आइतबार, ०६ जेठ २०८१

प्रतिष्ठानबाट सुत्केरी भत्ता वितरण शुरु

३ कार्तिक २०७६, आईतवार ११:४१ मा प्रकाशित

तुलसीपुर, ३ कात्तिक  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले कात्तिक १ गतेदेखि सुत्केरी भत्ता वितरण गर्न शुरु गरेको छ । सरकारले केही समय अघि बजेट निकासा नगर्दा सुत्केरी भत्ता रोकिएको थियो तर पछिल्लो पटक बजेट निकासा भएपछि भत्ता वितरण गर्न शुरु गरिएको प्रतिष्ठानका रजिष्ट्रार रामप्रसाद प्याकुरेलले बताउनुभयो । पहिलो दिन प्रतिष्ठानबाट सेवा लिएकी लमही निवासी प्रेक्षा न्यौपानेलाई भत्ता वितरण गरिएको हो । प्रतिष्ठानका रजिष्ट्रार रामप्रसाद प्याकुरेल, अस्पताल निर्देशक हाडजोर्नी विशेषज्ञ डा सागर पन्थीले संयुक्तरुपमा सुत्केरी भत्ता वितरण गर्नुभएको हो । आमा र बच्चाको स्वास्थ्य सुधारका लागि सुत्केरी भत्ता दिने गरिएको छ । स्वास्थ्य मन्त्रालयबाट रु दुई करोड बजेट निकासा भएपछि प्रत्येक सुत्केरीलाई रु एक हजार ८०० भत्ता वितरण गर्ने गरिएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter