०९ असार २०८३

प्रदेश

विदेशको कमाइले ‘सुपरमार्केट’

दाङ, २४ भदौ ,,   पछिल्लो समय दाङमा सुविधासम्पन्न पसल(सुपरमार्केट) खुल्ने क्रम बढेको छ । एउटै छातामुनि सम्पूर्ण दैनिक उपभोग्य वस्तु तथा सेवा प्राप्त गर्न सक्ने गरी सुपरमार्केट सञ्चालन भएका छन् । दाङमा अहिलेसम्मकै ठूलो लगानीमा टि–मार्ट सञ्चालन भएको छ । घोराही उपमहानगरपालिका–१५ को भिग्रेली चोकमा दुई युवाले संयुक्त लगानीमा टि–मार्ट...बाँकी अंश →


हेलिकोप्टर दुर्घटनाका मृतकको शव काठमाडौ ल्याइँदै

नुवाकोट, २४ भदौ ,,   नुवाकोटमा शनिबार भएको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएकाको शव आज बिहान विदुर ल्याइएको छ । दुर्गम स्थानमा भएका कारण शव ल्याउन कठिनाइ भएको र रातभरि प्रहरी र स्थानीयवासीको सक्रियतामा शवको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले जानकारी दिनुभयो । शवलाई काठमाडौँ पठाउने तयारी रहेको...बाँकी अंश →


अनौठो सर्पले गाँउले त्रसित

पर्वत, २४ भदौ,,   अनौठो सर्प गाउँमा पसेपछि यहाँको एक गाउँका स्थानीयवासी त्रसित बनेका छन् । पर्वत जिल्लाको कुश्मा नगरपालिका–१० पिपलटारीस्थित सिमखेतमा यस क्षेत्रमा हालसम्म नदेखिएको सर्प अर्को सर्पलाई खाँदै गरेको अवस्थामा देखिएको हो । साना र सामान्य खालका सर्पमात्र देखिने गरेको पर्वतमा ठूलो प्रजातिको सर्प गाउँमा पसेर पशुचौपायालाई समेत आक्रमण...बाँकी अंश →


झोलुङगे पुल निर्माण

इनरुवा, २४ भदौ,,   रु ६७ लाखको लागतमा सुनसरीको इनरुवा नगरपालिका–९ बबिया र भोक्राहा नरसिंह गाउँपालिका–५ वडालाई जोड्ने झोलुङ्गे पुल निर्माण गरिएको छ । इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिकासहित विभिन्न दातृ निकायको आर्थिक तथा जिन्सी सहयोग र जनश्रमदानबाट रु ६७ लाख ४८ हजार ४४४ को लागतमा पुल निर्माण सम्पन्न भएको बबिया...बाँकी अंश →


डल्फिन हेर्न टावर निर्माण

धनगढी, २४ भदौ ,,   कैलालीको दक्षिण पूर्वी क्षेत्रमा पर्ने कान्द्रा, पथरैया, काँडा र मोहना नदीको दोभानमा जल सतह बढेका बेला सहजरुपमा डल्फिनको अवलोकन गर्न सकिन्छ । कैलालीका यी नदीको दोभाननै विश्वमै सबैभन्दा नजिकबाट सहजरुपले डल्फिनको अवलोकन गर्न सकिने ठाउँ रहेको संरक्षण प्रेमी बताउँछन् । अवलोकनको लागि डल्फिन संरक्षण केन्द्र भजनीले...बाँकी अंश →


घाइते आनीलाई काठमाडौँ ल्याइयो

काठमाडौँ, २३ भदौ ,,  आज गोरखाबाट काठमाडौँ आउँदै गरेको अल्टिच्यूड एयरको हेलिकप्टर दुर्घटनामा बाँच्न सफल यात्रु आनी डोल्मालाई काठमाडौँ ल्याइएको छ । दुर्घटनामा बाँच्न सफल एकमात्र यात्रु डोल्माको मेडिसिटी अस्पताल ललिपुरमा उपचार भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले राससलाई जानकारी दिनुभयो । प्रतिकूल मौसमका कारण शवहरु भने काठमाडौँ ल्याउन...बाँकी अंश →


स्वतन्त्र प्रेसमाथिको हस्तक्षेप स्वीकार्य हँुदैनः सभापति देउवा

बुटवल, २३ भदौ ,,   पूर्वप्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले स्वतन्त्र प्रेसमाथिको हस्तक्षेप स्वीकार्य नहुने बताउनुभएको छ । आज बुटवलमा बुद्ध टेलिभिजनको ११ औंँ वार्षिकोत्सवमा उहाँले स्वतन्त्र प्रेस लोकतन्त्रको सौन्दर्य हो भन्नुभयो । सभापति देउवाले बुद्धको दर्शन र शिक्षा टेलिभिजनमार्फत प्रचारप्रसार गर्न आग्रह गर्नुभयो । कार्यक्रममा नेपाली काँङग्रेसका सचेतक...बाँकी अंश →


उपत्यकाबाट २७ मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ, २३ भदौ,,   उपत्यकाका नदी र चक्रपथ सफाइ गरी आज २७ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको २७८ औँ हप्तामा बानेश्वर क्याम्पस अघिको नदीमा सफाइ गरियो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत २० संस्थाका ४००...बाँकी अंश →


डलर फलाउने नेपालको अराविका कफी

पोखरा, २३ भदौ,,  नेपालको प्राङ्गारिक अराविका कफीको विश्व बजारमा अत्याधिक माग भए पनि त्यसअनुरुप उत्पादन हुन सकेको छैन,” राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय पोखराका निर्देशक लक्ष्मण पोखरेलले भन्नुभयो । उहाँका अनुसार विश्व बजारमा प्राङ्गारिक अराविका कफीको वार्षिक आठ हजार मेट्रिक टन माग भएपनि हालको नेपालको उत्पादन वार्षिक...बाँकी अंश →


नुवाकोटमा हेलिकोप्टर दुर्घटना, यात्रुको अवस्था अज्ञात

बिदुर, २३ भदौ ,,   गोरखाको सामागाउँबाट यात्रु लिएर काठमाडौँ फर्कदै गरेको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर आज नुवाकोटको मेघाङ गाउँपालिकामा दुर्घटना भएको छ । नुवाकोट र धादिङको सीमानामा रहेको मेघाङको जङ्गलमा सो हेलिकोप्टर दुर्घटनामा परेको हो । हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित सात जना सवार रहेका थिए । हेलिकोप्टरमा जापानी नागरिक हिरोमी कोमात्सु...बाँकी अंश →


नवलपुरमा कारागार नहुँदा चितवनमा कैदीबन्दीको चाप

चितवन, २३ भदौ ,,   छिमेकी जिल्ला नवलपुर (पूर्वी नवलपरासी) मा अदालत र प्रशासन भएर पनि कारागार नहुँदा चितवनमा कैदीबन्दीको चाप बढेको छ । नवलपुरबाट पुर्पक्ष र कैद भुक्तानका लागि कैदीबन्दी यहाँ पठाउने गरिएको छ । क्यान्सर रोगलगायत अन्य रोगको उपचार सहज भएका कारण अन्य जिल्लाबाट समेत कैदीबन्दीको उपचार गराउन यहाँ...बाँकी अंश →


कोशी अञ्चल अस्पताल स्वायत्त बन्ने

विराटनगर, २३ भदौ ,,   पूर्व क्षेत्रको सबैभन्दा पुरानो कोशी अञ्चल अस्पताल विराटनगरमा दिनदिनै बिरामीको चाप बढेको अस्पताल प्रशासनले जनाएको छ । चालीस वर्षअघि निर्माण भएको सो अस्पताल तत्कालीन आवश्यकतालाई पूरा गर्न बनाइएको थियो भने अहिले जनसङ्ख्या वृद्धिका कारण पुरानो भौतिक संरचनाले अहिले आवश्यकता पूरा गर्न कठिनाइ भइरहेको अजनाएको छ ।...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter