०३ चैत २०८२

समाचार

विवाहिताहरु आज वटसावित्री पर्व मनाउँदै

विराटनगर, १ जेठ (रासस) ः मिथिलाञ्चलमा अखण्ड शौभाग्यको कामना गर्दै आज बिहानैदेखि विवाहिताहरु वटसावित्री पर्व धार्मिक विधिपूर्वक मनाइरहेका छन् । यो पर्व मनाउनका लागि महिला बिहानैदेखि चोखो भएर नवबस्त्र धारण गरी पूजा सामग्रीका साथ बरको रुखमुनि बसेर पूजा गरिरहेका छन् । परापूर्वकालदेखि जेठको औँसीका दिन यो पर्व मनाउने गरिन्छ ।...बाँकी अंश →


खुला दिसाका कारण प्रत्येक घण्टा एकको मृत्यु हुने

विराटनगर, १ जेठ (रासस) ः घरबाहिर सर्वाङ्गीण नग्न भएर खुला दिसा गर्नु समाजका लागि लज्जास्पद कार्य भएकोे सोमबार यहाँ आयोजित कार्यक्रममा सहभागीले बताएका छन् । जिल्ला खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समिति, मोरङद्वारा यहाँ आयोजित मोरङ जिल्ला खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने अभियान गोष्ठीका सहभागी जनप्रतिनिधिले खुला दिसाका कारण युवती...बाँकी अंश →


ट्याक्सी चालकलाई पर्यटक आतिथ्यता तालीम

पोखरा, १ जेठ (रासस) ः नेपाल पर्यटन बोर्ड, पोखरा कार्यालयको प्रवद्र्धन एवं इलाका प्रहरी कार्यालय, डाँडाको नाक र लेखनाथ होटल व्यवसायी संघको आयोजनामा लेखनाथ क्षेत्रमा ट्याक्सी चालकलाई पर्यटक आतिथ्यता विषयक तालीम प्रदान गरिएको छ । पर्यटक सर्वप्रथम ट्याक्सी चालकसँग सम्पर्कमा जाने भएका कारण उनीहरूलाई पर्यटकसँग गरिने व्यवहारलगायतका जानकारी दिने उद्देश्यका...बाँकी अंश →


चार ठाउँमा आगलागी हुँदा रु सातलाख क्षति

कञ्चनपुर, १ जेठ (रासस) ः हावाहुरीका कारण कञ्चनपुरका छुट्टाछुट्टै चार ठाउँमा विद्युत् शर्ट भई आगलागी हुँदा झण्डै रु सात लाख भन्दा बढी मूल्यका घरपालुवा जनावर र कुखुरा जलेर मरेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीका अनुसार पुनर्वास नगरपालीका बलभद्रबस्तीका शुक्र तामाङको गोठमा आइतबार आगलागी हुँदा...बाँकी अंश →


सरकारको नीति तथा कार्यक्रम जेठ ७ मा आउने

काठमाडौँ, ३१ वैशाख (रासस) ः सरकारले आर्थिक वर्ष २०७५÷०७६ को नीति तथा कार्यक्रम आगामी जेठ ७ गते संघीय संसद्को संयुक्त सदनमा सम्बोधन गर्न राष्ट्रपतिसमक्ष अनुरोध गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बेलुका बसेको मन्त्रिपरिषद्को बैठकले सो दिन अपराह्न ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्न अनुरोध गरेको सञ्चार...बाँकी अंश →


करातेः नेपाल टिम च्याम्पियन

काठमाडौँ, ३१ वैशाख (रासस) ः नेपालले तेस्रो अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगिताको उपाधि आज हात पारेको छ । नेपाल वादोरियो कराते डो संघद्वारा आयोजित प्रतियोगितामा नेपालले १४ स्वर्ण, १७ रजत र ३७ कास्य जित्दै टिम च्याम्पियनसमेत बन्यो । दोस्रो भएको भारतले ११–११ स्वर्ण, रजत र कास्य हात पा¥यो । तेस्रो स्थानमा...बाँकी अंश →


आधुनिक युगमा रेशम मार्गको महत्व’

काठमाडौँ, ३१ वैशाख (रासस) ः यहाँस्थित पाकिस्तानी राजदूतावास र पाकिस्तान अध्ययन केन्द्रद्वारा आज राजधानीमा ‘आधुनिक युगमा प्राचीन रेशम मार्गको सामयिकता’ विषयको कार्यशालामा चीनको ‘एक क्षेत्र, एक मार्ग (ओबिओआर) परियोजनाबाट नेपाललाई लाभ पुग्ने बताइएको छ । कार्यशालाको उद्घाटन गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले नेपाल सरकारले गत वर्ष ओबिओआरअन्तर्गत भौतिक पूर्वाधार...बाँकी अंश →


सरकारमाथि भरोसा गर्न सङ्केत देखिएको छैन्ः नेता निधि

जनकपुरधाम, ३१ वैशाख (रासस) ः नेपाली काँगे्रसका उपसभापति विमलेन्द्र निधिले वर्तमान सरकारमा आन्तरिक धमिरा लाग्न शुरू भइसकेको बताउनुभएको छ । काँगे्रस धनुषाको १३ औँ अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो, “सरकारमाथि भरोसा गर्न सक्ने सङ्केत देखिएको छैन् । ” उपसभापति निधिले सरकारको क्रियाकलापले संघीय संरचना र संविधानमाथि खतरा उत्पन्न...बाँकी अंश →


धरहरा पुनःनिर्माणको शिलान्यास असारमा

काठमाडौँ, ३१ वैशाख (रासस)ः भूकम्पले क्षतिग्रस्त धरहराको पुनःनिर्माण राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले नै गर्ने भएको छ । धरहरा पुनःनिर्माणको शिलान्यास असारमै गर्ने गरी तयारी गरिएको प्राधिकरणले जनाएको छ । धरहरा पुनःनिर्माणका लागि प्राधिकरणले आजको गोरखापत्र दैनिकमा टेण्डर आह्वानसमेत गरेको छ । धरहरा पुनःनिर्माणका लागि करीब रु चार अर्ब लाग्ने लागत अनुमान...बाँकी अंश →


खुशीसहितको सुखी नेपालीतर्फ बजेट केन्द्रित हुने

काठमाडौँ, ३१ वैशाख (रासस) ः अर्थमन्त्री डा युवराज खतिवडाले खुशीसहितको सुखी नेपालीतर्फ आगामी बजेट केन्द्रित हुने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७५÷०७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथि भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले अबको प्राथमिकता संविधानको मर्मअनुसार समावेशी र समृद्ध नेपाल...बाँकी अंश →


आज एकैपटक ४० आरोही सगरमाथाको शिखरमा

काठमाडौँ, ३१ वैशाख (रासस) ः आज एकैपटक ४० आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । यस वर्षको आरोहण शुरु भएको आज दोस्रो दिन एकैपटक ४० आरोही विश्वकै सर्वोच्च शिखरमा पुगेका हुन् । सगरमाथा आधार शिविरमा रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार स्वदेशी तथा विदेशी...बाँकी अंश →


राष्ट्रपतिसमक्ष प्रतिवेदन पेश

काठमाडौँ, ३१ वैशाख (रासस) ः राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष कामु प्रधानन्यायाधीश दीपकराज जोशीले न्यायपरिषद् तथा न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजना गरेको कार्यक्रममा राष्ट्रपति भण्डारीसमक्ष कामु प्रधानन्यायायीश जोशीले आर्थिक वर्ष २०७३÷०७४ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो । नेपालको संविधानको धारा १३८...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter