सोमबार, १७ बैशाख २०८१

प्युठानमा बस दुर्घटना, पाँचको मृत्यु, २१ घाइते

३० बैशाख २०७५, आईतवार १२:१३ मा प्रकाशित

भीमदत्तनगर, ३० वैशाख ।  कञ्चनपुरको महेन्द्रनगरबाट प्यूठानका लागि शनिबार छुटेको यात्रुवाहक बस आज बिहानै दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । आज बिहान करीब ३ बजे प्यूठानको सरुमारानी गाउँपालिका–४ पाकुरी भन्ने स्थानमा प्यूठानका लागि छुटेको ना ४ ख १८७६ नम्बरको बस भीरबाट खस्दा पाँच जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिनुभयो ।

दुर्घटनास्थलमा घाइतेहरुको उद्धारका लागि खटिएका प्रहरी नायब उपरीक्षक पोखरेलका अनुसार दुर्घटनामा तीन महिला र दुई जना पुरुषको मृत्यु भएको भए पनि सनाखत हुन सकेको छैन भने बसमा रहेका २१ जना घाइते भएका छन । घाइतेमध्ये पाँच जनालाई बुटवल र १६ जनालाई उपचारका लागि जिल्ला अस्पताल प्यूठान पठाइएको छ । मृतकमध्ये चार जनाको शव निकालिएको भए पनि एक जनाको अझै निकाल्न नसकिएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter