शुक्रबार, ०७ बैशाख २०८१

होटल व्यवसायी सङ्घमा पुनः अर्याल

२० भाद्र २०७६, शुक्रबार १०:५८ मा प्रकाशित

रौतहट, २० भदौ  होटल व्यवसायी सङ्घ रौतहटको अध्यक्षमा पुनः देवेन्द्र अर्याल चयन हुनुभएको छ । रौतहटको चन्द्रनिगाहपुरमा बिहीबार सम्पन्न सङ्घको तेस्रो अधिवेशनले अर्यालको अध्यक्षमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । सङ्घको प्रथम उपाध्यक्षमा राजन अधिकारी, उपाध्यक्षमा सुरेन्द्र साह, महासचिवमा मदन तिमल्सिना, कोषाध्यक्षमा आशिष दाहाल, सचिवमा रामहरि श्रेष्ठ, सहसचिवमा शिवराम राउत चयन भएको सङ्घले जनाएको छ । सङ्घका अनुसार सदस्यहरुमा अरुण लामा, सुमन कार्की, गङ्गा खड्का, सरिता पौडेल, रुपक तिमल्सिना, पप्पु तिवारी, वीरेन्द्र साह र रामयण साह रहेका छन् भने वरिष्ठ सल्लाहकारमा खड्ग बम्जन तथा विनोद गुप्तालाई चयन गरिएको छ । गौर तथा गरुडाबाट दुई–दुई र वाग्मतीबाट एक सदस्यलाई मनोनित गर्न बाँकी रहेको सङ्घका जिल्ला अध्यक्ष देवेन्द्र अर्यालले बताउनुभयो । सो अवसरमा अध्यक्ष अर्यालले चन्द्रनिगापुरमा साना तथा ठूला होटलको सङ्ख्या बढ्दै गएको उल्लेख गर्दै नगरलाई आर्थिक रुपमा समृद्ध बनाउनका लागि होटल व्यवसायीको पनि महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । यसअघि अधिवेशनको उद्घाटनसत्रमा बोल्दै प्रदेशसभाका सदस्य धनलाल ठोकरले व्यवसायमा देखिएको नकरात्मक र खराब प्रवृत्तिलाई अन्त्य गर्दै नमूनायोग्य होटल बनाउन व्यवसायीलाई अनुरोध गर्नुभयो । होटल तथा लजका कारण चन्द्रनिगाहपुर क्षेत्र प्रख्यात रहेको उल्लेख गर्दै उहाँले तीनै तहका सरकारले व्यवसाय प्रवद्र्धनमा जोड दिनुपर्ने बताउनुभयो । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक कवित कटुवालले होटल क्षेत्रबाट नै आपराधिक तथा अन्य क्रियाकलाप हुने भएकाले यसतर्फ सजग र सचेत रहन तथा ग्राहकको सम्पूर्ण विवरण सुरक्षित राख्न होटल व्यवसायीलाई आग्रह गर्नुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter