शनिबार, ०८ बैशाख २०८१

प्रदेश

जिम्मेवारी पूरा नगर्ने आठजना प्राविधिक सेवाबाट बर्खास्त

नुवाकोट, २७ चैत (रासस) ः तोकिएको जिम्मेवारी पूरा नगरेको भन्दै जिल्ला आयोजना कार्यान्वयन एकाइ नुवाकोटको सिफारिसमा केन्द्रीय आयोजना कार्यान्वयन एकाइले आवास पुनःनिर्माणमा खटिएका सात जना इञ्जिनियर र एक जना सव–इञ्जिनियरलाई सेवाबाट हटाएको छ । भूकम्पपीडितलाई आवास निर्माणमा सहयोग तथा परामर्श दिन खटिएका इञ्जिनियरले तोकिएको जिम्मेवारी पूरा नगरेको, लाभग्राहीसँग रकम असुल...बाँकी अंश →


पर्यटकीय गन्तव्य बन्दै जेफाले भ्यूटावर

धनकुटा, २६ चैत (रासस) ः धनकुटाको चौबिसे गाउँपालिका र मोरङको केराबारी गाउँपालिकाको संगमस्थलका रुपमा रहेको जेफाले भ्यूटावर पर्यटकीय गन्तव्य बनेको छ । यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आर्कषण बढ्दै गएको छ । यहाँ मनोरम दृश्य हेर्न हजारौँ पर्यटक आउने गरेका स्थानीय बासिन्दा बताउँछन् । भ्यूटावरबाट विश्वको उच्च शिखर सगरमाथा, मकालु,...बाँकी अंश →


मन्त्रीहरूको सेवा सुविधासम्बन्धी विधेयक पारित

पोखरा, २६ चैत (रासस)ः प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकले मुख्यमन्त्री तथा मन्त्रीहरूको सेवासुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित गरेको छ । बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले विधायन समितिको प्रतिवेदनसहितको सो विधेयक पारित गरियोस् भनी प्रस्ताव राख्नुभएको थियो । यसअघि विधेयकमाथिको छलफलमा प्रदेशसभा सदस्य...बाँकी अंश →


सहकारी स्थानीय तहलाई हस्तान्तरण

डेल्धुरा, २६ चैतजिल्लाका १७२ सहकारी स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । जिल्लामा विगतका वर्षदेखि क्रियाशील रहेका १७२ सहकारीलाई डिभिजन सहकारी कार्यालय महेन्द्रनगर, कञ्चनपुरले स्थानीय तहलाई हस्तान्तरण गरेको हो । डिभिजन सहकारी कार्यालयले आइतबार आयोजना गरेको उक्त कार्यक्रममा जिल्लास्थित सहकारीलाई सातवटा स्थानीय तहलाई हस्तान्तरण गरेको हो । जिल्ला समन्वय समितिका प्रमुख...बाँकी अंश →


पाँच वर्षीया बालिका बलात्कृत

महेन्द्रनगर, धनुषा, २६ चैत  धनुषाको धनौजी गाउँपालिका– १ लखौरीमा पाँच वर्षीया बालिका बलात्कृत भएकी छिन् । बलात्कार गरेको आरोपमा स्थानीय १४ वर्षीय सुमनकुमार साहलाई पक्राउ गरेको प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिनुभयो । मादक पदार्थ सेवन गरी साहले बालिकालाई बलात्कार गरेको पीडितको परिवारले प्रहरीलाई खबर गरेपछि उनलाई पक्राउ गरिएको हो...बाँकी अंश →


मदिरा ओसारपसार गर्ने भारतीयसहित छ जना पक्राउ

राजविराज, २६ चैत (रासस) ः नेपालबाट भारततर्फ अवैध रुपमा मदिराजन्य पदार्थ ओसारपसार गर्ने भारतीय नागरिकसहित ६ जनालाई प्रहरीले सप्तरीको बेल्हीचपेना गाउँपालिका–६ बाट आइतबार साँझ पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको गस्ती टोलीले अवैध रुपमा मदिरा ओसारपसार गर्ने क्रममा भारतको मधुवनी बस्ने ३१ वर्षीय वीरेन्द्र...बाँकी अंश →


लुम्बिनिमा वर्षाले रु दश करोडको काँचो इँट्टा नष्ट

लुम्बिनी, २६ चैत (रासस) ः चैते वर्षाका कारण रुपन्देहीका इँट्टा उद्योगले ठूलो नोक्सानी बेहोरेका छन् । चैते वर्षाका कारण उद्योगमा तयार पारिएका दुई करोडभन्दा बढी काँचो इँट्टा नष्ट भएको छ । लुम्बिनी इँट्टा व्यवसायी संघ भैरहवाका अनुसार चार दिनअघि आएको बर्सातले रुपन्देहीका ५२ वटा इँट्टा उद्योगका दुई करोड ६० लाख...बाँकी अंश →


संघीयताको अनुभूति जनताले गर्न पाएनन्: प्रदेशसभा सदस्यहरू

जनकपुरधाम, २५ चैत (रासस) ः प्रदेश नं. २ मा संघीयता र सरकारको अनुभूति आमजनताले गर्न नपाएको धारणा प्रदेशसभासदस्यहरूले व्यक्त गर्नुभएको छ । प्रदेशसभाको पहिलो अधिवेशनअन्तर्गत आज बसेको एघारौं बैठकको विशेष समयमा उहाँहरूले सो धारणा राख्दै प्रदेशमा महिला हिंसा र आपराधिक घटनामा वृद्धि, शान्ति सुरक्षाको अवस्था दयनीय भएको, जनप्रतिनिधिहरूले पाउने पारिश्रमिकको...बाँकी अंश →


सड़क दुर्घटनामा चारको मृत्यु

संखुवासभा, २५ चैत (रासस) ः जिल्लाको चैनपुर नगरपालिका–२ को सल्लेरीमा आज दिउँसो को २ त ५८०५ नंं ट्याक्टर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मादी नगरपालिका–७ का टंक पौडेल, हर्कबहादुर राई र राजेन्द्र राई रहेको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ । दुर्घटनामा चालक रमेश श्रेष्ठ घाइते...बाँकी अंश →


कपिलबस्तुका युवाहरु साईक्लि· तर्फ आकर्षित

  अजय बर्मा ,कपिलबस्तु बिभिन्न रोगको निवारण साईकल चलाउनु हो भन्ने सचेतना फैलाउदै कपिलबस्तुका युवाहरु साईकल राईडि·मा उत्रिएका छन् । नेपालमा शारीरिक रूपले सक्रिय महिला पुरुषहरूमा असामयिक मृत्यु हुने सम्भावना बढी देखिएकाले साइक्लिङ गर्दा ३० प्रतिशतसम्म कम हुने र मुटु रोग, मधुमेह, क्यान्सर, स्ट्रोक आदि जस्ता दीर्घ रोगहरू विकसित हुने...बाँकी अंश →


नियमित विद्यार्थीलाई मासिक रु २००

बेनी, म्याग्दी, २५ चैत (रासस) ः बेनी नगरपालिका–९गलेश्वरस्थित जडभरत आधारभूत विद्यालयमा विद्यार्थीलाई नगदसहितको सुविधा थप गरिएपछि विद्यार्थीलाई टिकाइराख्न र बीचैमा छाड्ने दर घटाउन सहज भएको छ । विद्यालयले वार्षिक न्यूनतम एक सय ६० दिन हाजिर हुने विद्यार्थीलाई वार्षिक रु दुई हजार ४०० दिन थालेपछि विद्यार्थी नियमित भएका छन् । प्रतिविद्यार्थी...बाँकी अंश →


क्षयरोगको पहिचान र उपचार ‘जिन एक्सपर्ट उपकरण’ बाट गरिने

नुवाकोट, २५ चैत (रासस) ः यहाँ वृद्धि हुँदै गएको क्षयरोगको पहिचान, निवारण र नियन्त्रण गर्न राष्ट्रिय क्षयरोग केन्द्रले ‘जिन एक्सपर्ट उपकरण’ जिल्ला अस्पताल त्रिशूलीलाई उपलब्ध गराएको छ । उक्त उपकरण केन्द्रका निवर्तमान निर्देशक डा केदारनरसिंह केसीले जिल्ला अस्पतालका व्यवस्थापन समितिको अध्यक्ष पारस अधिकारीलाई शनिबार प्रदान गर्नुभयो । दुई घण्टामा नै...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter