बिहिबार, २० बैशाख २०८१

कर्णाली प्रदेश

सूचना प्रविधि शिक्षाको छात्रवृत्ति दिइने

सुर्खेत, २५ असार (रासस) ः कम्प्यूटर एशोसियशन नेपाल महासंघ (क्यान) ले सूचना, प्रविधिमा दखलता राख्ने मुलुकका ४९ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आइतबार पत्रकार सम्मेलन गरी महासंघले लर्डबुद्ध एजुकेसन फाउण्डेसन काठमाडौँको सहकार्यमा एक प्रदेशबाट सातजना पर्ने गरी ‘क्यान नेशनल आइसिटी स्कलरसिप २०७५’ प्रदान गर्ने...बाँकी अंश →


अर्थोपेडिक सर्जनको सम्मेलन विराटनगरमा हुने

पथरी, मोरङ, २५ असार (रासस) ः हाडजोर्नीका क्षेत्रमा भएका नवीनतम उपलब्धिको बारेमा अनुभव आदानप्रदान गर्ने उदेश्यले अर्थोपेडिक सर्जनको अन्तर्राष्ट्रिय सम्मेलन विराटनगरमा हुने भएको छ । अर्थोपेडिक एशोसिएशन विराटनगरका वरिष्ठ उपाध्यक्ष डा रमेश बस्नेतका अनुसार अर्थोपेडिक एशोसिएशनको विराटनगरमा बसेको बैठकले विश्वभरका हाडजोर्नीसम्बन्धी चिकित्सकको अन्तर्राष्ट्रिय सम्मेलन गर्ने निर्णय भएको हो । सम्मेलन...बाँकी अंश →


तीन भारतीय तीर्थयात्रीको मृत्यु, बाँकी सकुशल फर्कंदै

सुर्खेत, २० असार (रासस) ः मानसरोवर कैलाश पर्वतको तीर्थयात्रामा गएका तीन भारतीय नागरिकको मृत्यु भएको छ । यात्राका क्रममा असार १७ र १८ गते एक पुरुषसहित दुई महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब निरीक्षक सुरतबहादुर चन्दले जानकारी दिनुभयो । मृत्यु हुनेमा असार १७ गतेका दिन भारत आन्द्र...बाँकी अंश →


सुर्खेत–हुम्ला सीधा हवाई यातायात शुरु

सुर्खेत, १५ असार (रासस) ः कर्णाली प्रदेशका सबै जिल्लामा सीधा हवाई यातायात जोड्ने प्रदेश सरकारको नीतिसँगै आजदेखि सुर्खेत–हुम्ला सीधा हवाई यातायात शुरु भएको छ । सीता एयरलायन्सको कलसाइन ९एनएजेएचको डोनियर विमानमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही आफैँ चढेर सुर्खेत–हुम्ला यातायातको उद्घाटन गर्नुभयो । मुख्यमन्त्री शाही र पर्यटनमन्त्री नन्दसिंह बुढासहित ११ यात्रु आज...बाँकी अंश →


तेह्र महिनादेखि विमानस्थल बन्द, यात्रु र विरामी मर्कामा

जाजरकोट, १२ असार (रासस) ः चौरजहारीमा रहेको विमानस्थल १३ महिनादेखि बन्द हुँदा यहाँका स्थानीयले सेवा पाएका छैनन् । पश्चिम रुकुमको चौरजहारी विमानस्थलमा १३ महिनादेखि हवाई उडान बन्द भएको छ । उडानका लागि जहाजको कमी भएको भन्दै हवाई सेवा बन्द भएको हो । नागरिक उड्डयन प्राधिकरणले उडान तालिका राखेपनि एउटा मात्र...बाँकी अंश →


स्वास्थ्य मन्त्री बाट उद्घाटन

नेपालगञ्ज, ११ असार, उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले नेपालगञ्जको भेरी अञ्चल अस्पताललाई ५, ६ नं र कर्णाली प्रदेशको नागरिकको आवश्यकताका आधारका विस्तार गरिने बताउनुभएको छ । सो अस्पतालले आजदेखि प्रारम्भ गरेको डेक्सा स्क्यान तथा बोन हेल्थ ओस्टेकोप्रोसिस क्लिनिकको उद्घाटन गर्दै उहाँले भेरी अञ्चल अस्पतालको सेवालाई थप प्रविधियुक्त...बाँकी अंश →


स्थानीय सरकार बालविवाह रोक्ने अभियानमा

हेमन्त केसी जाजरकोट, १० असार ९रासस०ः बालविवाह रोक्नका लागि स्थानीय सरकारले अभियानका रुपमा विभिन्न कार्यक्रम गर्ने सञ्चालन गर्ने भएको छ । बालविवाह गर्नेको संख्यमा कमी नआएपछि यस्तो अभियान सञ्चालन गर्न लागिएको नलगाड नगरपालिकाकी उपप्रमुख बालकुमारी बस्नेतले बताउनुभयो । चालु आर्थिक वर्षमा अदालतमा सम्बन्ध विच्छेदका ६० मुद्दा दर्ता भएको पाइएको छ...बाँकी अंश →


कर्णाली प्रदेश सरकारको प्राथमिकतामा सडक र विद्युत््

सुर्खेत, ३ असार (रासस) ः कर्णाली प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष ०७५÷७६ को बजेटमा सडक र विद्युत्लाई प्राथमिकता दिइएको छ । प्रदेश सरकारले नागरिकलाई राज्यको हरेक सेवासुविधाको पहुँचमा ल्याउने प्रमुख आधार सडक र विद्युत्लाई ठहर गर्दै यसमा प्राथमिकता दिएको हो । प्रत्येक सार्वजनिक कार्यक्रममा कर्णालीका गाउँगाउँसम्म सडक नपु¥याउन्जेल नागरिकले...बाँकी अंश →


पार्टी कार्यालयमा प्रहरी प्रवेश भयोः काँग्रेस

काठमाडौँ, १ असार (रासस)ः नेपाली काँग्रेसले सुर्खेतस्थित आफ्नो पार्टी कार्यालयमा प्रवेश गरी प्रहरी आक्रमण भएको भनी आपत्ति जनाएको छ । काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरी निरन्तर भएको मूल्यवृद्धिका विरुद्ध विद्यार्थीले गरेको प्रदर्शनपछि काँग्रेस सुर्खेतको जिल्ला पार्टी कार्यालयमा प्रहरीले प्रवेश गरी आक्रमण र धरपकड गरेको भनी विरोध गर्दै पञ्चायतकालमा...बाँकी अंश →


क्षमता भएर पनि जलविद्युत् उत्पादनमा कर्णाली प्रदेश कमजोर

काठमाडौँ, १ असार (रासस) ः हाल सञ्चालनमा रहेका जलविद्युत् आयोजनाका आधारमा हेर्दा कर्णाली प्रदेश सबैभन्दा कमजोर देखिएको छ । जलविद्युत्को क्षमता अत्याधिक भए पनि निर्माण सम्पन्न भएको आधारमा हेर्दा कर्णाली प्रदेशमा हालसम्म ३.८ मेगावाट क्षमता बराबरको विद्युत् उत्पादन भएको देखिएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको पछिल्लो तथ्यांकअनुसार उत्पादनका...बाँकी अंश →


कर्णाली प्रदेशमा २३ अर्बको बजेट ल्याइँदै

सुर्खेत, ३० जेठ (रासस) ः आगामी आर्थिक वर्षमा कर्णाली प्रदेशको लागि करिब रु २३ अर्बको बजेट प्रस्तुत हुने भएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले आज वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी असार १ गते प्रस्तुत गरिने बजेटको अन्तिम तयारीमा रहेको जनाएको छ । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले संघीय...बाँकी अंश →


कर्णाली प्रदेशको नीति तथा कार्यक्रम संघीय नक्कल ः नेता शाही

सुर्खेत, २८ जेठ (रासस) ः नेपाली काँग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रदेश सरकारको नीति तथा कार्यक्रम संघीय सरकारको नक्कल सिवाय फरक नभएको बताउनुभएको छ । कर्णाली प्रदेश सरकारले शनिबार प्रस्तुत गरेका आव ०७५÷०७६ नीति तथा कार्यक्रमलाई उहाँले संघीय सरकारको नक्कल मात्र नभई कथाको पाना जस्तो भएको संज्ञा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter