सोमबार, ०७ जेठ २०८१

मलेशियामा एक नेपालीको मृत्यु

३ कार्तिक २०७६, आईतवार १२:२२ मा प्रकाशित

तुलसीपुर, ३ कात्तिक  रोजगारीका लागि मलेशिया जानुभएका दाङका एक व्यक्तिको मृत्यु भएको छ । शान्तिनगर गाउँपालिका–२ बाघमारे निवासी ४२ वर्षीय मोहन केसी (कान्छो) को असोज २९ गते नेपाली समयअनुसार बेलुका ४ः३० बजेतिर मृत्यु भएको हो । दशैँको टीकाका दिन एक्कासि बेहोस भएपछि उपचारका लागि मलेशियाकै सालम अस्पतालमा लगिएको र उपचारका क्रममा उहाँको मृत्यु भएको आफन्त सुरेश ओलीले बताउनुभयो । केसी डिएचएल सप्लाई चैन कम्पनीमा ‘सेक्युरिटी गार्ड’ मा काम गर्न एक महीनाअघि मात्रै मलेशिया जानुभएका केसीको शव सोमबार नेपाल ल्याउने तयारी भएको उहाँले जानकारी दिनुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter