२९ मंसिर २०८२

मुख्य खबर

गलत समाचार लेखे कान्तिपुर घेर्छुः रवि लामिछाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूविरुद्ध गलत समाचार लेखे कान्तिपुर मिडिया घेराउ गर्ने चेतावनी दिएका छन्। रास्वपाको केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै सभापति लामिछानेले यस्तो चेतावनी दिएका हुन्। तथ्यका आधारमा समाचार लेखे आफूलाई मान्य हुने तर आफूमाथि प्रहार गर्ने नियतले...बाँकी अंश →


रास्वपाका मन्त्रीहरूले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीबाट मन्त्री भएकाहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष राजीनामा बुझाएका छन् । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट मन्त्रिपरिषदमा रहेका मन्त्रीहरूले राजीनामा बुझाएका हुन् । राजीनामा बुझाउनेमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र...बाँकी अंश →


रास्वपा सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीको प्रतिक्रियाः गठबन्धन बचाउनुपर्छ, हामी फेरि छलफल गर्छौँ

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दलबीचको एकतालाई जसरी पनि बचाउनुपर्छ भन्ने पक्षमा आफू रहेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने निर्णय गरेपछि प्रधानमन्त्रीको यस्तो प्रतिक्रिया आएको हो। उनले भने, ‘मैले पुरै निर्णय हेर्न पाएको छैन, भर्खरै सुनेँ। मैले बिहानसम्म उहाँ (रवि लामिछाने)सँग भएको कुराअनुसार सरकारलाई...बाँकी अंश →


पाकिस्तानको पेशावरमा मस्जिदमा विस्फोट हुँदा कम्तिमा 60 जनाको मृत्यु

पाकिस्तानको पेशावर सहरको एक मस्जिदमा भएको विस्फोटमा परी कम्तीमा 60 जनाको मृत्यु भएको छ। विष्फोटमा १५० भन्दा बढी व्यक्ति घाइते भएका बिबिसीले जनाएको छ। मस्जिदमा मानिसहरु खचाखच भरिएका बेला विस्फोट भएको थियो। विष्फोटबाट भवनको एक भाग ध्वस्त भएको छ। मानिसहरु भत्किएको भवनमा पुरिएको स्थानीय अधिकारीहरुले बताएका छन्। घाइतेहरुलाई उपचारका लागि...बाँकी अंश →


रविको मुद्दामा सर्वोच्चको फैसलाबारे नेम्वाङको टिप्पणीः आत्तिनुपर्ने कुरा छैन

काठमाडौँ – सत्तारुढ नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वसभामुख सुवास नेम्वाङले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबाट कोही पनि आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन्। सर्वोच्च अदालतको फैसलापछि गृहमन्त्री रवि लामिछानेले पद त्याग गर्नु परेको प्रसंग उल्लेख गर्दै उनले ती समस्यालाई संविधान अन्तर्गत नै हल गरेर अघि बढ्न आफूहरु सक्षम रहेको पनि पटक–पटक दोहोर्‍याए।...बाँकी अंश →


रवि लामिछानेले गृह मन्त्रालयबाट बाहिरिँदै भनेः यतिखेर म अनागरिक छु, के प्रश्न सोध्नुहुन्छ?

काठमाडौँ – रवि लामिछानेले सर्वोच्च अदालतको फैसलाको आफूले स्वागत गर्ने प्रतिक्रिया दिएका छन्। उनको सांसद पद खारेज हुने सर्वोच्चको फैसलापछि गृह मन्त्रालयबाट बाहिरिँदै लामिछानले यस्तो प्रतिक्रिया दिएका हुन्। सर्वोच्चको फैसलालाई कसरी लिनुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने,’फैसलाको स्वागत गर्छु। स्वीकार गर्छु।’ साथै उनले आफू अनागरिक बनेको बताए। अब के गर्नुहुन्छ...बाँकी अंश →


सर्वोच्चद्वारा गृहमन्त्री लामिछानेको सांसद पद खारेज, चिवतन २ मा फेरि चुनाव हुने

काठमाडौं– सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेको छ । उम्मेदवारी मनोनयनका क्रममा लामिछानेले चितवनको निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेको पुरानो नागरिकताको प्रमाणपत्रले मान्यता नपाउने फैसला सुनाएको हो । कायममुकायम हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हाको संवैधानिक इजलासको यो फैसलासँग गृहमन्त्री लामिछाने निर्वाचित भएको...बाँकी अंश →


भूकम्पमा परी बाजुरामा एक जनाको मृत्यु, २५ भन्दा बढी घर भत्किए

काठमाडौँ – भूकम्पपछि बाजुरामा ढुङ्गाले लागेर आज एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौमुल गाउँपालिका–२ आगरकी ३५ वर्षीया जमुना रोकाया रहेकी छिन् । घाँस काट्न गएकी रोकायाको भीरबाट खसेको ढुङ्गाले लागेर मृत्यु भएको स्थानीय प्रेमबहादुर रोकायाले जानकारी दिए । घाँस ल्याएर घर फर्किने क्रममा ढुङ्गाले टाउकोमा लाग्दा उनको...बाँकी अंश →


यती एयरलाइन्स दुर्घटना :देशभरमै शोक दीप प्रज्वलन

काठमाडौँ-  यती एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका चालक दलका चार जना सदस्यको आत्माको चीर शान्तिको कामना गर्दै क्यबिन क्रु एशोसियसन अफ नेपाल एयरलाइन्सले दीप प्रज्वलन गरेको छ । सोमबार काठमाडौंको न्युरोडस्थित नेपाल वायुसेवा निगमको कार्यालयअगाडि एसोसिएसनले पाइलट, को–पाइलटलगायत चालक दलका सदस्यको निधनप्रति दुःख व्यक्त गर्दै दीप प्रज्वलन गरेको हो ।...बाँकी अंश →


पोखरा विमान दुर्घटनाः सदाकतको शव परिवारलाई बुझाइयो

पोखरा – पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटनामा परेर मृत्यु भएका सदाकत अलिमियाँको शव परिवारलाई बुझाइएको छ। पोखरा महानगरपालिका–१३ मियाँपाटनका २६ वर्षीय मियाँको शव सोमबार साँझ परिवारलाई बुझाइएको हो। उनी हजका लागि गएकी सानीआमालाई काठमाडौँ पुर्‍याएर फर्कने बेलामा सेती खोंचमा आइतबार भएको विमान दुर्घटनामा परेका थिए। उनको आइतबार नै सनाखत भएको...बाँकी अंश →


पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

काठमाडौँ– पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ । काठमाडौँबाट विहान १०ः३३ बजे पोखराका लागि उडेको यति एयरलाइन्सको एटीआर-७२ विमान दुर्घटना भएको हो ।  यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा दुई पाइलट, दुई जना एयर होस्टेस र ६८ जना यात्रु सवार थिए । कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले सेती नदीको खोँचमा विमान दुर्घटना...बाँकी अंश →


नेपालको राजनीति तीन जना पूर्वप्रधानमन्त्रीहरुको अखडाजस्तो भयोः गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको राजनीति तीन जना पूर्वप्रधानमन्त्रीहरुको अखडाजस्तो भएको टिप्पणी गरेका छन्। कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गर्दै महामन्त्री थापाले मंसिर ४ गतेको निर्वाचनपछि नेपाली राजनीति पूर्वप्रधानमन्त्रीहरु एकले अर्कोलाई छक्याउने, ढाल्ने कुरामा मात्रै...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter