शुक्रबार, २१ बैशाख २०८१

कर्णाली प्रदेश

चौतारी र सेन्टरबीच एकता प्रक्रिया शुरु

काठमाडौँ, २७ जेठ (रासस)ः प्रेस चौतारी नेपाल र प्रेस सेन्टरबीच एकताको प्रक्रिया शुरु भएको छ । एकताका लागि गठित कार्यदलको बैठकबसी पार्टीको निर्देशन अनुसार एकताको शुरुवात गरिएको प्रेस चौतारीका महासचिव राजेश राईले आज जानकारी दिनुभयो । बैठकले एकीकृत संगठनको अन्तरिम विधान मस्यौदा तयार गर्न चौतारीका महासचिव राई र सेन्टरका महासचिव...बाँकी अंश →


फुकोट कर्णाली परियोजनामा रु एक अर्ब २६ करोड लगानी

काठमाडौँ, २६ जेठ (रासस) ः जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले ४२६ मेगावाट क्षमताको फुकोट कर्णाली परियोजनामा करीब रु एक अर्ब २६ करोड लगानी गरेको छ । कम्पनीका कार्यकारी अधिकृत छविराज पोखरेलले चालु आवदेखि जलविद्युत् परियोजनामा पनि शेयर लगानी शुरु गरेको बताउँदै यसैअन्तर्गत उक्त परियोजनामा १० प्रतिशत शेयर मूल्य बराबरको...बाँकी अंश →


कर्णाली–रारा पर्यटन वर्ष उद्घाटनमा रु ६४ लाख खर्च

सुर्खेत, २६ जेठ (रासस) ः कर्णाली प्रदेश सरकारले ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ को उद्घाटनमा रु ६३ लाख ८१ हजार खर्च भएको विवरण सार्वजनिक गरेको छ । बिहीबार प्रदेशसभामा प्रतिपक्षी दलले उठाएका प्रश्नको जवाफ दिँदै आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले खर्च भएको कूल बजेटमा प्रदेश सरकारको रु ४९ लाख ४१ हजार र नेपाल...बाँकी अंश →


पहिरोका कारण आवागमन ठप्प

दुनै, २५ जेठ (रासस) ः डोल्पा सदरमुकाम दुनै जुफाल त्रिपुराकोट जाने सडकखण्डको बीचमा पहिरो जाँदा आवागमन ठप्प भएको छ । लगातारको वर्षातपछि ठूलीभेरी नगरपालिकामा पर्ने धुपीचौरमा पहिरो जाँदा आवागमन ठप्प भएको हो । सदरमुकाम दुनै पुग्ने मूलबाटो पहिरोले पुरिँदा मुस्किलले मात्रै सदरमुकाम दुनै आउनेजाने स्थिति रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको...बाँकी अंश →


‘हेलो मुख्यमन्त्री’ हटलाइन सेवा शुभारम्भ

सुर्खेत, २४ जेठ (रासस) ः कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आजबाट हेलो मुख्यमन्त्री हटलाइन सेवा शुभारम्भ गरेको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नरहरिनाथ गाउँपालिका कालीकोटका प्रेम सार्की र रुकुम पश्चिम मुसिकोट नगरपालिकका दीपक बाँठा मगरका प्रतिक्रिया लिएर हटलाइन सेवाको उद्घाटन गर्नुभयो । हेलो कार्यक्रममा सार्कीले आफ्नी...बाँकी अंश →


आठ हजार हेक्टरमा सिँचाइ सुविधा अभाव

जाजरकोट, २४ जेठ (रासस) ः यहाँका अधिकांश किसान आकाशे पानीको भरमा खेती गर्दै आएका छन् । जिल्लाका सातवटा स्थानीय तहका किसानका खेतबारी सिँचाइ सुविधाको अभावमा वर्षायाममा मात्र खेती हुने गरेको छ । सिँचाइ सुविधा नभएका कारण यहाँका किसान आकाशे पानीको भरमा वर्षायाममा मात्र खेती गर्दै आएका हुन् । भिरालो जमीनमा...बाँकी अंश →


जाजरकोटमा लडेर मृत्यु हुनेको संख्या धेरै

जाजरकोट, २४ जेठ (रासस) ः अठ्यारो बाटो, भिरालो जमिन भएकै कारण यहाँका स्थानीयवासी असुरक्षित रुपमा यात्रा गर्न बाध्य भएका छन् । एक वर्षमा मात्र जाजरकोटमा विभिन्न ठाउँमा लडेर ३० जनाको मृत्यु भएको घटना सार्वजनिक भएको छ । प्रहरीको पहुँचमा रहेको ठाउँमा मात्र सार्वजनिक भएको घटनालाई लिने हो भने पनि वर्षमा...बाँकी अंश →


कर्णाली प्रदेशमा ११० नयाँ कुष्ठरोगी फेला

सुर्खेत, २४ जेठ (रासस) ः कर्णाली प्रदेशमा ११० जना नयाँ कुष्ठरोगका बिरामी फेला परेका छन् । आर्थिक वर्ष २०७३÷७४ मा १० वटा जिल्लामा उक्त संख्यामा नयाँ बिरामी फेला परेका हुन् । एक वर्षको अवधिमा स्वास्थ्य संस्थामा जाँच गर्न आएका तथा विभिन्न अभियानमा बिरामी फेला परेका मध्यपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका क्षय...बाँकी अंश →


कर्णाली प्रदेशः राष्ट्रपति रनिङ शिल्ड सुर्खेतलाई

सुर्खेत, २२ जेठ (रासस) ः यही जेठ १९–२१ गतेसम्म प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा सञ्चालित कर्णाली प्रदेशस्तरीय १० औँ राष्ट्रपति रनिङ शिल्ड सुर्खेतले हात पारेको छ । उक्त रनिङ शिल्डमा जुम्ला दोस्रो र सल्यान तेस्रो भएका छन् । भलिबलमा पुरुषमा भने सल्यान जिल्ला प्रथम भएको छ । उक्त खेलमा रुकुम दोस्रो...बाँकी अंश →


डोल्पाको त्रिपुराकोटमा ‘एक घर एक धारा’

त्रिपुराकोट, डोल्पा, २० जेठ (रासस) ः यहाँको त्रिपुरासुन्दरी नगरपालिका–१ मा पर्ने त्रिपुराकोटवासीलाई अब पुस्ताँैदेखि खोलाको दूषित पानी पिउनु पर्ने बाध्यताबाट मुक्त भएका छन् । पञ्चवर्षीय योजनाका रुपमा काम शुरु गरिएको बुराउँसे खोला खानेपानी आयोजना सम्पन्न भएपछि त्रिपुराकोटका १०० घरधुरी दूषित पानी पिउनुपर्ने बाध्यताबाट छुट्कारा पाएका हुन् । “सयौँ वर्षअघिदेखि सिधै...बाँकी अंश →


बिममा मदिरा प्रतिबन्ध

बाबियाचौर, म्याग्दी, २० जेठ (रासस) ः म्याग्दीको मालिका गाउँपालिका–७ बिममा मदिरा प्रतिबन्ध लगाउने निर्णय भएको छ । वडा कार्यालयमा शनिबार आयोजित जनप्रतिनिधि, युवा क्लब, आमा समूह र अगुवाको भेलाले विवाह, छेवार, किरियालगायत संस्कारगत कार्य तथा सार्वजनिकस्थलमा जाँड, रक्सीलगायत मदिरालाई प्रतिबन्ध लगाउने निर्णय भएको हो । वडाध्यक्ष रेशम जुक्जालीले सरोकारवालाको सुझाव...बाँकी अंश →


कर्णालीलाई देशकै धनी प्रदेश बनाइने

सुर्खेत, १९ जेठ (रासस) ः नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य जनार्दन शर्माले कर्णालीलाई मुलुककै धनी प्रदेश बनाउने अठोट लिएको बताउनुभएको छ । आज प्रदेश राजधानी वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले गरिबीको उपमा पाएको यो प्रदेशलाई १० वर्षपछि देशकै धनी बनाउने अठोटका साथ लागि परेको बताउनुभयो । “संघीय सरकारले आर्थिक...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter