सोमबार, १७ बैशाख २०८१

१० करोड लगानीमा होटल क्रिस

३० बैशाख २०७५, आईतवार १५:४० मा प्रकाशित

नवलपरासी, ३० वैशाख (रासस) ः पूर्व नवलपरासीको देवचुलीमा अत्याधुनिक सुविधासम्पन्न होटल क्रिस सञ्चालनमा आएको छ । करीब रु १० करोड लगानीमा निर्माण गरिएको सो होटल सम्भवतः जिल्लामा सबैभन्दा बढी आर्थिक लगानी गरिएका होटलमध्येमा पर्छ ।
पूर्व–पश्चिम लोकमार्गले छोएको देवचुली–१४ दलदलेमा खोलिएको सो चारतले अत्याधुनिक सुविधासम्पन्न होटलमा लिफ्टको प्रयोग गरिएको छ । होटलमा २८ वटा अति सुविधासम्पन्न डिलक्स कोठा, डाइनिङ हल, सेमिनार हल रहेको होटल सञ्चालक अरुणविक्रम थापाले बताउनुभयो ।

होटल व्यवसायमा हामी नयाँ आयाम थप्दै समग्र नवलपुरको सम्भावित पर्यटन क्षेत्रलाई अघि बढाउन चाहन्छौ, उहाँले भन्नुभयो ।

निकट भविष्यमा एक हप्तासम्मको विभिन्न प्याकेजमा जंगल सफारी, डुङ्गा सयर, देवचुलीडाँडा पैदलयात्रालगायत कार्यक्रमलाई थप व्यवस्थित बनाउँदै लगिने होटलले जनाएको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter