आइतबार, ०६ जेठ २०८१

धर्म / संस्कृति

भानुभक्तको जन्मगाउँमा अन्तर्राष्ट्रिय कवि सम्मेलन

दमौली, २१ चैत ,, नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको जन्मगाउँमा अन्तर्राष्ट्रिय कवि सम्मेलन हुने भएको छ । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँले पाँचाँै क्षेत्रप्रताप अधिकारी स्मृति दिवसका अवसर पारेर यही चैत २९ र ३० गते भानु नगरपालिका–५ चुँदीरम्घामा अन्तर्राष्ट्रिय कवि सम्मेलन गर्न लागेको हो । मञ्चका अध्यक्ष...बाँकी अंश →


बिस्केट जात्रालाई शान्तिपूर्ण बनाइने

भक्तपुर, १८ चैत ,, नयाँ वर्षको आगमनसँगै भक्तपुरमा नौ दिनसम्म तान्त्रिक विधिअनुसार मनाइने प्रसिद्ध बिस्केट जात्राको तयारी तीव्र रुपमा अगाडि बढेको छ । आगामी २७ गतेदेखि साँझ भैरवको रथ तानेर शुरु भई वैशाख ५ गते साँझ पुनः भैरवकै रथ तानेर सम्पन्न हुने जात्राका लागि आवश्यक पर्ने भैरव र भद्रकालीको रथ...बाँकी अंश →


बृहत कला र सांस्कृतिक महोत्सव शुरु

ललितपुर, १३ चैत ,,  कला नगरीको प्रवद्र्धन गर्ने उद्देश्यले आजदेखि ललितपुर महानगरपालिका–१६ मा ‘बृहत कला र सांस्कृतिक महोत्सव’ शुरु भएको छ । विश्व कला परिषद्ले केही महीना पहिले ललितपुर महानगरपालिकालाई कला नगरी घोषणा गरेको थियो । कला नगरीको प्रचार गर्नेसँगै यहाँ पर्यटन क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको आयोजकले...बाँकी अंश →


आलेख : मष्टा देवताको ऐतिहासिकता र बझाङ्ग जिल्ला

चैनपुर, बझाङ्ग, १२ चैत  ,,  खस जातिको कुलदेवता मष्टाको उद्गम स्थल खस प्रदेश मानिन्छ । महाकाली नदीदेखि त्रिशूली नदीसम्म, नेपाली पर्वतीय खण्ड सिंजा साम्राज्य अन्तर्गत चीनको तिब्बतमा पर्ने खारी प्रान्त र भारतको पहाडी भू–भाग काश्मिरदेखि कुमाउँसम्मको क्षेत्रलाई खस प्रदेश र त्यहाँ बस्ने जातिलाई खस भनिन्छ । यिनै खस जातिले पुज्ने...बाँकी अंश →


देउडा संस्कृतिको संरक्षणमा जोेड

खलङ्गा, ७ चैत ,, कर्णाली देउडा समाज जुम्लाले माघ महीनाको १ गतेबाट जुम्ला सदरमुकाममा नियमित देउडा कार्यक्रम गर्दै आएको छ । नियमित देउडा कार्यक्रमअन्तर्गत जुम्लाको सदरमुकाममा आज पनि देउडा कार्यक्रम गरिएको हो । हराउँदै गएको देउडा संस्कृतिको संरक्षण गर्न र प्रचारप्रसारको लागि प्रत्येक महीनाको १ गतेका दिन देउडा कार्यक्रमको थालनी...बाँकी अंश →


होली मिलन तथा शुभकामना आदानप्रदान

रुपन्देही, ७ चैत ,, आपसी सदभाव, मेलमिलाप र खुशी साटासाट गरी रुपन्देहीसहित तराईका जिल्लामा आज फागु अर्थात् होली पर्व मनाइँदैछ । होली पर्वको अवसरमा आज जिल्लाका विभिन्न सङ्घसंस्थाले होली मिलन कार्यक्रम आयोजना गरेका छन् । नेपालपत्रकार महासङ्घ रुपन्देही शाखाले कार्यालय परिसरमा होली मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ...बाँकी अंश →


होली पर्वको मर्मलाई आत्मसात गरौं

पोखरा, ५ चैत  ,, असत्यमाथि सत्यको जित, आपसी सद्भाव र सामाजिक एकताको सन्देश पस्किने पर्व होली समस्त हिन्दूधर्मालम्बी उत्साहका साथ मनाउन जुटेको छ । आपसी वैमन्स्यतालाई बिर्सेर एक अर्कासँग खुशी साटासाट गर्दै एकापसमा मिलेर सुख शान्तिको कामना गरी मनाउनु नै यो पर्वको मुख्य विशेषता हो । होली पर्वको मुख्य उद्देश्य...बाँकी अंश →


‘रुपाली’ होलीको महत्व बढ्दै

भीमदत्तनगर, ५ चैत  ,,  बयासी वर्षीय पूर्वसांसद गङ्गादत्त जोशी कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ मा होली पर्वको खेलमा पाइला मिलाइरहेको अवस्था भेटिनुभयो । जोशी मात्रै नभई उहाँसित डडेल्धुराको रुपालबाट भीमदत्तनगरमा बसाई सरेका धेरै वृद्ध फागू पूर्णिमाका अवसरमा आयोजित परम्परागत रुपाली होलीमा रमाइरहेका थिए । वसन्त ऋतु र नयाँ वर्षको पूर्वसन्ध्यामा रङ्गीन पर्व होलीमा...बाँकी अंश →


ईदको विदा कटौतिबारे

गत वर्ष नै वर्तमान सरकारले सार्वजनिक विदाहरूलाई वर्गीकरण गरेर केही विदाहरूलाई राष्ट्रिय सार्वजनिक विदाको वर्गमा राख्यो भने केही विदाहरूलाई सम्बन्धित धर्म, समुदाय, लैङ्गिक समूह र भूगोल विशेषका जनताले मात्र विदा पाउने सार्वजनिक विदाको रूपमा राखेर विदाको नयाँ व्यवस्थापन गर्यो । गत वर्ष विदाको नयाँ व्यवस्थापनको घोषणासँगै राष्ट्रिय सार्वजनिक विदाबाट सम्बन्धित...बाँकी अंश →


इच्छाकामना मन्दिर पुनःनिर्माण गरिँदै

मुग्लिन, ३ चैत ,,  चितवनको इच्छाकामना गाउँपालिका वडा नं ५ मा रहेको पवित्र धार्मिकस्थल इच्छाकामना माई मन्दिरको पुनःनिर्माण गरिने भएको छ । अहिले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को काम शुरु गरिएको गाउँपालिकाकी अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिनुभयो । मन्दिर पुनःनिर्माणका लागि प्रदेश सरकारबाट रु ५० लाख मन्दिर पुनःनिर्माणका लागि बजेट...बाँकी अंश →


मगर जति हुर्रा नाच संरक्षणको अभियानमा

गाईघाट, ३० फागुन ,, वारी है, खोला नी हौ पारी है खोला बिचैमा दोभान हौ देशै रमाइलो हासेर नी हौँ पनि, बोलेर नी हौँ बिताउन जोवन, लङ्घा मजुले... पश्चिम बागलुङ, गुल्मी, प्युठान, सल्यान, लमजुङ क्षेत्रमा बसोबास गर्ने मगर जातिको लोकप्रिय नृत्यका रुपमा कौडा नृत्यलाई लिन सकिन्छ भने पूर्वतिर धनकुट्टा, मोरङ,...बाँकी अंश →


धार्मिक मेलाको आयव्यय सार्वजनिक

परासी, ३० फागुन ,,  पश्चिम नवलपरासीस्थित मदारबाबामा लागेको धार्मिक मेलाको आयव्यय सार्वजनिक भएको छ । मुस्लिम र हिन्दू धर्मावलम्बीको साझा आस्थाको केन्द्रका रूपमा परिचित नेपालको पुरानो धार्मिकस्थल मदारबाबामा गत फागुन १२ देखि २० गतेसम्म धार्मिक मेला सञ्चालन भएको थियो । यहाँ प्रत्येक वर्ष मेला लाग्दै आएको छ । यस वर्षको...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter