सोमबार, २४ बैशाख २०८१

धर्म / संस्कृति

परिक्रमाका यात्रीलाई इस्लाम धर्मावलम्बीको बिदाइ

बर्दिवास, २९ फागुन ,,  महोत्तरी जिल्लाको बलवा नगरपालिकाको धमौराका बासिन्दा इस्लाम (मुुस्लिम) धर्मावलम्बीले मिथिला माध्यमिकी परिक्रमाका यात्रीलाई आज बिहान बिदाइ गरेका छन् । माध्यमिकी परिक्रमाको साताँै दिनको विश्राम धमौराको ध्रुवकुण्डमा गरेका यात्रीलाई त्यहाँका इस्लाम धर्मावलम्बीले अघिल्लो यात्राको शुभकामना व्यक्त गर्दै हार्दिक बिदाइ गरेका हुन् । मिथिला क्षेत्रको महाकुम्भ भनिने मिथिला...बाँकी अंश →


बजेट अभावमा जीर्ण बन्दै त्रिभुवन पार्क

काठमाडौँ, २७ फागुन ,,  काठमाडौँको थानकोटस्थित ऐतिहासिक, सांस्कृतिक र मनोरञ्जनका दृष्टिले महत्व बोकेको त्रिभुवन पार्क जीर्ण बनेको छ । पार्क संरक्षणका लागि राज्यपक्षबाट आवश्यक बजेट विनियोजन नगर्दा र स्तरोन्नतिको योजना ल्याउन नसक्दा पार्कको सुन्दरता गुम्न पुगेको हो । उक्त पार्कको नाम त्रिभुवन पार्क रहेपनि अहिले त्रिभुवनको शालिक बेवारिसे रुपमा फालिएको...बाँकी अंश →


पहिलोपटक वेद कण्ठस्थ प्रतियोगिता

काठमाडौँ, २६ फागुन ९  ,,   नेपालका पहिलो वेदाचार्य एवं वेद विषयका पहिलो प्राध्यापक सोमनाथ पौडेलको स्मृतिमा देशमै पहिलोपटक वेद कण्ठस्थ प्रतियोगिता आयोजना गरिएको छ । विसं २००९ मा पुतलीसडकमा नेपाल राजकीय संस्कृत महाविद्यालय स्थापना भएसँगै पौडेलले पहिलोपटक वेद प्राध्यापन गर्नुभएको थियो । महाविद्यालय पछि वाल्मीकि विद्यापीठमा नामकरण भएको थियो ।...बाँकी अंश →


अशोक र एआरले जिते दर्शकको मन

बाजुरा, २६ फागुन ,,  उमेरमा कम भए पनि कलामा परिपक्व देखिएका अशोक दर्जी र एआर बुढाथोकीले दर्शकलाई दमदार प्रस्तुति दिएका छन् । बडिमालिका बृहत् सांस्कृतिक कार्यक्रममा देखाएको कला र प्रस्तुतिले दर्शकको मन जित्न अशोक र एआर सफल बनेका छन् । हेर्दा दाजुभाइजस्तै लाग्ने अशोक र एआरले प्रस्तुति दिँदा, गाउँदा नाच्दा...बाँकी अंश →


महायज्ञमा चार करोड ८४ लाख सङ्कलन

चितवन, २१ फागुन ,,  माघको अन्तिम साता तनहुँको देवघाटधाममा आयोजना गरिएको देवघाटधाम विराट ज्ञानमहायज्ञमा रु चार करोड ८४ लाख सङ्कलन भएको छ । महेश सन्न्यास आश्रम तथा महेश संस्कृत गुरुकुलको रजत वर्षको अवसर पारेर महायज्ञको आयोजना गरिएको थियो । महायज्ञका महासचिव एवं संस्कृत गुरुकुलका प्राचार्य डा गुरुप्रसाद सुवेदीका अनुसार महायज्ञबाट...बाँकी अंश →


लोकभजन संरक्षण प्रयास

बागलुङ, २१ फागुन (रासस) ,, राष्ट्रिय लोकभजन प्रतियोगिताले नयाँ रौनक थपेको थियो । मेला, महोत्सवकै झल्को दिने प्रतियोगितामा भक्तजन/दर्शक खुलेर रमाएका थिए । भजनको तालमा नाचेर आनन्द लिने भक्तजन पनि उत्तिकै देखिन्थे । कोही भजनमा व्यक्त कथा, प्रसङ्गलाई ध्यानपूर्वक सुनिरहेका थिए । प्रतियोगितामा सहभागी भजन समूहले भगवान शिव, कृष्ण चरित्रदेखि...बाँकी अंश →


हलेसीमा दर्शनार्थीको भीड

खोटाङ, २० फागुन ,, त्रिधार्मिकस्थल खोटाङको हलेसीमा पूजाआजा गर्ने र मेला भर्नेको बाक्लो भीड लागेको छ । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको त्रिवेणीस्थल हलेसीमा शिवरात्रिका अवसरमा लाग्ने मेला भर्न र दर्शन गर्न आउने दर्शनार्थीको बिहानैदेखि भीड लागेको हो । मेलामा नेपाललगायत छिमेकी राष्ट्र भारत, चीन, भूटान, बङ्गलादेश, कोरियालगायत मुलुकका हजारौँ...बाँकी अंश →


केदारनाथको शिर डोलेश्वर मन्दिरमा दर्शनार्थीको ठूलो घुइँचो

भादगाउँ, २० फागुन ,, महाशिवरात्रीको पर्वको अवसरमा आज भक्तपुरको सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीको ठूलो घुइँचो लागेको छ । प्रत्येक वर्ष महाशिवरात्रीको अवसरमा यहाँ भक्तजनको ठूलो घुइँचो लाग्ने गरेको छ । महाशिवरात्रीको अवसर पारेर आज भक्तजनका लागि दर्शन गराउन मन्दिरको चारै ढोका बिहान ४ बजेदेखि खुला गरिएको डोलेश्वर...बाँकी अंश →


धार्मिक पर्यटनको केन्द्र बाबा बर्दगोरिया धाम

परासी, १६ फागुन ,, आध्यात्मिक सुखको अनुभूति गराउने चुरे पहाडको काख हो बाबा बर्दगोरिया धाम । थरीथरीका रङ्गीबिरङ्गी फूल र चराचुरुङ्गीको कुहुकुहुबाट गुञ्जायमान हुने यो ठाउँ पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं ११ केरावानीमा अवस्थित छ । शिवभक्त नन्दीकेश्वरको तपोभूमिको रुपमा परिचित यो धामको दाहिनेतर्फ पानभार नदी र बाँयातर्फ भूमही...बाँकी अंश →


पर्यटकीय गन्तव्य बन्दै नारायणी धाम

कावासोती, १५ फागुन ,, चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको नारायणी धाम गङ्गेश्वर महादेव मन्दिर धार्मिक केन्द्रको रुपमा मात्र नभई पर्यटकीय स्थल पनि बन्दै गएको छ । शहरको कोलाहल क्षेत्रबाट केही पर नारायणी तटसँगैको मन्दिर परिसरमा पछिल्लो समय वनभोज खान र घुम्न जानेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ ।...बाँकी अंश →


राष्ट्रिय भजन प्रतियोगिता फागुन २० मा

गलकोट, ९ फागुन ,, यहाँको एक सामाजिक संस्थाले परम्परागत मौलिक संस्कृतिको रुपमा रहेको भजनलाई संरक्षण गरी धार्मिक पर्यटकहरु भित्र्याउनका लागि राष्ट्रियस्तरको भजन प्रतियोगिताको आयोजना गर्ने भएको छ । जिल्लामा क्रियाशिल बिहुँकोट खेलकुद तथा समाज विकास केन्द्र काठेखोला गाउँपालिका –५ को आयोजनामा महाशिवरात्रीको अवसरमा यही फागुन २० गते राष्ट्रियस्तरको लोकभजन प्रतियोगिता...बाँकी अंश →


कुमाल समुदायमा समस्याको चाङ

भोजपुर, ८ फागुन ,,  भोजपुर जिल्लाको उत्तरी क्षेत्रमा पर्ने षडानन्द नगरपालिका वडा नं ६ मा अवस्थित मोथेटार गाउँमा कुमाल समुदायको बसोवास छ । अरुण नदीको किनारमा पर्ने यो वस्ती निकै सुन्दर छ । उनीहरुको यहाँ ३३ घर छ । वस्तीमा रहेका ७ घरपरिवारको आफ्नै नामको जमीन छैन, अर्काको बनिबुतो नगरी...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter