शुक्रबार, २१ बैशाख २०८१

संघीयता धेरै टिक्दैनः अध्यक्ष केसी

१ असार २०७५, शुक्रबार ००:५५ मा प्रकाशित

बागलुङ, ३१ जेठ (रासस) ः राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता धेरै नटिक्ने दाबी गर्नुभएको छ ।

प्रगतिशील पत्रकार संघले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले संघीयता देशलाई भारी भएको टिप्पणी गर्नुभयो । अध्यक्ष केसीले नेपालको अर्थतन्त्रले संघीयता धान्न नसक्ने जिकीर गर्नुभयो । उहाँले भन्नुभयो, “जसोतसो केही वर्ष धानिएला, अन्ततः संघीयता खारेज हुन्छ ।”

अध्यक्ष केसीले नेपालको भू–बनोट, सानो अर्थतन्त्र, सामाजिक, राजनीतिक आदि कारणलेसंघीयता नचाहिने तर्क गर्नुभयो । फरक प्रसंगमा उहाँले वर्तमान सरकार इतिहासकै शक्तिशाली रहेको टिप्पणी गर्नुभयो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter