२९ मंसिर २०८२

प्रदेश ५

प्रदेश नं ५ को आज बसेको मन्त्रिपरिषद् बैठक

बुटवल, ३० वैशाख (रासस) ः प्रदेश नं ५ को आज बसेको मन्त्रिपरिषद् बैठकले विनियोजन विधेयक, २०७५ का सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीति स्वीकृत गरेको छ । बैठकले विनियोजन विधेयक, २०७५ लाई प्रदेशसभामा पेश गर्न स्वीकृति दिने निर्णयसमेत गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिनुभयो । अब बस्ने प्रदेशसभाको...बाँकी अंश →


१० करोड लगानीमा होटल क्रिस

नवलपरासी, ३० वैशाख (रासस) ः पूर्व नवलपरासीको देवचुलीमा अत्याधुनिक सुविधासम्पन्न होटल क्रिस सञ्चालनमा आएको छ । करीब रु १० करोड लगानीमा निर्माण गरिएको सो होटल सम्भवतः जिल्लामा सबैभन्दा बढी आर्थिक लगानी गरिएका होटलमध्येमा पर्छ । पूर्व–पश्चिम लोकमार्गले छोएको देवचुली–१४ दलदलेमा खोलिएको सो चारतले अत्याधुनिक सुविधासम्पन्न होटलमा लिफ्टको प्रयोग गरिएको छ...बाँकी अंश →


पर्यटन क्षेत्रको विकासका लागि गुरुयोजनाको खाँचो

पाल्पा, ३० वैशाख (रासस) ः यहाँको पर्यटन क्षेत्रको विकासका लागि गुरुयोजना निर्माण गरी अघि बढ्नुपर्नेमा जोड दिइएको छ । ऐतिहासिक, पुरातात्विक, सामाजिक÷धार्मिक, चाडबार्ड, आर्थिक, शैक्षिक हिसाबले समेत पाल्पा पर्यटकीय गन्तव्य बन्न सक्ने भएकाले यसको प्रचारप्रसार हुनुपर्ने पर्यटन व्यवसायीहरूको भनाइ छ । यहाँका पुरातात्विक महत्वका मन्दिरदेखि दरबारहरु अहिले स्वदेशी तथा विदेशी...बाँकी अंश →


सडक जीवन बिताउनेहरूको पुनःस्थापना शुरु

बुटवल, ३० वैशाख (रासस) ः यहाँका सडकमा जीवन जिउन बाध्य सबै बेसहारा तथा मनोरोगीलाई पुनःस्थापना गरिने भएको छ । आउँदो साउन महिनासम्ममा यहाँका सडकलाई मानवरहित घोषणा गर्नेगरी पुनःस्थापना अभियान शुरु भएको छ । बुटवल उपमहानगरपालिकाको सहकार्यमा मानव सेवा आश्रमले आजदेखि आजदेखि उक्त अभियान शुरु गरेको हो । आश्रमका लागि उपमहानगरपालिकाले...बाँकी अंश →


गण्डक समस्याबारे छलफल नभएकामा गुनासो

नवलपरासी, ३० वैशाख (रासस) ः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा गण्डक नदीको समस्याबारे छलफल नभएको जनाउँदै पश्चिम नवलपरासीका गण्डक पीडितले गुनासो गरेका छन् । नवलपरासीको त्रिवेणीमा बाँध बनाएर भारतको विहार उत्तर प्रदेशमा सिँचाइका लागि लगिएको पानीबाट वर्षेनी नेपालका साविकका १३ गाविस डुबानमा पर्दैआएका छन् । चुनावका बेला मात्रै...बाँकी अंश →


प्युठानमा बस दुर्घटना, पाँचको मृत्यु, २१ घाइते

भीमदत्तनगर, ३० वैशाख ।  कञ्चनपुरको महेन्द्रनगरबाट प्यूठानका लागि शनिबार छुटेको यात्रुवाहक बस आज बिहानै दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । आज बिहान करीब ३ बजे प्यूठानको सरुमारानी गाउँपालिका–४ पाकुरी भन्ने स्थानमा प्यूठानका लागि छुटेको ना ४ ख १८७६ नम्बरको बस भीरबाट खस्दा पाँच जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी...बाँकी अंश →


हतियारसहित नेपाल प्रवेश गर्ने तीन भारतीय प्रहरी पक्राउ

कपिलवस्तु, २९ वैशाख (रासस) ः कूटनीतिक नियम मिचेर नेपाल प्रवेश गर्ने भारतीय प्रहरीका सबइन्स्पेक्टरसहित तीन भारतीय प्रहरी शुक्रबार कृष्णनगरमा पक्राउ परे । पक्राउ पर्नेहरुमा भारतको बलरामपुर जिल्ला पचपेडवा थानाका सबइन्स्पेक्टर डिएस चतुर्वेदी, कन्स्टेबल नासिर हुसेन र कन्स्टेबल कोमल रहेको प्रहरीले जनाएको छ । उनीहरु कृष्णनगर भन्सार सीमा नाका हुँदै नेपाल...बाँकी अंश →


भारतीय प्रधानमन्त्रीको भ्रमण सफल बनाउनुपर्छः मुख्यमन्त्री पोख्रेल

दाङ, २८ वैशाख (रासस) ः प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोख्रेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई सफल बनाउनुपर्ने बताउनुभएको छ । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले संयुक्त रुपमा आज दाङको घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “भारतीय प्रधानमन्त्री मोदीको भ्रमणलाई द्विपक्षीय हित, सहयोग र सद्भावका...बाँकी अंश →


घुस लिँदै गरेको अवस्थामा तीन कर्मचारी पक्राउ

नेपालगञ्ज, २६ वैशाख (रासस)ः अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहलपुरले यहाँस्थित नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रका तीन जना कर्मचारीलाई सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा पक्राउ गरेको छ । आयोगको बाँके कोहलपुरस्थित क्षेत्रीय कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार, प्राधिकरणका इलेक्ट्रिकल इञ्जिनियर निसारअहमद खान, इलेक्टिकल सुपरभाइजर विक्रान्त शुक्ला र सहयोगी गिरवरलाल धोबीलाई...बाँकी अंश →


अन्नपूर्ण एग्रोमाथि मुद्दा दायर

भैरहवा, २६ वैशाख (रासस) ः अन्नपूर्ण एग्रो इन्डस्ट्रिज प्रालि रुपन्देहीबाट उत्पादित दाना गुणस्तरहीन रहेपछि कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा मुद्दा दायर गरिएको छ । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाको टोलीले निरीक्षण गर्दा उक्त एग्रोमा उत्पादित दाना कमसल र गुणस्तरहीन रहेको पाइएपछि मुद्दा दायर गरिएको हो ।...बाँकी अंश →


सडकलाई ‘मानवरहित’ घोषणा गर्ने तयारी

रुपन्देही २६ वैशाख (रासस) ः बुटवल उपमहानगरपालिकाले सडकलाई ‘मानवरहित’ घोषणा गर्ने तयारीसहित लगत संकलन शुरु गरेको छ । खासगरी सडकमा बेवारिसे अवस्थामा रहेका, बिरामी परेर बिचल्लीमा परेका, घरबारविहीन भएका तथा रोगी व्यक्ति सडकमा सुत्ने अवस्थाको अन्त्य गर्न उनीहरुको लगत संकलन शुरु भएको बुटवल उपमहानगरपालिकाका निमित्त प्रशासकीय अधिकृत विष्णु खनालले जानकारी...बाँकी अंश →


कुमाल समुदायको परम्परागत लोक संस्कृति लोप हुँदै

रामपुर, पाल्पा, २६ वैशाख (रासस) ः कुमाल समुदायको परम्परागत मौलिक लोक संस्कृति लोप हुँदै गएको छ । दशैँ तिहार, माघे संक्रान्तिजस्ता पर्वमा देखाइने सोरठी, कृष्णचरित्र, झ्याउरे, पाङदुरेलगायतका विभिन्न लोक संस्कृति लोप हुँदै गएपछि अहिले गाउँमा देखाउनै छाडिएको पाल्पा रामपुर नगरपालिका–६ तिलकपुर बस्ने ७५ वर्षीय गंगाराम कुमाल बताउनुहुन्छ । पुरानो लोक...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter