१९ माघ २०८२

प्रदेश

सुर्तीजन्य पदार्थ प्रयोग गरे जरिवाना गरिनुपर्ने

नवलपरासी, १ असार (रासस) ः विद्यालय र सरकारी कार्यालय हाताभित्र सुर्तीजन्य पदार्थ प्रयोग गरे जरिवानासहितका कारबाही गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रणसम्बन्धी कानूनसम्बन्धी विषयमा बिहीबार पूर्वी नवलपरासीको नवलपुरको कावासोतीमा गरिएको छलफल कार्यक्रममा सरोकारवालाले यस्तो जोड दिएका हुन् । जिल्लाका शैक्षिक क्षेत्रसँग सम्बन्धित व्यक्तिले सुर्तीजन्य पदार्थको...बाँकी अंश →


लाइसेन्स परीक्षाका नक्कली परीक्षार्थी पक्राउ

भक्तपुर, १ असार (रासस) ः प्रहरीले मध्यपुरथिमि–४ राधेराधेस्थित इजी वे ट्रायल सेन्टरबाट चारपाङ्ग्र्रे सवारीसाधनको चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) दिन आएका एक नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । कालीकोट गेला–४ का सरोज ढकालको नागरिकतामा आफ्नो फोटो टाँसी सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल दिन आएका कालीकोटकै गेला–६ बस्ने २८ वर्षीय...बाँकी अंश →


प्रदेश २ ः प्रदेश प्रहरी ऐन पारित

महेन्द्रनगर, धनुषा ३१ जेठ (रासस) ः प्रदेश नं २ को प्रदेश प्रहरी ऐन मन्त्री परिषद्बाट स्वीकृत भएको छ । केन्द्रबाट आएका सुरक्षा विज्ञ र स्थानीय सुरक्षा विज्ञको टोलीबीच विभिन्न चरणमा छलफल गरी प्रदेश प्रहरी ऐन निर्माण गरी आज मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ । मन्त्रिपरिषद्बाट ऐन पारित भएपछि प्रदेश प्रहरी विधेयक...बाँकी अंश →


संघीयता धेरै टिक्दैनः अध्यक्ष केसी

बागलुङ, ३१ जेठ (रासस) ः राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता धेरै नटिक्ने दाबी गर्नुभएको छ । प्रगतिशील पत्रकार संघले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले संघीयता देशलाई भारी भएको टिप्पणी गर्नुभयो । अध्यक्ष केसीले नेपालको अर्थतन्त्रले संघीयता धान्न नसक्ने जिकीर गर्नुभयो । उहाँले भन्नुभयो, “जसोतसो केही वर्ष धानिएला,...बाँकी अंश →


बाल अपराधका मुद्दामा सजग हुनुपर्ने

वीरगञ्ज, ३१ जेठ (रासस) ः बालबालिकाले अपराध गरेको ठहरिए पनि उनीहरूलाई अपराधी वा खराब व्यक्तिका रुपमा नहेरी सुधारात्मक व्यवहार गर्नुपर्ने राय कानून व्यवसायीहरूको छ । सामाजिक न्यायका दृष्टिकोणले बालबालिकाका मुद्दा हेर्दा धेरैजसोमा बालबालिकालाई जति दोषी ठानिन्छ त्योभन्दा बढी दोष सामाजिक परिवेश, घटनाक्रम र मूल्य मान्यताका कारण हुने गरेको उनीहरूको कथन...बाँकी अंश →


धानको बीउमा अनुदान दिइने

कलैया, ३१ जेठ (रासस) ः जिल्ला कृषि विकास कार्यालय बाराले विभिन्न जातका धानका बीउमा किसानलाई २५ प्रतिशत अनुदान दिने भएको छ । भदैया र अघनी धानखेती गर्न कृषकलाई अनुदानको बीउ वितरण गर्न लागिएको वरिष्ठ कृषि विकास अधिकृत शिवरत्न साहले जानकारी दिनुभयो । कार्यालयले राम, सावित्री, हर्दिनाथ, सुक्खा तीन, स्वर्ण एक...बाँकी अंश →


भेरी बबई डाइभर्शन सुरुङ मार्गको ४० प्रतिशत काम सम्पन्न

दाङ, ३१ जेठ (रासस) ः प्रदेश नं ६ अन्तर्गत सुर्खेतको हात्तीखालमा निर्माण शुरु भएको भेरी बबई डाइभर्शन बहुउद्देश्यीय आयोजना (विविडिएमपी) को सुरुङ मार्ग निर्माणको काम करीब ४० प्रतिशत सम्पन्न भएको छ । चाइना ओभरसियस इन्जिनियरिङ ग्रुरुपले निर्माण गरिरहेको भेरी बबई डाइभर्सन आयोजनाको साढे पाँच किलोमिटर सुरुङ मार्ग निर्माण सम्पन्न भएको...बाँकी अंश →


उपप्रधान मन्त्री–पत्रकार भेट

विराटनगर, ३१ जेठ (रासस) ः उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले वर्तमान बहुमतको सरकारलाई काम गर्ने राम्रो अवसर प्राप्त भएको बताउनुभएको छ । प्रेस चौतारी मोरङ र प्रेस सेन्टर मोरङद्वारा संयुक्तरुपमा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनुभएको हो । उहाँले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई पूर्णरुपमा सफल बनाउने...बाँकी अंश →


लघुवित्तसम्बन्धी नीति परिमार्जन गर्न माग

मंगलबारे, इलाम, ३१ जेठ (रासस) ः हालको लघुवित्तसम्बन्धी नीतिले गाउँगाउँमा समस्या निम्त्याएको भन्दै यससँग सम्बन्धित नीति परिमार्जन गर्न सरोकारवालाले माग गरेका छन् । नेपाल मधेश फाउण्डेशन, सुन्दर शान्त नेपाल नामक संस्थाद्वारा सदरमुकाममा आयोजित ‘वित्तिय संस्थाले पारेको सामाजिक प्रभाव तथा असर’ विषयक कार्यक्रमका वक्ताले विकृति र विसंगति बढेकाले यस्तो नीति परिमार्जन...बाँकी अंश →


राससकर्मी दर्नाललाई ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’

काठमाडौँ, ३१ जेठ (रासस) ः पत्रकार सुशील दर्नाललाई यस वर्षको ‘बालसंवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । नेपालको पत्रकारिता क्षेत्रमा आफ्नो प्रतिभा प्रदर्शन गरी पाठकको मन जित्दै परिश्रमी पत्रकारको रुपमा परिचित हुन सफल पत्रकार दर्नालले बालबालिकाको क्षेत्रमा पु¥याउनुभएको अतुलनीय योगदानको कदरस्वरुप महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले यहाँ...बाँकी अंश →


हातहतियारसहित दुई पक्राउ

काठमाडौँ, ३१ जेठ ९रासस० ः महानगरीय प्रहरी परिसर काठमाडौँले हातहतियारसहित दुईजनालाई पक्राउ गरेको छ । परिसरको टोलीले ठमेल, ज्याठालगायतका क्षेत्रमा हातहतियार देखाएर डर त्रास दिई रकम असुल्दै हिँडेका काभ्रेका २६ वर्षीय देवकुमार थापा र धादिङका २९ वर्षीय कमल गुरुङलाई गएराति ठमेलको ज्याठा गल्लीबाट पक्राउ गरेको हो । प्रहरीले उनीहरुसँग एक...बाँकी अंश →


सडक सञ्जाल विस्तारले स्थानीयवासी खुशी

जाजरकोट, ३१ जेठ (रासस) ः यहाँको कुशे गाउँपालिकाभित्रका सबै वडामा सडक पुगेको छ । गाउँपालिकाभित्र रहेका नौवटा वडाभित्रको १०० किलोमिटर सडक विस्तार भएको गाउँपालिकाले जनाएको छ । केन्द्रीय बजेटदेखि गाउँपालिकाको करीब रु चार करोड बजेट परिचालन गरी सडक विस्तार गरिएको हो । कुशेगाउँपालिकाभित्र सडक निर्माण गर्न थालेको करीब पाँच वर्षभित्र...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter