शनिबार, ०५ जेठ २०८१

प्रदेश ७

खानेपानी आयोजनामा सौर्य ऊर्जा जडान

कञ्चनपुर, ३० जेठ ९रासस० ः जिल्लामा सञ्चालनमा रहेका तीनवटा खानेपानी आयोजनामा सौर्य ऊर्जा जडानको कार्य शुरु गरिएको छ । खानेपानी मन्त्रालयको सहयोगमा विद्युतीय भार कम गर्न सौर्य ऊर्जा जडान थालिएको हो । भीमदत्त नगरपालिकाको आदर्श खानेपानी आयोजना, शुक्लाफाँटा नगरपालिकाको झलारी खानेपानी आयोजना, बेलौरी खानेपानी आयोजना र त्रिभुवनबस्ती खानेपानी आयोजनमा सौर्य...बाँकी अंश →


नलगाड जलविद्युत्का लागि छुट्याएको रकमले मुआब्जा दिनै नपुग्ने

जाजरकोट, ३० जेठ (रासस) ः सरकारले आगामी वर्षको बजेटमा ४१० मेगावाटको नलगाड जलविद्युत् आयोजनाका लागि नाम मात्रको बजेट विनियोजन गरेको स्थानीयवासीले गुनासो गरेका छन् । विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) निर्माणको चरणमा रहेको आयोजनालाई समेत कम प्राथमिकतामा राखेर बजेट विनियोजन गर्दा जाजरकोटवासी चिन्तित बनेका छन् । आयोजनाको मुआब्जा वितरणका लागि करीब तीन अर्ब...बाँकी अंश →


किसान आलु खेतीतर्फ आकर्षित

डडेल्धुरा, २८ जेठ (रासस) ः विगतमा परम्परागत रूपमा धान र मकै लगाउने कृषक अहिले आलुलाई मुख्य बालीका रूपमा लगाउन थालेका छन् । परम्परागत रुपमा लगाइने मकै र धान खेती जगंली जनावरले नष्ट पार्नाका साथै न्यून आम्दानी हुन थालेपछि उनीहरुले आलुलाई मुख्य बालीका रुपमा लिन थालेका छन् । जिल्लाका कृषकका लागि...बाँकी अंश →


गन्याप ताल सरक्षण गरिने

डडेल्धुरा, २७ जेठ (रासस) ः समुद्री सतहबाट दुई हजार मिटर बढी उचाइमा रहेको गन्यापताललाई पर्यटकीय स्थलका रूपमा विकास गरिने भएको छ ।तालक्षेत्र संरक्षण र संवद्र्र्धनका लागि अहिले गन्यापधुरा गाउँपालिका जुटिरहेको छ । एक टोली गन्यापताल पुगी सम्भाव्यता अध्ययन गरेको गाउँपालिकाले जनाएको छ । माहाभारत लेकको टाकुरोमा अवस्थित उक्त ताल झण्डै...बाँकी अंश →


प्रदेश नं. ७ को नीति तथा कार्यक्रम सार्वजनिक

धनगढी, २६ जेठ (रासस) ः प्रदेश नं. ७ को सरकारको आज सार्वजनिक गरिएको आर्थिक वर्ष २०७५÷०७६ को नीति तथा कार्यक्रममा कृषि, जडिबुटी, जलस्रोत र पर्यटनको उचित व्यवस्थापन र परिचालन गरी विकास र समृद्धिको ढोका खोल्ने नीति लिइएको छ । प्रदेशसभा भवन, धनगढीमा आज बसेको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख मोहनराज मल्लले...बाँकी अंश →


काँग्रेसलाई पुरानै पार्टीमा स्थापना गरी विश्राम लिने ः सभापति देउवा

डडेल्धुरा, २६ जेठ (रासस) ः नेपाली काँग्रेस डडेल्धुराले आयोजना गरेको जिल्ला सम्मेलनको आज उद्घाटन गर्र्दै काँग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेसलाई पुरानै पार्टीमा स्थापना गरी विश्राम लिने बताउनु भएको छ । आफ्नो नेतृत्वमा सम्पन्न भएका तीन तहका निर्वाचनमा काँग्रेस हारेर पनि देशलाई जिताई संविधान कार्यान्वयनको गतिमा लगेको उहाँले उल्लेख...बाँकी अंश →


सञ्चार प्रविधिको दुरुपयोगले बालविवाह र महिला हिंसा बढ्दै

बैतडी, २६ जेठ (रासस) ः सञ्चार र प्रविधिको विकास तथा पहुँच पुगेसँगै यसको दुरुपयोग पनि हुने गरेका छन् । पछिल्लो समयमा सञ्चार प्रविधिको दुरुपयोगले बालविवाह र महिला हिंसाका घटना बढ्दै गएका छन् । मोबाइल, इन्टरनेट लगायतका प्रविधिको दुरुपयोगले बैतडीमा पनि बालविवाह चुनौतीपूर्ण बन्दै गएको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला कार्यक्रम...बाँकी अंश →


उपभोक्ता सचेत हुँदा वन डढेलोका घटना न्यून

कञ्चनपुर, २६ जेठ (रासस) ः वनका उपभोक्ता सजग हुँदा कञ्चनपुरमा वन डढेलोका घटनामा निकै कमी आएको छ । झाडी सफाइ, अग्निरेखा सुधार, स्याउला सफाइमा ध्यान दिँदा डढेलोका घटनामा कमी आएको हो । जिल्ला वन कार्यालय कञ्चनपुरका फेरस्ट फायर मनिटरिङ युनिटका प्रमुख विश्वेश्वर जोशीका अनुसार यस वर्षको हालसम्म चुरे क्षेत्रमा १०...बाँकी अंश →


अज्ञात रोगका कारण पठनपाठनमा समस्या

दार्चुला, २६ जेठ (रासस) ः दार्चुला महाकाली नगरपालिका–१ कोट कौतोलीस्थित अल्कापुरी माविका विद्यार्थी अज्ञात रोगका कारण दिनहुँ बेहोस हुन थाले पछि पठनपाठनमा समस्या भएको छ । विद्यालयका प्रधानाध्यापक दुर्गादत्त भट्टका अनुसार कक्षा ६ देखि १० सम्म अध्ययनरत् गर्ने छात्रा बेहोस हुने गरेका छन् । दैनिकजसो चारदेखि पाँच जना छात्रा बेहोस...बाँकी अंश →


निःशुल्क शिविरबाट एघार सय लाभान्वित

बैतडी, २५ जेठ (रासस) ः बैतडीको शिवनाथ गाउँपालिकामा जारी दुईदिने निःशुल्क स्वास्थ्य शिविर बिहीबार सम्पन्न भएको छ । उक्त शिविरबाट एक हजार १०० भन्दा बढी नागरिक लाभान्वित भएका छन् । नागार्जुन मावि, शर्मालीमा सम्पन्न शिविरमा ४०५ जनाको नाक, कान घाँटीको उपचार, ३६७ जनाको सामान्य चेकजाँच, २५७ जनाको दाँतसम्बन्धी उपचार, १३९...बाँकी अंश →


सामुदायिक विद्यालयको शैक्षिकस्तर सुधार गर्ने प्रयास

अछाम, २३ जेठ (रासस) ः दृढ ईच्छा, लगनशीलता र इमान्दारीता भयो भने सामुदायिक विद्यालयको शैक्षिकस्तर सुधार गर्ने प्रयासमा सर्वसाधारण व्यक्ति पनि लाग्न सक्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन्, अछाम साँफेबगरका कृष्ण कुँवर । पेशाले पुस्तक व्यवसायी कुँवर आफ्नो जिल्लाको सामुदायिक विद्यालयको शैक्षिकस्तर कसरी माथि उकास्ने भन्नेबारेमा सधैँ चिन्तित हुन्छन् ।...बाँकी अंश →


भारतीय जेलबाट २४ वर्षपछि फर्किए गणेश

कञ्चनपुर, २२ जेठ (रासस) ः युवा अवस्थामै कमाउनका लागि भारत पुग्नुभएका शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका ५५ वर्षीय गणेश ऐरले आधा जीवन जेलमा बस्नु पर्ला भनेर सपनामा समेत चिताउनुभएको थिएन । कमाउनका लागि भारततर्फ जाने बेला रु चार हजार मूल्यबराबरका क्यामेरा, क्यामेराको रिल, टेपरेकर्डर र आवश्यक कपडा बोकेर निस्कनु भएका उहाँलाई त्यही...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter