पूर्वप्रतिबद्धतालाई व्यावहारिक रुपमा कार्यान्वयन गरेरै छाडिने दृढता व्यक्त गर्नुभएको छ । जननेता मदन भण्डारीको ६७औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले आज यहाँ आयोजना गरेको ‘नेपालमा समाजवादका आधार’ विषयको विचारगोष्ठी एवं मदन भण्डारी राष्ट्रिय पुरस्कार...बाँकी अंश →


अधिकारीको जीवनरक्षाका लागि संवेदनशील बन्न आयोगको आग्रह

काठमाडौँ, १४ असार (रासस) ः राष्ट्रिय मानवअधिकार आयोगले आमरण अनशनमा बस्नुभएका गंगामाया अधिकारीको जीवनरक्षाका लागि संवेदनशील बन्न सरकारलाई आग्रह गरेको छ । गृहसचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँगको भेटघाटमा आयोगका पदाधिकारीले सो आग्रह गर्नुभएको हो । भेटमा आयोगका अध्यक्ष अनुपराज शर्माले विगत ३० दिनदेखि आमरण अनशनमा बस्नुभएकी अधिकारीको...बाँकी अंश →


जनसङ्ख्या दोब्बर हुँदा धान उत्पादन वृद्धि भने कछुवा गतिमा

काठमाडौँ, १४ असार (रासस) ः असार महिना ‘मानो रोपेर मुरी फलाउन’े दिन । भोलि असार १५ गते धान दिवस । ‘धान उत्पादनमा वृद्धि ः राष्ट्रको समृद्धि’ भन्ने मूलनाराका साथ १५ औँ धान दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मुलुकभर मनाइँदै छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को सिफारिसमा २०६१ साल...बाँकी अंश →


गृहमन्त्री थापा र राष्ट्रसंघीय उपमहासचिवबीच भेटवार्ता

काठमाडौँ, १३ असार (रासस) ः गृहमन्त्री रामबहादुर थापासँग नेपाल भ्रमणमा रहनुभएका शान्ति स्थापना कार्यका लागि राष्ट्रसंघीय उपमहासचिव जेयन–पिर्रे लक्रोइस्ले आज गृह मन्त्रालयमा भेटवार्ता गर्नुभएको छ । भेटमा संयुक्त राष्ट्रसंघअन्तर्गत शान्ति स्थापना कार्यमा नेपाली सुरक्षाकर्मीले निर्वाह गरिरहेको भूमिकाका विषयमा छलफल भएको थियो । भेटमा गृहमन्त्री थापाले नेपाली सुरक्षाकर्मीलाई विश्वको शान्ति कार्यमा...बाँकी अंश →


छिटो विनियमावली बनाउन लोकसेवाको निर्देशन

ललितपुर, १३ असार (रासस) ः लोक सेवा आयोगले कर्मचारीको सेवाको शर्तसम्बन्धी कानून, बढुवा र विभागीय कारबाहीसम्बन्धी सामान्य सिद्धान्त, २०७४ बमोजिम विनियमावली बनाउन संगठित संस्थालाई निर्देशन गरेको छ । आयोगको परामर्शमा कर्मचारी सेवा शर्त विनियमावलीे तयार भएपछिमात्र संगठित संस्थामा कर्मचारी पदपूर्ति प्रक्रिया अघि बढ्ने भएकाले यथाशक्य छिटो विनियमावली संशोधनका लागि आयोगले...बाँकी अंश →


कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयबाट ५८ बुँदे सुधार मार्गचित्र तयार

काठमाडौँ, १३ असार (रासस) ः कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले समयसापेक्ष भूमि नीति, गरिबी निवारण नीति, खाद्य स्वच्छता नीति, भूउपयोग ऐन तथा सहकारी नियमावलीको मस्यौदा तयार भइसकेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा योगेन्द्रकुमार कार्कीले आज जारी गर्नुभएको मन्त्री चक्रपाणि खनालको १०० दिनको कार्य प्रगति विवरणमा अन्य कानून परिमार्जनका...बाँकी अंश →


संघ, प्रदेश र स्थानीय तहबीचमा समन्वय आवश्यक ः मन्त्री पण्डित

काठमाडौँ, १३ असार (रासस) ः संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संघ, प्रदेश र स्थानीय तहबीच समन्वय भएमा मात्र समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य प्राप्ति हुने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सांसदले सो मन्त्रालयअन्तर्गत उठाउनुभएको प्रश्नको जवाफ दिँदै उहाँले भन्नुभयो, “संवैधानिक व्यवस्था, निर्वाचनका समयमा जनतासामु...बाँकी अंश →


पहुँचका आधारमा विश्वविद्यालय स्थापना नहुने मन्त्री पोखरेलको भनाइ

काठमाडौँ, १३ असार (रासस) ः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्राविधिक शिक्षा विस्तारका लागि सरकारले उच्च प्राथमिकता दिएको र सबै प्रदेशमा उच्च प्राविधिक शिक्षालय स्थापना कार्य अगाडि बढाइएको जानकारी दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूकोे प्रश्नका जवाफ दिँदै उहाँले यसपटक शिक्षा क्षेत्रमा कूल बजेटको १०.२३...बाँकी अंश →


मोहियानी समस्या समाधान इकाई गठन

काठमाडौँ, १३ असार (रासस) ः कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले मोहियानी समस्या समाधान इकाई गठन गरेको छ । सरकारले तोकेको समयमा मोही बाँडफाँड सम्बन्धी कार्यलाई सम्पन्न गराउने उद्देश्यले सो इकाई गठन गरिएको हो । मन्त्रालयका उपसचिव कमलप्रसाद तिमिल्सिनाका अनुसार उक्त इकाईले जग्गाधनी र मोहीबीच जग्गाको बाँडफाँड गरी द्वैध स्वामित्व...बाँकी अंश →


आठ देशका नागरिक अमेरिका जान नपाउने नै भए

वासिङ्टन, १३ असार (रासस÷एएफपी) ः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जोड गर्दै आएजस्तै मुस्लिम वाहुल्य देशसहित विभिन्न ८ देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लागेको छ । राष्ट्रपति ट्रम्पले आफ्नो निर्वाचनको एजेण्डाका रुपमा यो एजेण्डा अघि सार्नुभएको थियो । यसअघि लगाइएको प्रतिबन्धलाई अमेरिकी सर्वोच्च अदालतले सदर गरिदिएको छ । राष्ट्रपति ट्रम्पले गत...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter