१९ माघ २०८२

प्रदेश

मेलम्ची आयोजनाको ठेकेदारको म्याद तीनमहिना थप

काठमाडौँ, १० असार  आगामी असोज मसान्तभित्र मेलम्ची खानेपानी आयोजनाको पानी सुन्दरीजलमा उपलब्ध गराउने शर्तसहित सरकारले इटालियन निर्माण व्यवसायी सिएमसी दि रेभेनाको म्याद तीन महिनाका लागि थप गरेको छ । खानेपानी तथा सरसफाइ मन्त्रालय मातहतको मेलम्ची खानेपानी आयोजना विकास समिति र निर्माण व्यवसायीका उच्च प्रतिनिधिको छलफलपछि निर्माण व्यवसायीको म्याद थप गरिएको...बाँकी अंश →


गुणस्तरीय शिक्षाका लागि ‘बेइजिङ एजुकेशन फेयर’

काठमाडौँ, १० असार , छिमेकी मुलुक चीनका विभिन्न विश्वविद्यालयमा नेपाली विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले आज यहाँ ‘बेइजिङ एजुकेशन फेयर’ आयोजना गरिएको छ । बेइजिङ इन्टरनेशनल एजुकेशन एक्सचेन्ज सेन्टरको आयोजनामा काठमाडौँको ¥याडिसन होटलमा शुरु भएको मेलामा चीनका नौवटा विश्वविद्यालय तथा दुईवटा उच्च शिक्षालयका प्रतिनिधिले सम्बन्धित विषयबारे जानकारी गराएका थिए...बाँकी अंश →


स्थानीय सरकार बालविवाह रोक्ने अभियानमा

हेमन्त केसी जाजरकोट, १० असार ९रासस०ः बालविवाह रोक्नका लागि स्थानीय सरकारले अभियानका रुपमा विभिन्न कार्यक्रम गर्ने सञ्चालन गर्ने भएको छ । बालविवाह गर्नेको संख्यमा कमी नआएपछि यस्तो अभियान सञ्चालन गर्न लागिएको नलगाड नगरपालिकाकी उपप्रमुख बालकुमारी बस्नेतले बताउनुभयो । चालु आर्थिक वर्षमा अदालतमा सम्बन्ध विच्छेदका ६० मुद्दा दर्ता भएको पाइएको छ...बाँकी अंश →


प्रदेश नं ४ को नाम र राजधानी सम्बन्धमा छलफल हुँदै

पोखरा, १० असार (रासस) ः प्रदेश नं ४ को नाम र राजधानीका सम्बन्धमा आज यहाँको प्रदेशसभा बैठकमा छलफल हुने भएको छ । यसअघि नामका विषयमा असार १० गते छलफल गर्ने मिति तय गरिएको थियो । गत जेठ २१ गते नामाङ्कन तथा प्रदेश राजधानी सुझाव संकलन समितिले विभिन्न विकल्पसहितको प्रतिवेदन प्रदेशसभामा...बाँकी अंश →


सौराहामा आराम गर्दै काँग्रेस सभापति देउवा

चितवन, १० असार, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पर्यटकीय नगरी सौराहामा आराम गरिरहनुभएको छ । नेपाली काँग्रेसका जिल्ला सभापतिहरुको हेटौँडामा सम्पन्न भेलापछि उहाँ गत शुक्रबारदेखि सौराहास्थित होटल सेभेन स्टारमा बसिरहनुभएको छ । उहाँका निजी सचिव भानु देउवाका अनुसार स्थानीय नेता र कार्यकर्ता कसैसँग पनि उहाँले भेटघाट गर्नुभएको छैन । जिल्ला...बाँकी अंश →


मापदण्ड विपरीत सडक ग्राभेल हुँदा स्थानीयको आपत्ति

उर्लाबारी मोरङ, १० असार . मोरङ उर्लाबारी–६ स्थित चन्द्रमा चोकदेखि डिपु मार्गसम्मको सडकमा मापदण्ड विपरीत गरेको ग्राभेलप्रति स्थानीयवासीले आपत्ति जनाएका छन् । उर्लाबारी नगरपालिकाको सहयोग र उपभोक्ताबाट प्रतिफिट रु ३० का दरले रकम उठाएर गरिएको ग्राभेल मापदण्ड विपरीत भएको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् । चार सय १७ मिटर लम्बाइको...बाँकी अंश →


नेपालगञ्ज उपमहानगरपालिकाको तेस्रो नगरसभा शुरु

नेपालगञ्ज, १० असार ‘नेपालगञ्ज नेपालको पर्यटकीय द्वार ः शिक्षा, स्वास्थ्य, कृषि, उद्योग र व्यापार विकासको मूल आधार’ भन्ने नाराका साथ नेपालगञ्ज उपमहानगरपालिकाको तेस्रो नगरसभा आजदेखि शुरु भएको छ । नगरसभामा उपमहानगर प्रमुख डा धवलशम्शेर राणाले आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रम र उपप्रमुख उमा थापा मगरले आव २०७५÷७६ को...बाँकी अंश →


सुरक्षा को आभाव मा निजी शैक्षिक संस्था बन्द

चितवन, १० असार: नेपाल कम्युनिष्ट पार्टी (विप्लव) निकट अखिल (क्रान्तिकारी) ले आजदेखि जिल्लाका शैक्षिक संस्था अनिश्चितकालीन बन्दको आह्वान गरेपछि यहाँका निजी शिक्षण संस्था प्रभावित भएका छन् । प्रहरीले आफ्ना विद्यार्थी नेतालाई पक्राउ गरेको विरोधमा अखिल (क्रान्तिकारी) चितवनले अनिश्चितकालका लागि जिल्लाभरका शैक्षिक संस्था बन्दको आह्वान गरेको हो । विद्यार्थीको आह्वानपछि निजी...बाँकी अंश →


लखनपार्कको गुरुयोजना निर्माणका लागि समिति गठन

तुलसीपुर, दाङ, १० जेठ ९रासस० ः घोराही उपमहानगरपालिकाको वडा नं १४को मुख्य बजारमा लामो समयदेखि अलपत्र रहेको लखनपार्क निर्माण हुने भएकोे छ । जिल्ला उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं प्रदेश नं ५का उपाध्यक्ष हेमराज बन्जाडेको संयोकत्वमा छ सदस्यीय उक्त पार्क गुरुयोजना निर्माण समिति गठन गरिएको वडाध्यक्ष शक्तिराम डाँगीले जानकारी...बाँकी अंश →


गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

वीरगंज 10 असार । नेपाल युवा परिषद् पर्साको आयोजना तथा बिन्दवासिनी गाउँपालिकाको सहयोगमा आज बेटी पढाई दहेज मुक्त समाज बनाई शीर्षकमा गाउपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता श्री रा.रा.चौ.मावि. झौवागुठी—३ मा सम्पन्न भएको छ । सो कार्यक्रममा गाउपालिकाका ४ वटा मावि र निमाविका विद्यार्थीहरुले सहभागि भएका थिए । वक्तृत्वकला प्रतियोगितामा निमावि गर्दौलकी...बाँकी अंश →


प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौँ, १० असार (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओली चीनको छदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फिर्ता हुनुभएको छ । प्रधानमन्त्री ओली आज बिहान १०ः१५ बजे स्वदेश आई पुग्नुभएको हो उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललगायतले स्वागत गर्नुभयो ।...बाँकी अंश →


भुटाहा हुदै हरिनगरा जाने बाटो अबरुद्ध

नसीम अन्सारी भुटाहा :- सुनसरीकाे हरिनगर गाउँपालिका वडा नं. २ भुटाहामा रहेको मरिया खाेलामा बाढी अाएकाे कारण भुटाहा हुदै हरिनगरा जाने बाटो अबरुद्ध भएको छ। साे खाेलामा रहेको बान्ध गतवर्ष बाढीले बगाएका थिए। बगाएको बान्ध समयमा फहल नभएको कारण र सडक बिभागले समय काम नगरेको स्थानीय बासिन्दाहरुले अाराेप समेत लगाएको...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter