सोमबार, २४ बैशाख २०८१

खाना तथा सत्कारसम्बन्धी प्रदर्शनी

२८ भाद्र २०७५, बिहीबार २०:०१ मा प्रकाशित

काठमाडौँ, २८ भदौ ,,   के तपाईं विभिन्न प्रकारको बेकरी तथा प्रशोधित खाना, पेय पदार्थ र सत्कारसम्बन्धी अनुभव लिन चाहनुहुन्छ ? अब केही साता मात्र धैर्य गर्नुहोस्, यस्तै प्रकारको प्रदर्शनी आगामी असोज १३ गतेदेखि १५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा हुने भएको छ ।

हाउस अफ राजकर्णिकार समूहको आयोजनामा ‘रुस्लान वेभरेज एण्ड हस्पिटालिटी’ नाम दिइएको सो प्रदर्शनी हुन लागेको हो । होटल तथा रेष्टुराँ व्यवसायी, सुपर मार्केट, क्लब तथा बारका सञ्चालक, सेफले कार्यक्रमस्थलमा दर्शकको चाहनाअनुसारको खाने कुरा उत्पादन गरी सेवा दिने छन् ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्थाका संयोजक वीरेन्द्र राजभण्डारीले उक्त कार्यक्रममा एक हजार ८२० वर्ग मिटरमा विभिन्न २०० कम्पनीले पाँच हजार जति सामग्री तथा सेवा उपलब्ध गराइने जानकारी दिनुभयो ।

कार्यक्रममा कुन कम्पनीले उपभोक्तालाई के कस्तो सत्कार तथा खानपिनको व्यवस्था उपलब्ध गराइएको छ भन्नेबारे जाँच गर्न विज्ञको टोलीले निर्णय गरी उत्कृष्टलाई पुरस्कृत गर्ने छ । उक्त कार्यक्रममा चितवन, लुम्बिनी, पोखरा, धुलिखेल, नगरकोट ठमेललगायतका पर्यटकीयस्थलमा रहेका विदेशी पाहुनालाई समेत सहभागी गराइने आयोजकले जनाएको
छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter