२१ माघ २०८२

प्रदेश

नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त सुरक्षा गस्ती

नवलपरासी, २९ भदौ ,,    पश्चिम नवलपरासीको नेपाल–भारत सीमा क्षेत्रमा बिहीबार नेपाल र भारतीय सीमा सुरक्षाकर्मीले संयुक्तरूपमा गस्ती गरेका छन् । सीमामा भइरहेको बढ्दो चोरी तस्करीलाई नियन्त्रण गर्न सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट र सीमा बल एसएसबी झुलनीपुरले सीमास्तम्भ सङ्ख्या ४९९ देखि ५०० स्तम्भ सङ्ख्यासम्म संयुक्त गस्ती गरेकोे सशस्त्र प्रहरी...बाँकी अंश →


नेपालले सङ्घीयता धान्नै सक्दैन ,, चित्रबहादुर केसी

धनगढी, २८ भदौ ,,   राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाल जस्तो देशले सङ्घीयता धान्नै नसक्ने बताउनुभएको छ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य मनोज भट्टका बुवा नन्दलाल भट्टको ११ औँ दिनको पुण्यतिथिमा आज यहाँ आयोजित श्रद्धाञ्जलीसभामा उहाँले सङ्घीयताको विरोध नगर्न भन्दै आफूलाई तत्कालीन समयमा रु १० करोडको लोभ देखाइएको दाबीसमेत गर्नुभयो...बाँकी अंश →


बन्धक बनाई फिरौती माग्ने पक्राउ

राजविराज, २८ भदौ,,   बन्धक बनाएर फिरौती रकम माग गरेको आरोपमा प्रहरीले एक जनालाई प्रक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी साँढा गाउँपालिका–२ का ५५ वर्षीय विन्देश्वर साह रहेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँलाई सार्वजनिक गरेको हो । राजविराज नगरपालिकाका–२ का राजकुमार यादवले दिएको उजुरीका...बाँकी अंश →


फोरमको भेला असोजमा

विराटनगर, २८ भदौ ,,  सङ्घीय समाजवादी फोरम नेपालले प्रदेश नं १ को भेला आगामी असोज ९ र १० गते विराटनगरमा गर्ने भएको छ । भेलाबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा पार्टी केन्द्रीय सचिव पर्शुराम बस्नेतले पहिचानसहितको सङ्घीयता, समावेशी लोकतन्त्र, समानुपातिक समावेशीकरण र राष्ट्रिय पहिचानजस्ता राजनीतिक मुद्दा कायम रहनुपर्छ भन्ने...बाँकी अंश →


नेपाल–चीन राजमार्ग खुला

रसुवा, २८ भदौ ,,    यही भदौ २५ गतेदेखि अवरुद्ध धुञ्चे–स्याफ्रुबीच खोपाङ भिरको सडकखण्ड सञ्चालनमा आएको छ । डिभिजन सडक कार्यालयका इञ्जिनियर सरोज कडरियाका अनुसार भारी वर्षाका कारण पहिरो गई करीब १०० मिटर राजमार्ग सतहमा बसेको ठूलाठूला ढुङ्गा पन्छाइ आजदेखि नेपाल–चीनबीचको अन्तर्राष्ट्रिय राजमार्ग सञ्चालन गरिएको हो । पहिरो पन्छाउन डिभिजन...बाँकी अंश →


खाना तथा सत्कारसम्बन्धी प्रदर्शनी

काठमाडौँ, २८ भदौ ,,   के तपाईं विभिन्न प्रकारको बेकरी तथा प्रशोधित खाना, पेय पदार्थ र सत्कारसम्बन्धी अनुभव लिन चाहनुहुन्छ ? अब केही साता मात्र धैर्य गर्नुहोस्, यस्तै प्रकारको प्रदर्शनी आगामी असोज १३ गतेदेखि १५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा हुने भएको छ । हाउस अफ राजकर्णिकार समूहको आयोजनामा ‘रुस्लान वेभरेज एण्ड हस्पिटालिटी’...बाँकी अंश →


कोरियाली कम्पनीसँग महानगरको सम्झौता

चितवन, २८ भदौ ,,    भरतपुर महानगरपालिकाको फोहर व्यवस्थापन गुरुयोजना निर्माणका लागि कोरियाली संस्थासँग आज यहाँ सम्झौता सम्पन्न भएको छ । कोरियाली सरकारको मातहतमाको सुडोनोन ल्याण्डफिल साइट म्यानेजमेन्ट कर्पाेरेशनसँग सम्झौता भएको हो । सम्झौतापत्रमा महानगरका तर्फबाट प्रमुख रेणु दाहाल र कर्पाेरेशनका तर्फबाट अध्यक्ष सियो जु वनले हस्ताक्षर गर्नुभयो । सम्झौतापत्रमा...बाँकी अंश →


विकलाई काठमाडौँ लगियो

लमही, २८ भदौ ,,   नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई यहाँबाट आज काठमाडौं लगिएको छ । आज बिहान दाङबाट काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिनुभयो । शुक्रबार भोजपुरबाट दाङ ल्याइएका विकलाई सर्वोच्च अदालतले काठमाडौँ झिकाउन पत्र काटेपछि पुनः काठमाडौँ पठाइएको उहाँले...बाँकी अंश →


संस्कृत पाठशालाको पढाइ नेपालमा, प्रमाणपत्र भारतमा

कुश्मा, पर्वत, २८ भदौ ,,    जिल्लाको एकमात्र संस्कृत पाठशालाको रुपमा परिचित गुप्तेश्वर वेदवेदाङ्ग संस्कृत पाठशालामा संस्कृतका विषय पठनपाठन गरिने भए पनि प्रमाणपत्रका लागि छिमेकी राष्ट्र भारत पुग्नुपर्ने बाध्यता रहेको छ । संस्कृत भाषा, शुक्ल, यजुर्वेद, ब्याकरण, वेद, आचारसंहिता, कर्मकाण्ड, अमरकोश, श्रीमद्भागवत गीतालगायतको उपल्लो तहले अध्ययन गर्ने पुस्तकको अध्ययन गरिँदै...बाँकी अंश →


विद्युत् चोर्ने तीन सय कारवाहीमा,२८ लाख राजश्व सङ्कलन

चितवन, २८ भदौ ,,  नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले विद्युत् चोरी गर्ने ३०२ जनालाई कारवाही गरेको छ । विद्युत् चोरी नियन्त्रण अभियानका क्रममा केन्द्रले गत आर्थिक वर्षमा हुकिङ गर्ने, मिटर बन्द गर्ने, मिटरमा लगाइएको सिल तोड्ने कार्य गरेका उनीहरुलाई कारवाही गरेको हो । कारवाही गरिएका व्यक्तिबाट कार्यालयले रु २८...बाँकी अंश →


३३७ ट्याक्सीलाई कारबाही

काठमाडौँ, २८ भदौ ,,    महानगरीय ट्राफिक प्रहरी महाशाखाले चलाएको विशेष अभियानअन्तर्गत ३३७ ट्याक्सी कारबाहीमा परेका छन् । भनेको स्थानमा जान नमान्ने, तोकिएको भन्दा बढी भाडा लिने, मिटरमा जान नमान्ने र मिटर बिगार्नेलगायत कार्य गर्ने ट्याक्सी चालकलाई नियन्त्रणमा लिई कारबाही गरिएको हो । महाशाखाले यही भदौ २१ गतेदेखि उक्त अभियान...बाँकी अंश →


सुरक्षा नहुँदा बैंक स्थापनामा ढिलाइ

बैतडी, २८ भदौ ,,   सुरक्षा व्यवस्था हुन नसक्दा जिल्लाका दुई स्थानीय तहमा अझैसम्म बैंक स्थापना हुनसकेका छैनन् । जिल्लाको तल्लोस्वराडमा पर्ने शिवनाथ गाउँपालिकामा सुरक्षा अभावका कारण बैंक स्थापना हुन नसकेको हो । गाउँपालिका केन्द्र रहेको सुल्लेखानमा प्रहरी चौकी नहुँदा यसअघि नै नेपाल एसबिआइ बैंकको स्थापना हुने भनिए पनि सुरक्षाका कारण...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter