शुक्रबार, १६ चैत २०८०

रास्वपा सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीको प्रतिक्रियाः गठबन्धन बचाउनुपर्छ, हामी फेरि छलफल गर्छौँ

२२ माघ २०७९, आईतवार २१:१० मा प्रकाशित

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दलबीचको एकतालाई जसरी पनि बचाउनुपर्छ भन्ने पक्षमा आफू रहेको बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने निर्णय गरेपछि प्रधानमन्त्रीको यस्तो प्रतिक्रिया आएको हो।

उनले भने, ‘मैले पुरै निर्णय हेर्न पाएको छैन, भर्खरै सुनेँ। मैले बिहानसम्म उहाँ (रवि लामिछाने)सँग भएको कुराअनुसार सरकारलाई समर्थन फिर्ता चाहिँ होइन, मन्त्री बाहिर निक्लिने कुरातिर छलफल भइराख्याछ भन्नुहुन्थ्यो।’

उनले यस विषयमा छलफल गर्ने र समास्या हल गर्नेतिर लाग्ने बताए।

‘अब फेरि हामी छलफल गर्छौँ। यसलाई हल गर्नेतिरै जान्छौँ। मेरो कोशिस त थियो, राष्ट्रिय सहमति नै,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘हाम्रो सत्ता साझेदारबीचको एकतालाई त जसरी पनि बचाउनु पर्छ भन्ने नै हो मेरो। अदालतको निर्णयपछि पक्कै पनि उहाँहरुलाई अलि असहज त भएकै थियो। अब उहाँसँग फेरि भेटेर कुरा गर्छु।’

रास्वपाले सरकारलाई दिएको समर्थन कायमै राखेर सरकारबाट बाहिरिने निर्णय गरेको छ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter