शनिबार, ०५ जेठ २०८१

प्रदेश ४

गौ संरक्षण केन्द्रमा सोलार जडान

दमौली, २१ साउन चितुवाको आक्रमणबाट जोगाउन तनहुँको शुक्लागण्डकी नगरपालिका–९ घारीस्थित गौ संरक्षण केन्द्रमा सोलार जडान गरिएको छ । गौ संरक्षण केन्द्रमा रातिको समयमा अन्धकार हुँदा गाईलाई चितुवाले आक्रमण गर्न थालेपछि शुक्लागण्डकी नगरपालिका र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको साझेदारीमा सोलार जडान गरिएको हो । शुक्लागण्डकी नगरपालिका–९ का वडाध्यक्ष लोकनारायण श्रेष्ठका अनुसार...बाँकी अंश →


गण्डकीको कास्कीमा सबैभन्दा बढी भ्रष्टाचार

चिप्लेढुङ्गा, २१ साउन गण्डकी प्रदेशको कास्की जिल्ला सबैभन्दा बढी भ्रष्टाचार हुने जिल्लाको रूपमा देखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयको तथ्याङ्कमा कास्की जिल्ला धेरै भ्रष्टाचार हुने गरेको उजुरीले देखाएको हो । आयोगको पोखरा कार्यालयको आर्थिक वर्ष २०७५÷७६ को तथ्याङ्कअुनसार उजुरी सङ्ख्या ८३२ रहेको छ । सो मध्ये कास्की...बाँकी अंश →


नागका मन्दिर र घरघरमा नागको पूजा

पोखरा, २० साउन श्रावण शुक्ल पञ्चमीका अवसरमा आज पोखरा र आसपासका नाग मन्दिर र घरघरमा नागको पूजा गरिएको छ । आज बिहानैदेखि पोखराको प्रसिद्ध कमलपोखरी, नागढुङ्गा, चिप्लेढुङ्गालगायतका स्थानमा नागको पूजाका लागि सर्वसाधारण पुगेका छन् । घरघरका साथै नागका थानमा पूजा गर्ने भक्तजनको भीड लागेकोछ । प्राचीन प्रचलनअनुसार नागको मूर्ति एवं...बाँकी अंश →


एनसेल टावर आगजनी गरेको आरोपमा पक्राउ

पर्वत, २० साउन गत साउन १५ गते पर्वत जिल्लाको मोदी गाउँपालिका–५ तिलाहारमा एनसेलको टावरमा भएको आगजनीमा संलग्न भएको आशङ्कामा विप्लव समूहका एक कार्यकर्ता पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ता प्रकाशजङ्ग लामिछानेलाई शनिबार नियन्त्रणमा लिएको हो । टावरमा आगजनी गर्नेको खोजी गर्ने क्रममा...बाँकी अंश →


भूकम्पको चार वर्षपछि बन्दै मल्लकालीन कोटभैरव मन्दिर

पोखरा, १७ साउनपोखरा, १७ साउन विश्वमै प्रसिद्ध नेपालको पर्यटकीय स्थल पोखराको दक्षिण भेग पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित मल्लकालीन कोटभैरव मन्दिर भूकम्पको चार वर्षपछि बन्ने भएको छ । भूकम्पका कारण क्षतिग्रस्त बनेको मन्दिर भत्काएर कोटभैरव संरक्षण तथा सम्बद्र्धन समितिको सक्रियतामा प्यागोडाशैलीमा नयाँ स्वरुपमा मन्दिर बनाउन थालिएको हो । मल्लकालीन समयदेखि अस्तित्वमा आएको...बाँकी अंश →


इलुङ झरनामा पूर्वाधार निर्माण शुरु

दमौली, १६ साउन  व्यावसायिक क्यानोनिङको तयारीमा रहेको इलुङ झरनामा पूर्वाधार निर्माणको काम शुरु भएको छ । तनहुँको भीमाद नगरपालिका–९ पाथर्दीमा रहेको झरनामा पर्यटकलाई आकर्षित गर्नका लागि नगरपालिकाको सहयोगमा पूर्वाधार निर्माणको काम शुरु भएको हो । नगरपालिकाको रु पाँच लाखको बजेटमा एक हप्तादेखि झरनासम्म पुग्ने बाटोमा सिँढी र रेलिङ निर्माणको काम...बाँकी अंश →


वडा–वडामै अपाङ्गता परिचयपत्र वितरण

दमौली, १५ साउन  ,,  तनहुँको शुक्लागण्डकी नगरपालिकाले पहिलो पटक वडाबाटै अपाङ्गता परिचयपत्र वितरण शुरु गरेको छ । उक्त परिचयपत्र वितरण गर्ने अधिकार स्थानीय तहमा आएपछि नगरपालिकाले प्रत्येक वडावडामै पुगेर अपाङ्गता परिचयपत्र वितरण गरिरहेको छ । नगरपालिकाको वडा नं ३, ११ र १२ का १२६ लाई तथा वडा नं ३ मा...बाँकी अंश →


घरवासमा पर्यटक घटेपछि व्यवसायी मर्कामा

लमजुङ, १५ साउन   ,,  पर्यटकको ‘हब’ जिल्ला बन्दै गरेको लमजुङमा सञ्चालित विभिन्न घरवास (होमस्टे) मा पर्यटक ह्वात्तै घट्दै गएको छ । वर्षायाममा बाटो अवरुद्व, यात्रामा कठिन, दृश्य राम्रो नदेखिनेलगायतका कारण असार महीना लागेदेखि यता यहाँका घरवासमा पर्यटकको सङ्ख्यामा कमी आएपछि पर्यटन व्यवसायी चिन्तित बनेका छन् । नेपालकै पहिलो ‘स्मार्ट भिलेज’...बाँकी अंश →


सात लाख अलैँचीका बिरुवा बिक्री

लमजुङ, १४ साउन  ,,  यहाँका अलैँची कृषकले सात लाख अलैँचीका बिरुवा बिक्री गरेका छन् । लमजुङभित्र र बाहिरी जिल्लाका किसानलाई उक्त सङ्ख्याको बिरुवा बिक्री गरिएको नेपाल अलैँची व्यवसायी महासङ्घ जिल्ला शाखाले जनाएको छ । सो बिरुवा बिक्रीबाट रु ३५ लाख आम्दानी भएको उक्त शाखाका अजय तामाङले बताउनुभयो । उहाँका अनुसार...बाँकी अंश →


कराँते च्याम्पियनसीप हुने

कास्की, १४ साउन  ,,  पर्यटकीय शहर पोखरामा आगामी भदौ १४ गते ‘प्रथम नेपाल फुलकन्टयाक्ट प्रेसिडेन्ट कप कराँते ग्राण्ड च्याम्पियनसीप’ आयोजना हुने भएको छ । नेपाल फुलकन्ट्याक्ट कराते महासङ्घको आयोजनामा हुने प्रतियोगितामा १५ सङ्घका ३२ पुरुष र ३२ महिला गरी ६४ खेलाडीले प्रतिस्पर्धा गर्ने महासङ्घका अध्यक्ष दमन बस्नेतले बताउनुभयो । प्रतियोगितामा...बाँकी अंश →


पर्यावरण संरक्षणमा अन्नपूर्ण गाउँपालिका

पोखरा, १४ साउन   ,,  कृषि र पर्यटनलाई आर्थिक समृद्धिको प्रमुख आधार मानेको कास्कीको अन्नपूर्ण गाउँपालिकाले यहाँको पर्यावरण संरक्षणलाई प्राथमिकतामा राख्दै काम थालेको छ । पर्यावरण संरक्षणमा प्राकृतिक जलाशय, कुवा, पोखरीको संरक्षणसाथै बोटबिरुवाले महत्वपूर्ण योगदान पु¥याउने हुँदा यसको संरक्षण थालिएको हो । पदयात्रा पर्यटनमा विश्वका उत्कृष्ट यस गाउँपालिकाभित्रका पदयात्रा मार्ग, आसपासका...बाँकी अंश →


उद्योगले प्रदूषण निम्त्याएको भन्दै स्थानीयवासी आन्दोलित

कावासोती, १४ साउन  ,,  उद्योगले प्रदूषण निम्त्याएको भन्दै स्थानीयवासी आन्दोलित बनेका छन् । नवलपरासीपूर्व नवलपुरको देवचुली नगरपालिकामा रहेको चौधरी उद्योग ग्रामबाट निस्कने धुलोले स्वास्थ्यसहित जनजीवनमा नै समस्या पारेको भन्दै स्थानीयवासी आन्दोलित बनेका हुन् । चौधरी गु्रपको चौधरी गु्रप अफ इण्डष्ट्रियल उद्यान दुम्कौलीभित्र सञ्चालनमा रहेको भुसे बोइलरबाट अध्यधिक मात्रामा खरानी निस्कने...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter