सोमबार, २४ बैशाख २०८१

धर्म / संस्कृति

मगर महोत्सव शुरु

पर्वत, ८ फागुन ,, लोप हुँदै गएको समुदायको संस्कृति संरक्षण गर्दै सङ्ग्रहालय बनाउने उद्देश्यले यहाँ प्रथम मगर महोत्सव शुरु भएको छ । पुन युवा क्लबद्वारा आयोजित महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुभएको छ । महोत्सव उद्घाटन गर्दै उहाँले गण्डकी प्रदेश आर्थिक समृद्धि हासिल गर्ने पहिलो प्रदेश बन्ने दाबी...बाँकी अंश →


स्वस्थानी व्रत सम्पन्न

काठमाडौँ, ८ फागुन ,, हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक वाचन र श्रवण गर्दै आएको श्रीस्वस्थानी व्रतकथा मङ्गलबार माघ शुक्ल पूर्णिमाका दिन विधिपूर्वक सम्पन्न भएको छ । एक महीना व्रत बस्नेले प्रत्येक दिन नुहाई मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाक खाएर बसेका खण्डमा पुण्य मिल्ने तथा मनोकाङ्क्षा पूरा...बाँकी अंश →


हनुमानघाटमा माधवनारायणको व्रत सम्पन्न

भादगाउँ, ७ फागुन ९ ,, भक्तपुरको हनुमानघाट त्रिवेणीधाममा शुरु भएको एक महीने लामो माधवनारायणको व्रत आज सम्पन्न भएको छ । पौषशुक्ल पूर्णिमाको दिन शुरु भएको यो व्रत आज माघ शुक्ल पूर्णिमाको दिन दरबार स्क्वायरमा रहेको भूपतिन्द्र मल्लको मूर्तिमा ईन्द्रकलश चढाएर हनुमानघाटमा फर्केर माधवनारायणलाई एकसय आठ अक्षतमाढी९ ध्यू र चिनीमा मोलेर...बाँकी अंश →


महाशिवरात्रिको तयारी शुरु

काठमाडौँ, ७ फागुन ,, पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी शुरु भएको छ । महाशिवरात्रिका लागि पशुपति क्षेत्र विकास कोषले आठ उपसमितिको गठन गरी तयारी अघि बढाएको सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो । कोषाध्यक्ष डा मिलनकुमार थापाको संयोजकत्वमा सुरक्षा÷दर्शन व्यवस्था, कोष सञ्चालक परिषद् सदस्य भगवतीप्रसाद देवको संयोकत्वमा चन्दन मन्दिर...बाँकी अंश →


पहिलो गायत्री अश्वमेध महायज्ञ वीरगञ्जमा

काठमाडौँ, ३ फागुन   ,,   नेपालमै पहिलोपटक गायत्री अश्वमेध महायज्ञ फागुन १९ देखि २२ गतेसम्म वीरगञ्जमा आयोजना हुने भएको छ । महायज्ञ आयोजना गर्न मूल आयोजक समिति गठन गरिएको छ । धर्ती र वातावरणको शुद्धिका लागि महायज्ञ गर्न लागिएको मूल आयोजक समितिका सहसंयोजक डा राजु अधिकारीले बताउनुभयो । ‘शतपथ ब्राह्मण’ नामक...बाँकी अंश →


महायज्ञमा ९० लाख दान सङ्कलन

घोराही, १ फागुन ९  ,,  घोराही उपमहानगरपालिकास्थित जयशेर माध्यमिक विद्यालय रावतगाउँमा प्राविधिक शिक्षा सञ्चालनका लागि आयोजना गरिएको श्रीमद्भागवत धनधान्याञ्चल विराट नवाह ज्ञान महायज्ञमा रु ९० लाख बढी दान सङ्कलन भएको छ । महायज्ञको अन्तिम दिनसम्म रु ९० लाख दान सङ्कलन भएको आर्थिक समितिले जानकारी दिएको छ । महायज्ञमा हिजो मङ्गलबार...बाँकी अंश →


नेवारी खाद्य परिकारप्रति आकर्षण बढ्दै

काठमाडौँ, २८ माघ  ,,  प्राचीनकालदेखि नै कला र संस्कृतिका धनी नेवार समुदायको मौलिक पहिचानका रूपमा रहेको नेवारी खाद्य परिकारप्रति आकर्षण बढ्दै गएको छ । हजारौँ वर्षदेखि परम्परागत चाडपर्व तथा संस्कृतिका कारण नेवारी समाजमा थरिथरिका परिकार पकाइने तथा त्यसरी बनाइएका परिकार देवीदेवतालाई चढाइने र विभिन्न भोज तथा दैनिक खानपानमा प्रयोग गरिँदै...बाँकी अंश →


महायज्ञबाट डेढ करोड सङकलन

घोराही, २८ माघ  ,,  विद्यालय सुधारका लागि गत माघ ३ देखि ११ गतेसम्म घोराहीमा सम्पन्न महायज्ञबाट आयोजकले सबै खर्च कटाइ रु डेढ करोड बचत भएको छ । महायज्ञ मूल आयोजक समितिले आइतबार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी महायज्ञको आयव्यय सार्वजनिक गरेको हो । विद्यालयको भौतिक सुधार र प्राविधिक कक्षा सञ्चालनका...बाँकी अंश →


स्वर्ण महोत्सव शुरु

भद्रपुर, २७ माघ  ,,  श्री कृष्णप्रणामी मन्दिर धुलावारीको स्थापना भएको ५० वर्ष पुगेको उपलक्ष्यमा आयोजित वृहत धार्मिक स्वर्ण महोत्सव शनिबारदेखि यहाँ शुरु भएको छ । पचास वर्षअघि श्री १०८ मङ्गलदासले झापा आएर धुलावारी, चन्द्रगढी, बुधबारे र शनिश्चरेमा चार मन्दिर स्थापना गर्नुभएको थियो । श्री कृष्णप्रणामी धर्मावलम्बीले अपार श्रद्धा गर्ने मङ्गलदास...बाँकी अंश →


विश्वकै ठूलो त्रिशूल भएको स्थानमा महायज्ञ

घोराही, २४ माघ  ,,  दाङस्थित विश्वकै ठूलो भनिएको त्रिशूल भएको स्थानमा महायज्ञ लाग्ने भएको छ । धार्मिक पर्यटनको हिसाबले निकै चर्चित बनेको घोराही उपमहानगरपालिका–५ धर्नामा रहेको धारापानी धाममा महायज्ञ लाग्ने भएको हो । यहाँ भक्तजनको घुइँचो बढ्न थालेपछि पाण्डवेश्वर मन्दिर धारपानीको पूर्वाधार विकास र बृहत् आध्यात्मिक पर्यापर्यटकीय केन्द्र स्थापनार्थ महायज्ञको...बाँकी अंश →


कालिका मन्दिर निर्माण

तनहुँ, २४ माघ  ,,  व्यासनगरपालिका–४ स्थित कालिका जङ्गल पार्कमा प्यागोडा शैलीको कलात्मक कालिका मन्दिर निर्माण गर्न थालिएको छ ।उक्त मन्दिरलाई धार्मिक पर्यटकीयस्थलको रुपमा विकास गर्ने उद्देश्यले काठ, इँटा र धातु प्रयोग गरी मल्लकालीन प्यागोडा शैलीको मन्दिर निर्माण अघि बढाइएको हो । सैँतिस हेक्टर क्षेत्रफल वनमध्ये करीब आठ हेक्टर जमीन ओगटेको...बाँकी अंश →


धार्मिक पर्यटन प्रवद्र्धन गर्न शैव परिपथ

काठमाडौँ, २३ माघ ,,, ः धार्मिक पर्यटन प्रवद्र्धन गर्न पशुपतिनाथ, गोकर्णेश्वर महादेव, शैलमतेश्वरलगायत ६४ शिवलिङ्गलाई जोडेर शैव परिपथ निर्माण गरिने घोषणा भएको छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण प्राचीनकालका मन्दिरमा नित्य पूजा आरतीको व्यवस्था एवं रामजानकी आधारभूत विद्यालयका लागि अक्षय कोष स्थापना गर्न...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter