बुधबार, २६ बैशाख २०८१

स्वास्थ्य/जीवनशैली

स्वास्थ्यचौकी निर्माणका लागि जग्गा प्रदान

गुल्मी, ६ कात्तिक  मनकारी दुई दाजुभाइले आफ्नो गाउँमा स्वास्थ्यचौकी निर्माण गर्न पाँच रोपनी जग्गा निःशुल्क रुपमा प्रदान गरेका छन् । चन्द्रकोट गाउँपालिका–७ अन्तर्गत रुपाकोट निवासी हाल युकेमा कार्यरत दाजुभाइ द्वय तारानाथ भण्डारी र मोतीराज भण्डारीले गाउँमा स्वास्थ्यचौकी निर्माणका लागि रु सात लाख मूल्य बरावरको जग्गा निःशुल्क प्रदान गर्नुभएको हो ।...बाँकी अंश →


सराङ्कोटमा एक घर एक धारा

कास्की, ५ कात्तिक  खानेपानीको अभाव झेल्दै आएकोे पोखरा महानगरपालिका वडा नं १८ सराङकोटमा एक घर एक धारा निर्माण कार्य अघि बढाइएको छ । देशकै प्रमुख पर्यटकीय गन्तव्यसमेत रहेको सराङकोटमा गण्डकी प्रदेश सरकारको बजेटबाट धारा निर्माण कार्यक्रम अघि बढाइएको हो । सूर्योदय, हिमशृङ्खलालगायतको दृश्यावलोकन तथा प्याराग्लाइडिङको प्रमुख गन्तव्यको रुपमा विकास भएर...बाँकी अंश →


ताइवानी संस्थाबाट निःशुल्क ह्वीलचियर वितरण

काठमाडौँ, ५ कात्तिक  ताइवानका विभिन्न संस्थाले नेपाललाई अपाङ्गता भएका व्यक्तिका लागि हिँडडुलमा सहयोग पु¥याउने उद्देश्यले उच्च गुणस्तरका दुई हजार थान ह्वीलचियर प्रदान गरेका छन् । प्रतिथान करीब रु पाँच हजार ६०० पर्ने उक्त उच्च गुणस्तरका ह्वीलचियर २०० थान काठमाडौँ आइपुगेका र सोमबार नै १८० थान विभिन्न जिल्लामा निःशुल्क वितरण गरिएको...बाँकी अंश →


तीन महीनामा ३३ को मृत्यु

चितवन, ५ कात्तिक  जिल्लामा साउनयता भएका सवारी दुर्घटनामा परी ३३ को मृत्यु भएको छ । सो समयमा ८१ दुर्घटना भएका थिए । दुर्घटनामा परी १८० घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार जिल्लाका भित्री सडकमा दुर्घटना बढी हुने गरेका छन् । कार्यालयका प्रमुख प्रहरी निरीक्षक चन्द्रकुमार गिरीका अनुसार...बाँकी अंश →


हेल्थ डेस्क हुँदा स्वास्थ्य परीक्षणमा सहज

भजनी, ५ कात्तिक    कैलालीको टीकापुर नगरपालिकाले खक्रौला भन्सार कार्यालयमा हेल्थ डेस्क सञ्चालन गर्दा स्वास्थ्य परीक्षणमा सहज हुन थालेको छ । कामको सिलसिलामा भारत गई त्यहाँबाट फर्कने नेपाली तथा अन्य विदेशी नागरिकलाई स्वास्थ्य परीक्षण गराएर मात्र नेपाल प्रवेश गराउन थालेपछि सरुवा रोगको सङ्क्रमणमा समेत कमी आउने विश्वासका साथ हेल्थ डेस्क...बाँकी अंश →


युवतीको विभत्स हत्या

भोजपुर, ३ कात्तिक  षडानन्द नगरपालिकामा एक महिलाको विभत्स हत्या भएको छ । षडानन्द नगरपालिका–१ नेपालेडाँडाबाट खेल हेरेर घर फर्कदै गरेकी वडा नं ३ बस्ने २८ वर्षीया कल्पना राईको विभत्स हत्या भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । शनिबार साँझ षडानन्द नगरपालिकाको वडा नं २ र ३ को सिमानामा पर्ने...बाँकी अंश →


मलेशियामा एक नेपालीको मृत्यु

तुलसीपुर, ३ कात्तिक  रोजगारीका लागि मलेशिया जानुभएका दाङका एक व्यक्तिको मृत्यु भएको छ । शान्तिनगर गाउँपालिका–२ बाघमारे निवासी ४२ वर्षीय मोहन केसी (कान्छो) को असोज २९ गते नेपाली समयअनुसार बेलुका ४ः३० बजेतिर मृत्यु भएको हो । दशैँको टीकाका दिन एक्कासि बेहोस भएपछि उपचारका लागि मलेशियाकै सालम अस्पतालमा लगिएको र उपचारका...बाँकी अंश →


प्रतिष्ठानबाट सुत्केरी भत्ता वितरण शुरु

तुलसीपुर, ३ कात्तिक  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले कात्तिक १ गतेदेखि सुत्केरी भत्ता वितरण गर्न शुरु गरेको छ । सरकारले केही समय अघि बजेट निकासा नगर्दा सुत्केरी भत्ता रोकिएको थियो तर पछिल्लो पटक बजेट निकासा भएपछि भत्ता वितरण गर्न शुरु गरिएको प्रतिष्ठानका रजिष्ट्रार रामप्रसाद प्याकुरेलले बताउनुभयो । पहिलो दिन प्रतिष्ठानबाट...बाँकी अंश →


रगत भण्डारणका लागि उपकरण सहयोग

गलकोट, ३ कात्तिक  रेडक्रस सोसाइटी जिल्ला शाखा बागलुङद्वारा सञ्चालित रक्त सञ्चार केन्द्र सुधारको अभियान चलाइएको छ । रक्त सञ्चार केन्द्रलाई सुधार गरी आधुनिक बनाउनका लागि प्रवासीको सहयोग आउनेक्रम जारी रहेको छ । बागलुङ समाज बेल्जियमले रक्तसञ्चार केन्द्र बागलुङका लागि रगत भण्डारण गर्नका लागि आवश्यक उपकरण सहयोग गरेको छ । बागलुङ...बाँकी अंश →


पोखरीमा डुबेर बालिकाको मृत्यु

राजविराज, ३ कात्तिक  सप्तरीको कञ्चनरुप नगरपालिका–८ स्थित रहेको शिव मन्दिर अगाडिको पोखरीमा डुबेर बेपत्ता भएकी बालिका शनिबार साँझ मृतावस्थामा फेला परेकी छिन । मृत्यु हुनेमा कञ्चनरुप–४ निवासी दिलीप परियारकी ११ वर्षीया छोरी डल्ली भनिने यासिका रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिनुभयो । पोखरीमा नुहाउन...बाँकी अंश →


सवारी दुर्घटनामा एकको मृत्यु

इनरुवा, २९ असोज  सुनसरीको धरान उपमहानगरपालिका तिनकुनेस्थित कोशी राजमार्गमा आज सवारी दुर्घटनामा एकको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका १९ का ६१ वर्षीया कालीमाया राई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । इटहरीबाट धरानतर्फ जाँदै गरेको को २१ प २३६१ नम्बरको स्कुटरलाई सोही दिशातर्फ जाँदै गरेको को...बाँकी अंश →


बसले किच्दा बालकको मृत्यु

नुवाकोट, २९ असोज  नुवाकोटको बट्टार बजारमा बसले किच्दा एक बालकको मृत्यु भएको छ । तारकेश्वर गाउँपालिका–६ गोस्र्याङ घर भएका प्रताप तामाङका ६ वर्षीय छोरा युनिक तामाङको आज दिउँसो केरुङ यातायातको बा ४ ख ७५०४ नम्बरको बसले किच्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बालकको घटनास्थलमै ज्यान गएपछि आक्रोशित...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter