चितवन, १३ जेठ (रासस) ः जिल्लाको पहाडी क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदायलाई यतिबेला दुई छाक खान धौ धौ परेको छ । चामलको भात त परको कुरा दुई छाक खोले फाँडो खान पनि मुस्किल भएको छ । राप्ती नगरपालिका वडा नं १० कोराकका पहलमान चेपाङले सिंगो गाउँमै अनिकाल लागेको बताउनुभयो ।...बाँकी अंश →
डडेल्धुरा, १३ जेठ (रासस) ः लामो समयदेखि वर्षा नहँुदा परेको खडेरीका कारण गर्मी बढेसँगै. खानेपानीका मुहान सुक्न थालेका छन् । पानीका मुहान सुक्न थालेपछि चुरे क्षेत्रका साथै डडेल्धुरा सदरमुकाम र दर्जनौंंँ पहाडी गाउँका बस्तीमा खानेपानीको हाहाकार भएको छ । सदरमुकाममा नै पानीको हाहाकार भएपछि अमरगढी नगरपालिकाले प्रत्येक व्यक्तिलाई ५० लिटरका...बाँकी अंश →
बनेपा, १३ जेठ (रासस) ः नेपाल केन्पो खुकुरी मार्सल आर्टस् संघको ३ नं प्रदेश समितिको साधारण सभाले मुक्ति विष्टको अध्यक्षतामा दश सदस्यीय कार्यसमिति गठन गरेको छ । सो समितिको उपाध्यक्षमा राजकुमार पराजुली र दीपेन्द्र घिमिरे, महासचिवमा रमेश खतिवडा, कोषाध्यक्षमा कृष्णप्रसाद सापकोटा तथा सदस्यहरुमा कृष्णहरि दाहाल, राजेन्द्र ओली, लक्ष्मी श्रेष्ठ, सन्दीप...बाँकी अंश →
मलेखु, धादिङ, १३ जेठ (रासस) ः विद्यालयमा दाउरा लानुपर्ने त होइन । विद्यालयले दाउरा किन्ने पनि होइन तर थाक्रे गाउँपालिका वडा नं ५ की निरमायाँ तामाङले एक भारी दाउरा विद्यालयमा लानुभयो । दाउरा विद्यालयमा लगेपछि उहाँ खुशी हुँदै छोराका लागि यति काम त गर्न सकियो नि । उहाँका छोरा कक्षा...बाँकी अंश →
काठमाडौँ, १३ जेठ (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा छलफलका क्रममा उठेका प्रश्नको अहिले जवाफ दिइरहनुभएको छ । सरकारले समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन उद्देश्य प्राप्त गर्ने लक्ष्यका साथ प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि यही जेठ ९ गतेदेखि तीन दिनसम्म छलफल भएको...बाँकी अंश →
नुवाकोट, १३ जेठ (रासस) ः प्रदेश नं ३ का उपसभामुख राधिका तामाङले दिवंगत बुबाआमाको सम्झनामा स्थापित ‘शेरा स्मृति स्वास्थ्य शिक्षा प्रतिष्ठान’ मार्फत यहाँका तीन विद्यालयका विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री वितरण गर्नुभएको छ । क्यान्सर रोगका कारण ज्यान गुमाउनुभएका बुबा शेरबहादुर र आमा राम्री तामाङको सम्झनामा स्थापित उक्त प्रतिष्ठानमार्फत शिवपुरी...बाँकी अंश →
धनगढी, १३ जेठ (रासस) ः धनगढी उपमहानगरपलिका पुरानो भन्सार रोडमा रहेको एसिसी बैंक नजिकैको चोकमा गोली चलाएर आज एक व्यक्तिको रकम लुटिएको छ । एसिसी बैँकबाट रु नौ लाख निकालेर फिर्ता फर्किँंदैै गर्नुभएका धनगढी– २ का ३६ वर्षीय निर्मल सार्कीमाथि मोटरसाइकलमा आएका अपरिचित दुई जनाको समूहले गोली चलाई रकम लुटेको...बाँकी अंश →
लेवास, पर्वत, १३ जेठ (रासस) ः यहाँको एक सामुदायिक विद्यालयले प्रदेश नं ४ मै पहिलो पटक कानून सङ्कायमा पढाइ शुरु गर्ने भएको छ । फलेवास नगरपालिका – ७ स्थित लिमिठाना माविमा कानुन संकायका कक्ष सञ्चालन गरिएको हो । यसै शैक्षिक सत्रदेखि कक्षा ११ मा कानून विषयमा कक्षा सञ्चालन गर्न लागिएको...बाँकी अंश →
मनाङ, १३ जेठ (रासस) ः विश्वको सर्वाधिक उचाइमा रहेको तिलिचो ताल आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको हो । मनाङ जिल्लाको निस्याङ गाउँपालिका–९ मा रहेको यस ताल चार हजार ९१९ मिटर उचाइमा अवस्थित छ । सिजन होस् या अफ सिजन यस तालको अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको...बाँकी अंश →
तनहुँ, १३ जेठ (रासस) ः बसको ठक्करबाट तनहुँमा तीन जना युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारीअनुसार मोटरसाइकलमा चार जना सवार गरिरहेकामध्ये दुई जनाको शनिबार राति नै घटनास्थलमा र एक जनाको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । दुर्घटनामा परी घाइते भएका एकको भने उपचार...बाँकी अंश →
मंगलबारे, इलाम, १३ जेठ (रासस) ः इलामको माईजोगमाई गाउँपालिकाले छोराछोरीलाई निजी विद्यालयमा पढाउने जनप्रतिनिधि र कर्मचारीको तलब कट्टा गर्ने भएको छ । गाउँपालिकाले शिक्षा ऐन पारित गर्दै नेपाल सरकारबाट सेवासुविधा पाएका सार्वजनिक पदाधिकारी, कर्मचारी र शिक्षकहरुले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना नगरे तलब–भत्ताबाट तीन प्रतिशत रकम कटौती गर्ने भएको हो...बाँकी अंश →
फलेवास (पर्वत) १३ जेठ (रासस) ः प्रदेश नम्बर ४ को राजधानी पोखरा जोड्नका लागि पर्वतको फलेबास र बाग्लुङको जैमुनी नगरपालिकाले संयुक्तरूपमा वैकल्पिक सडक निर्माण थालेका छन् । प्रदेश राजधानी जानका लागि पोखरा–बागलुङ राजमार्गभन्दा छोटो हुने भएपछि जैमुनीबाट फलेबास र कार्कीनेटा हुँदै पोखरा जोड्ने वैकल्पिक सडक निर्माण कार्य थालिएको हो ।...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: