शनिबार, ०८ बैशाख २०८१

शताब्दी पुरुष जोशीलाई सवारी र सुरक्षाकर्मी

१९ चैत्र २०७४, सोमबार २१:४६ मा प्रकाशित

ललितपुर ।  ललितपुर महानगरपालिकाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई सम्मानस्वरुप चालकसहित सवारी साधन र एक सुरक्षाकर्मी प्रदान गरेको छ ।

महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले जोशीलाई सम्पर्क गर्न मोबाइलसहित सो सवारी साधन हस्तान्तरण गर्नुभयो । सो अवसरमा जोशीले महानगरपालिकाले गरेको सम्मानबाट आफूले गौरवको महसुस गरेको बताउनुभयो । महाननगर प्रमुख महर्जनले जोशीजस्ता महान् व्यक्तिलाई सम्मान गर्न पाउँदा आफूलाई सौभाग्यशाली ठानेको बताउनुभयो ।

गाडीका लागि आवश्यक खर्चसमेत महानगरपालिकाले बेहोर्ने बताइएको छ । यही चैत १५ गते बसेको महानगरकार्यपालिकाको बैठकले जोशीलाई सुरक्षाकर्मी र सवारी साधन प्रदान गर्ने निर्णय गरेको थियो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter