शनिबार, ०५ जेठ २०८१

प्रदेश ७

४.९ रिक्टरको भूकम्प

बाजुरा, २२ जेठ (रासस) : बाजुरामा आज बिहान ७ः१९ बजे भूकम्प गएको छ । बाजुरा र हुम्ला जिल्लाको सिमानाको जंगलमा केन्द्रविन्दु बनाएर ४ दशमलव ९ रिक्टरको भूकम्प गएको भूकम्पमापन केन्द्र सुर्खेतका प्रविधि अधिकृृत तीर्थ दाहालले जानकारी दिनुभयो । आज देशभरी विश्व वातारण दिवस मनाउन थालिएका बेला भूकम्प र वर्षाका कारण...बाँकी अंश →


जातीय विभेद अझै कायम

बैतडी, २२ जेठ (रासस) ः विभिन्न अभियानका बाबजुद पनि जातीय विभेद अझै न्यूनीकरण हुन नसकेको एक कार्यक्रमका सहभागीले बताएका छन् । सरकारले जातीय विभेद अन्त्यको घोषणा गरेको १२ वर्ष पूरा भएको अवसरमा सोमबार बैतडीमा गरिएको मिडिया संवाद कार्यक्रमका सहभागीले हरेक सचेत नागरिकले जातीय विभेद अन्त्यको पहल थाल्नुपर्ने बताएका हुन् ।...बाँकी अंश →


कैलालीमा विद्युत् भुक्तानी ई–सेवाबाट

कैलाली, २२ जेठ (रासस) ः कैलालीमा विद्युत् भुक्तानी ई–सेवाबाट गर्न सकिने व्यवस्था शुरु गरिएको छ । ई–सेवा धनगढीले सोमबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी जिल्लाको धनगढी, टीकापुर, अत्तरिया, सुख्खडलगायत क्षेत्रका विद्युत् उपभोक्ताले विद्युत् महसुल ई–सेवाबाट बुझाउन सक्ने व्यवस्था गरेको धनगढी ई–सेवाका सञ्चालक कलम बमले जानकारी दिनुभयो । सम्मेलनमा नेपाल विद्युत्...बाँकी अंश →


श्रीमतीका गहना धरौटी राखी छ किलोमिटर सडक

बझाङ, २२ जेठ (रासस)ः जिल्लाको तलकोट गाउँपालिकाअन्तर्गतको रुपातोला—तलकोट—खौला सडकखण्ड निर्माण गर्दा आफ्ना श्रीमतीका नाक कानका गरगहना बैंकमा धरौटी राखी यहाँका स्थानीयले सडक निर्माण गरी गाडी गुडाएका छन् । विगत २०६० सालमा सो क्षेत्रका तलकोटी राजा (रजवार) नारायण सिंहले सो सडक खण्डको परिकल्पना गरी २०६५ सालदेखि सडक निर्माण कार्य शुरु भएको...बाँकी अंश →


मुख्यमन्त्री राहत र प्राकृतिक प्रकोप राहत कोष खडा गरिने

धनगढी, २१ जेठ (रासस)ः प्रदेश नं ७ प्रदेशसभाको आजको बैठकमा प्रदेशसभाका समितिमा दफावार छलफल पूरा भई तयार पारिएका विभिन्न विधेयकसम्बन्धी प्रतिवेदन प्रस्तुत गरिएको छ । बैठकमा प्रदेशसभाको विधायन तथा प्रदेश मामिला समितिका ज्येष्ठ सदस्य कृष्णराज सुवेदीले सम्बन्धित समितिमा दफावार छलफल भएको सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक...बाँकी अंश →


सार्वजनिक काममा महिला सहिभागिता बढ्दो

डडेल्धुरा, २१ जेठ (रासस) ः गाउँ समाजमा भइरहेका विभिन्न उपभोक्ता समितिले गर्ने सार्वजनिक कार्यमा महिलाको सहभागिता बढिरहेको छ । पछिल्लो समयमा उपभोक्ता समितिका काममा महिला सक्रियता देखिने गरेको छ । पुरुष रोजगारीको सिलसिलामा घर बाहिर रहने भएकाले पछिल्ला वर्षमा उपभोक्ता समितिका कामदेखि भौतिक पूर्वाधार निर्माणमा महिला मजदूरको संख्या बढी देखिने...बाँकी अंश →


गर्मीका कारण बिरामीको संख्यामा बृद्धि

बैतडी, २१ जेठ (रासस) ः अत्यधिक गर्मीका कारण बैतडीका स्वास्थ्य संस्थामा उपचारका लागि आउने बिरामीको संख्या बढ्दै गएको छ । जिल्ला अस्पताल बैतडीमा आजभोलि दैनिक रुपमा ६०÷७० जनाभन्दा बढी बिरामी आउने गरेका जिल्ला स्वास्थ्य कार्यालय बैतडीका हेल्थ असिस्टेन्ट सन्तोष पाण्डेयले जानकारी दिनुभयो । ज्वारो र झाडापखाला लगायतका बिरामी उपचारका लागि...बाँकी अंश →


युवतीलाई भारततर्फ लैजाने तीन जना पक्राउ

कञ्चनपुर, २१ जेठ (रासस) ः कञ्चनपुरको महाकाली नगरपालिकाकी एक जना युवतीलाई प्रलोभनमा पारी भारततर्फ लैजाने एक भारतीयसहित तीन जनालाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको छ । युवतीलाई विभिन्न लालच तथा प्रभोलनमा पारी भारतको खटिमातर्फ लैजाने क्रममा भारतको उधमसिंहनगर खटिमा–६ बस्ने ४७ वर्षीय महेन्द्र पाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका...बाँकी अंश →


सीमा क्षेत्रमा सशस्त्र प्रहरीको ‘फोर्स मार्च’

भीमदत्तनगर, २० जेठ (रासस)ः सशस्त्र प्रहरी बलले आजदेखि कञ्चनपुरको दक्षिणी भेगस्थित नेपाल–भारत सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण तथा सीमा क्षेत्रको रेखदेखका लागि साताव्यापी ‘फोर्स मार्च’ गस्ती शुरु गरेको छ । सशस्त्र प्रहरी बल मुख्यालयको नीति÷निर्देशन अनुसार यहाँको बेल्डाँडी गाउँपालिकादेखि उक्त गस्ती शसस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय कञ्चनपुरले शुरु गरेको हो...बाँकी अंश →


काँग्रेसले बलियो प्रतिपक्षको भूमिका निर्वाह गर्छ ः नेता लेखक

बाजुरा, २० जेठ (रासस) ः नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले जनताका नैसर्गिक आधारभूत अधिकार र लोकतान्त्रिक गणतन्त्र सरकारले सुरक्षित गर्नुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन बाजुराले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा नेता लेखकले संविधानको ग्यारेण्टी तथा मौलिक हक अधिकार सुनिश्चितता गर्दै लैजान सरकारलाई आग्रह गर्नुभयो । सबै...बाँकी अंश →


एकीकृत घुम्ती शिविरमा तीन सय बढी नागरिकता वितरण

म्याग्दी, २० जेठ (रासस) ः म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङमा शनिबार सम्पन्न एकीकृत घुम्ती शिविरमा ३०० बढी नागरिकता वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजनामा मालिका र धौलागिरि गाउँपालिकाको समन्वयमा दुई दिनसम्म सञ्चालन भएको घुम्ती शिविरमा ३१४ वटा नागरिकता वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लिलादेवी अर्यालले जानकारी दिनुभयो...बाँकी अंश →


शिविरमार्फत एक हजार बढीले सेवा लिए

बैतडी, २० जेठ (रासस) ः बैतडीको दोगडाकेदार गाउँपालिकामा शुक्रबारदेखि सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविर र एकीकृत घुम्ती शिविर शनिबार सम्पन्न भएको छ । शिविरमा नागरिकले स्वास्थ्य सेवा लिनुका साथै नेपाली नागरिकताको प्रमाणपत्रसमेत लिएका छन् । शिविरमार्फत १८० जनाले नेपाली नागरिकताको प्रमाणपत्र लिएको सहायक प्रमुख जिल्ला अधिकारी दीपककुमार आचार्यले जानकारी दिनुभयो...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter