आइतबार, १६ बैशाख २०८१

प्रदेश

प्रदेश नं ३ को संसद् बैठकमा दुई विधेयक पारित

हेटौँडा, १७ चैत (रासस) ः प्रदेश नं ३ को संसद् बैठकमा सार्वजनिक लिखत प्रमाणीकरणसम्बन्धी विधेयक र आर्थिक कार्यविधि नियमित गर्न बनाइएको विधेयक संशोधनसहित सर्वसम्मत पारित भएको छ । शुक्रबार साँझ प्रदेश सभामुख सानुकुमार श्रेष्ठको अध्यक्षतामा बसेको संसद् बैठकमा दुई विधेयक चार संशोधनसहितका प्रस्तावमाथि छलफल भएर पारित भएको हो । सार्वजनिक...बाँकी अंश →


सेवा सुविधासम्बन्धी विधेयक विधायन समितिमा

पोखरा, १७ चैत (रासस) ः प्रदेश नं ४ को शुक्रबार बसेको प्रदेशसभा बैठकले मुख्यमन्त्री एवं मन्त्री, प्रदेश तथा स्थानीय तहका पदाधिकारी एवं सदस्यको सेवा सुविधाका सम्बन्धमा व्यवस्था गर्न बनेका विधेयक विधायन समितिमा पठाउने निर्णय गरेको छ । बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले छुट्टाछुट्टै रुपमा मुख्यमन्त्री तथा मन्त्रीले पाउने...बाँकी अंश →


भाडा दर निर्धारणपछि रिक्सा चालक आन्दोलित

जनकपुरधाम । कम भाडादर निर्धारण गरेको भन्दै जनकपुरका ई–रिक्सा सञ्चालकहरू आन्दोलित भएका छन् । भाडादरको विरोधमा ई–रिक्सा सञ्चालकहरूले जुलुस निकाल्न खोजेपछि बिहीबार पटकपटक प्रहरी र ई–रिक्सा सञ्चालकबीच तनाव उत्पन्न भएको थियो । सो क्रममा प्रहरीले दुईपटक ई–रिक्सा सञ्चालकहरूमाथि सामान्य लाठी चार्जसमेत गरेको छ । विरोधमा नगरभित्र जुलुस निकाल्न जनकपुरको बाह्रबिघा...बाँकी अंश →


काठमाडौँ उपत्यकामा झण्डै ६० प्रतिशत किसान थोपा सिँचाइमा

ललितपुर, १६ चैत (रासस) ः काठमाडौँ उपत्यकामा झण्डै ६० प्रतिशत किसानले थोपा सिँचाइ गर्न थालेका छन् । झण्डै एक दशकमा तरकारीखेतीमा थोपा सिँचाइको प्रयोग ह्वात्तै बढेको नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गतको तरकारी विकास निर्देशनालयका वरिष्ठ तरकारी विकास अधिकृत खेमराज जोशीले बताउनुभयो । थोपा सिँचाइका कारण जनशक्ति र पानी दुवैको बचत भएको...बाँकी अंश →


समयमा काम पूरा नगर्ने सात ठेकेदारमाथि कारवाही

लहान, १६ चैत (रासस) ः सम्झौता गरेर पनि समयमा सडक निर्माणको काम पूरा नगर्ने विभिन्न निर्माण कम्पनीमाथि डिभिजन सडक कार्यालय लहानले कारवाही शुरु गरेको छ । सिरहा, सप्तरी र उदयपुर जिल्लामा निर्माणाधीन १२ वटा सडकको निर्माणका लागि सम्झौता गरे पनि समयमा सो कार्य सम्पन्न नगर्ने सात वटा निर्माण कम्पनीमाथि कारवाही...बाँकी अंश →


दाइजो प्रथा उन्मूलन गर्न रजिया मेमोरियल को स्थापना

चैत्र १६, बीरगंज दाइजो प्रथा बालविवाह लगायत सामाजिक कुरीतिहरु उन्मुलन गर्ने उद्देश्य राखी आज बीरगंजमा रजिया मेमोरियल प्रतिष्ठान निर्माणमा आएको छ । दाइजो नदिइएकै कारण राजिया अहमद को हत्या गरिएको स्मृतिमा दाइजो बिरोधी संस्था स्थापना गर्ने काम शुरु गरिएको अभियान्ता प्रकाश थारुले बताए । २०१६ अक्टोवर १७ तारिखमा पर्साको धोविनी गाउँपालिका वडा...बाँकी अंश →


प्रेमलाई बचाउन रु एक लाख ७० हजार

इलाम, १६ चैत (रासस) ः साउदी जेलमा विगत दुई वर्षदेखि जेल जीवन बिताइरहेका प्रेमबहादुर राईको सहयोगका लागि मलेशियामा कार्यरत नेपालीले नगद सहयोग गरेका छन् । राईको उद्धारका लागि रु एक लाख ७० हजार ५७८ सहयोग गरेका हुन् । मलेशिया केहेलमा कार्यरत ३०० जना सहयोगीमार्फत माई नगरपालिका–६ का बुधराज योङहाङले संकलन...बाँकी अंश →


तीन सन्तान विदेशमै गुमे: दैव पनि हाम्रा लागि कति कठोर भैदियो

बेनी, म्याग्दी, १६ चैत (रासस) ः म्याग्दी जिल्लाको मालिका गाउँपालिका–२ रुम बेलीगाउँका धनबहादुर रोका र लिलमती रोकाको परिवारले यतिबेला ठूलो बज्रपात खेप्न परेको छ । रोका दम्पतीका चार छोरा र दुई छोरीमध्ये तीनवटा छोराको वैदेशिक रोजगारीका लागि विदेश गएको अवस्थामा विदेशमा नै मृत्यु भएपछि रोका दम्पतीको बाँच्ने रहर मरेको छ...बाँकी अंश →


देश दर्शन अभियान शुरु

कैलाली, १५ चैत (रासस) ः प्रदेश नं ७ को आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउन सुदूरपश्चिमाञ्चल साहित्य समाजको अगुवाईमा आज धनगढीवाट देश दर्शन अभियान शुरु गरिएको छ । सात नम्बर प्रदेशमा रहेका धार्मिक, संस्कृतिक, ऐतिहासिक, प्राकृतिक र पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्दै पर्यटन प्रबद्र्धनमा योगदान पुर्याउन सो अभियान शुरु...बाँकी अंश →


प्रादेशिक प्रहरी भर्नाको तयारी

पर्सा, १५ चैत (रासस) ः प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ मा प्रादेशिक प्रहरी भर्ना गर्न प्रदेशसभाबाट निर्णय गरी संघलाई सहमतिका लागि पठाइएको जानकारी दिनुभएको छ । दुई हजार ६१७ औँ महावीर ज्यन्तीका अवसरमा जैन श्वेताम्बर तेरापंथी सभाले आज यहाँ आयोजना गरेको कार्यक्रम उहाँले संघीय सरकारको सहमतिपछि...बाँकी अंश →


जिसस प्रमुखका लागि मासिक रु ४१ हजार पारिश्रमिक प्रस्ताव

बुटवल, १५ चैत (रासस) ः प्रदेश नं ५ का स्थानीय तहका जनप्रतिनिधिका लागि प्रदेश सरकारले पारिश्रमिकसम्बन्धी विधेयक प्रस्ताव गरेको छ । प्रदेशसभाको आज बसेको बैठकमा सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रस्तुत गर्नुभएको हो । उक्त...बाँकी अंश →


प्रदेश नं. ५ मा विभिन्न समिति गठन

बुटवल, १५ चैत (रासस) ः प्रदेश नं ५ को प्रदेशसभाको कार्य प्रणालीलाई व्यवस्थित गर्न विभिन्न समिति गठन गरेको छ । प्रदेशसभाको आज बसेको बैठकमा सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभा नियमावली २०७४ को नियम १४६ मा व्यवस्था भएबमोजिम उक्त नियमावलीको नियम १४८ अनुसार विभिन्न चार विषयगत समिति र समितिमा रहने सदस्यको मनोनयन...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter