मङ्गलबार, ०४ बैशाख २०८१

आज उच्चस्तरीय राजनीतिक संयन्त्रकाे बैठक बस्दै, राष्ट्रपतिबारेमा छलफल हुने

२६ माघ २०७९, बिहीबार १०:३९ मा प्रकाशित

काठमाडाैँ- उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बिहीबार बस्ने भएकाे छ।

बुधबार प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएकाे थियाे। साेही भेटवार्ताले आज संयन्त्रको बैठक बोलाउने सहमति गरेकाे हाे।

यद्यपि बैठककाे समय भने ताेकिएकाे छैन।

हिजाेकाे भेटवार्तापछि प्रधानमन्त्री दाहालले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने र राष्ट्रपतिको आगामी निर्वाचनका विषयमा छलफल गर्ने बताएका थिए।

‘सहमतिबाटै अगाडि बढ्ने प्रयास हुन्छ। सहज रूपमा कसरी अगाडि बढ्ने भन्नेबारेमा छलफल गर्छाैँ’, उनले भनेका थिए।

एमालेले पूर्वसहमति अनुसार नै एमालेले राष्ट्रपति पद पाउनुपर्ने बताउँदै आएकाे छ।

यता प्रधानमन्त्री दाहाल भने राष्ट्रपति एमालेलाई नदिइ राष्ट्रिय सहमति खाेज्ने मनसायमा छन्।

राष्ट्रपतिकाे विषय सत्ता गठबन्धनमा किचलाे बन्दै गएकाे छ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter