बिहिबार, ०६ बैशाख २०८१

बाबा साहब अम्बेडकरको १२७औँ जयन्ति मनाउँँदै

शिक्षाको माध्यमबाट संघर्ष गरेर मात्र आत्मसम्मान पाउने निश्चित

१ बैशाख २०७५, शनिबार २३:५२ मा प्रकाशित

केयर खबर

मिशन अम्बेडकर नेपालको आयोजनमा धनगढ़ी उपमहानगर पालिकाको एक होटलमा भारतीय संविधानका लेखक डाक्टर भीमराव अम्बेडकरको १२७औँ जयन्तिको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको प्रमुख अतिथि धनगढ़ी उप महानगरपालिकाको मेयर निर्प ओडले दलित उत्पीड़ित शोषित वर्ग समुदायको हक अधिकारको रक्षा गर्न आवश्यक परेमा पार्टीको झण्डा समेत त्यागेर आन्दोलनमा जाने बताए ।

कार्यक्रम सभापति तथा आयोजक संस्थाका राष्ट्रीय संयोजक मनोज जैगड़ीले बाबा भीमरावको बारे जानकारी गराउदै उहाँ को शिक्षा उपदेसले नै सम्पूर्ण दलित पिछडीएको र शोषणमा परेको जनसमुदायको कल्याण हुने बताए ।
बाबा साहबको जीवनले शिक्षाको माध्यमबाट संघर्ष गरेर मात्र आत्मसम्मान र इज्जत पाउने सन्देश रहेको बताए । समाज लाई द्रुतगतिमा बिकास दिन भेदभाव मुक्त बनाई सभ्य समाजको निर्माण गर्न शैक्षिक क्रांतिमा लाग्नु पर्ने मनोज जैगड़ीले बताए

कार्यक्रममा प्रदेश नं सातका मुख्यमंत्री सल्लाहकारका मिलन परियार, पदम विश्वकर्मा , बसन्त जैगड़ी लगायत समाजसेवी ,अधिकर्मी हरुको उपस्थिति थियो ।

 

आज नेपालको धेरै ठाउँमा अम्बेडकर जयन्ति हर्सोल्लासका सात मनाईएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter