मङ्गलबार, ०८ जेठ २०८१

मोहियानी समस्या समाधान इकाई गठन

१३ असार २०७५, बुधबार १३:३० मा प्रकाशित

काठमाडौँ, १३ असार (रासस) ः कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले मोहियानी समस्या समाधान इकाई गठन गरेको छ ।

सरकारले तोकेको समयमा मोही बाँडफाँड सम्बन्धी कार्यलाई सम्पन्न गराउने उद्देश्यले सो इकाई गठन गरिएको हो ।

मन्त्रालयका उपसचिव कमलप्रसाद तिमिल्सिनाका अनुसार उक्त इकाईले जग्गाधनी र मोहीबीच जग्गाको बाँडफाँड गरी द्वैध स्वामित्व अन्त्य गर्ने प्रक्रियामा सहजीकरण गर्नेछ ।

मन्त्रालयले भूमिमा रहेको दोहोरो स्वामित्व अगामी एक वर्षभित्र अन्त्य गरिसक्ने लक्ष्यका साथ कार्य प्रक्रिया अघि बढाइएको छ ।

नेपाल सरकारको २०७४ कात्तिक २४ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार जग्गाधनी र मोहीबीच जग्गा बाँडफाँड गर्ने प्रयोजनका लागि भूमिसुधार कार्यालय र भूमिसुधार कार्यालय नभएका जिल्लामा भूमिसुधारको समेत कार्य गर्ने जिल्ला सदरमुकामस्थित साविकका मालपोत कार्यालयमा आगामी भदौ ४ गतेसम्म आवश्यक कागज प्रमाणसहित निवेदन दर्ता गराउन मन्त्रालयले सम्बन्धित जग्गाधनी र मोहीलाई आग्रह गरेको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter