शुक्रबार, २८ बैशाख २०८१

प्रदेश २

बिरुवा सङ्क्रमित

पर्सा, २२ भदौ    अगहनी धानको बिरुवामा लागेको ‘सिथब्लाइट’ रोगका कारण धानको बिरुवा सड्न र सुक्न थालेपछि किसान चिन्तित भएका छन् । जिल्लामा लगाइएका अगहनी धानको ८० प्रतिशत बिरुवामा उक्त रोग लागेकाले उनीहरू चिन्तित भएका हुन् । जिल्लामा लगाइएको ३५ हजार हेक्टर उक्त जातको धानमध्ये २८ हजार हेक्टर खेतमा सिथब्लाइट...बाँकी अंश →


डा झा उपाध्यक्षमा नियुक्त

जनकपुरधाम, २२ भदौ  प्रदेश नं २ सरकारले प्रदेश नीति आयोगको उपाध्यक्षमा डा भोगेन्द्र झालाई नियुक्त गरेको छ । डा झा त्रिभुवन विश्वविद्यालयअन्तर्गत रामस्वरूप रामसागर बहुमुखी क्याम्पस जनकपुरधाममा अर्थशास्त्र विषयको प्राध्यापक हुनुहुन्थ्यो । आयोगका उपाध्यक्ष डा हरिवंश झालाई हटाई डा. झालाई नियुक्त गरिएको हो ।बाँकी अंश →


कैदीबन्दीका लागि आँखा शिविर

जलेश्वर, २२ भदौ  नेपाल नेत्र ज्योति सङ्घ तथा नेपाल रेडक्रस सोसाइटी महोत्तरीले शनिबार जलेश्वर कारागारका कैदीबन्दीका लागि निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ । गत साउन महीनामा आएको भीषण बाढीमा जलेश्वर कारागार जलमग्न भएकाले विभिन्न रोगको सङ्क्रमण हुनुका साथै आँखासम्बन्धीसमेत समस्या भएपछि कारागार कार्यालय महोत्तरीको आग्रहमा नेत्र ज्योति सङ्घ, नेपाल...बाँकी अंश →


दाजुभाइको झगडाले आमाको ज्यान गयो

महोत्तरी, २२ भदौ  महोत्तरीको बर्दिवास नगरपालिका–३ मा दाजुभाइबीचको झगडाले आमाको ज्यान गएको छ । हिजो शनिबार साँझ आपसी झगडामा घाइते भएका छोरालाई उपचारका लागि अस्पताल ल्याउन लागेकी आमाको आपूm चढेको एम्बुलेन्स दुर्घटना हुँदा ज्यान गएको हो । बर्दिवास–३ पाटुका दाजुभाइ २१ वर्षीय गङ्गा वादी र १८ वर्षीय उमेश वादी आपसमै...बाँकी अंश →


तरकारी व्यापारबाट सियावती आत्मनिर्भर

लहान, २० भदौ  लहान, २० भदौ (रासस) ः सिरहाको लक्ष्मीपुर गाउँपालिका–६ सलोखरीकी सियावती देवी रामलाई अचेल बजारमा तरकारी पु¥याउन भ्याइनभ्याई छ । सामान्य लेखपढ गर्न समेत नजानेकी सियावती रामलाई बिहान हुने बित्तिकै तरकारी कहाँबाट खरिद गरेर ल्याउने र नजीकको शहर बजारमा कतिबेला पु¥याउने भन्ने हतारो हुन्छ । दुई वर्षअघिसम्म पुँजीको...बाँकी अंश →


भाइरल ज्वरोको प्रकोप, अस्पतालमा बिरामीको चाप बढ्दो

लहान, २० भदौ  अत्यधिक गर्मीका कारण सिरहामा भाइरल ज्वरो फैलिएपछि अस्पतालहरुमा थेग्नै नसक्ने गरी बिरामीको चाप बढेको छ । जिल्लाभरि नै भाइरल ज्वरोको प्रकोप फैलिएर जिल्लास्थित स्वास्थ्य संस्थाहरुमा बिरामीको चाप अत्यधिक बढेसँगै श्यया र औषधिको अभाव भएको छ । सदरमुकाम सिरहास्थित जिल्ला अस्पतालमा गर्मी बढेसँगै दैनिक १०० देखि १५० जनासम्म...बाँकी अंश →


तस्करीमा संलग्न छ मोटरसाइकल नियन्त्रणमा

लहान, २० भदौ  सिरहाको विभिन्न स्थानबाट प्रहरीले हिजो एकै दिन तस्करीमा संलग्न छ मोटरसाइकल तथा करीब रु तीन लाख मूल्य बराबरको मरिचलगायतको सामान बरामद गरेको छ । प्रहरी चौकी झाझपट्टीबाट खटिएको गस्ती टोलीले अवैध रुपमा रु डेढ लाख मूल्य बराबरको मरिच लोड गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा स६प २०१३, स१प...बाँकी अंश →


वीरगञ्जमा युवतीमाथि तेजाब प्रहार

पर्सा, २० भदौ  वीरगञ्जको गणेशमानचौकमा आज बिहान १५ वर्षीया एक युवतीलाई एसिड (तेजाब) खन्याइ घाइते बनाइएको छ । विद्यालय जाने क्रममा वीरगञ्ज महानगरपालिका–३ छपकैया निवासी मुस्कान खातुनमाथि दुई जनाको सङ्ख्यामा रहेका युवकले तेजाब प्रहार गरेका हुन् । तेजाब प्रहारबाट घाइते भएकी खातुनलाई वीरगञ्जको नारायणी अस्पतालमा उपचार भइरहेको छ । तेजाबबाट...बाँकी अंश →


बलात्कारको घटना मिलाउन बसेको पञ्चायतमै झडप

जलेश्वर, २० भदौ  बलात्कारको प्रयासको घटना मिलाउन महोत्तरी जिल्लाको सोनमा गाउँपालिकामा बसेको पञ्चायतमै दुई समूहबीच झडप भएको छ । सोनमा गाउँपालिका–६ मगरथाना गाउँमा गत सोमबार एक महिलाको घरमा दुई पुरुष पसेर सामूहिक बलात्कार गर्न खोज्दा सो महिलाले गुहार माग्दै चिच्याउन थालेपछि ती दुवै पुरुष भागेका थिए । तर, ती महिलाले...बाँकी अंश →


होटल व्यवसायी सङ्घमा पुनः अर्याल

रौतहट, २० भदौ  होटल व्यवसायी सङ्घ रौतहटको अध्यक्षमा पुनः देवेन्द्र अर्याल चयन हुनुभएको छ । रौतहटको चन्द्रनिगाहपुरमा बिहीबार सम्पन्न सङ्घको तेस्रो अधिवेशनले अर्यालको अध्यक्षमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । सङ्घको प्रथम उपाध्यक्षमा राजन अधिकारी, उपाध्यक्षमा सुरेन्द्र साह, महासचिवमा मदन तिमल्सिना, कोषाध्यक्षमा आशिष दाहाल, सचिवमा रामहरि श्रेष्ठ, सहसचिवमा...बाँकी अंश →


एकचौथाइ कैदीबन्दीमा भाइरल ज्वरो

जलेश्वर, १९ भदौ  महोत्तरी, धनुषा र केही वर्षदेखि सर्लाही जिल्लाको संयुक्त कारागारको रुपमा रहेको जलेश्वर कारागारमा बस्दै आएका कैदीबन्दीमध्ये एकचौथाइ कैदीबन्दीमा भाइरल ज्वरोको प्रकोप देखिएको छ । अत्यधिक गर्मीका बीच क्षमताभन्दा करीब चार गुणा बढी कैदीबन्दीको चाप बढेकाले जलेश्वर कारागारका एकचौथाइ कैदीबन्दीमा भाइरल ज्वरोको सङ्क्रमण देखिएको जेलर कन्हैयाकुमार मिश्रले बताउनुभयो...बाँकी अंश →


तीन जना पक्राउ

लहान, १९ भदौ  विभिन्न मुद्दामा अदालतबाट सजाय पाएर लामो समयदेखि फरार रहेका तीन जनालाई प्रहरीले बुधबार सिराहाको छुट्टाछुटै स्थानबाट प्रहरीले एकै दिन बुधबार पक्राउ गरेको छ । जबर्जस्ती करणी मुद्दामा फरार कल्याणपुर नगरपालिका–११ का ७० वर्षीय रामप्रसाद मोची, चोरी मुद्दामा फरार कल्याणपुर नगरपालिका–८ मझौलियाका २६ वर्षीय सुरेन यादव तथा लेनदेन...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter