बिहिबार, २७ बैशाख २०८१

समाचार

‘बालबालिकाको अवस्था कहालिलाग्दो

जनकपुरधाम, ९ जेठ (रासस)  प्रदेश नं २ मा बालबालिकाको अवस्था कहालिलाग्दो रहेको प्रति ध्यानाकर्षण गराइएको छ । तथ्यांकनुसार प्रदेशमा प्रजनन दर, नवजात शिशु, शिशु र बाल मृत्युदर कहालिलाग्दो छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणको नतिजाबमोजिम प्रदेशमा प्रतिमहिलामा जीवित जन्म हुने शिशु ३.० प्रतिशत छ । त्यस्तै पाँच वर्षमुनिका बालबालिका...बाँकी अंश →


बाँध निर्माण नहुँदा रौतहट डुब्ने खतरा

गौर, रौतहट, ९ जेठ (रासस)  गत साउनको अन्तिममा आएको बाढीले डुबानमा परेको रौतहट यसपालिको वर्षामा पनि डुबानमा पर्ने हो कि भन्ने त्रास स्थानीयवासीमा बढेको छ । सैँतीस जनाको ज्यान जाने गरी आएको बाढीको मुख्य कारक बनेको बकैया नदीको बाढीले सो नदीको विभिन्न स्थानबाट बाँध फुटेपछि गाउँ गाउँमा बाढी पसेको थियो...बाँकी अंश →


बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

नेपालगञ्ज, ९ जेठ (रासस)  बाँके जिल्ला कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी राखिएको छ । तीन सय कैदीबन्दी बस्न सक्ने क्षमताको सो कारागारमा अहिले ६५५ कैदीबन्दी रहेको कारागार प्रमुख मोहन लामिछानेले बताउनुभयो । कैदीबन्दीको आचरण सुधारका लागि विसं २००० सालमा स्थापना गरिएको नेपालगञ्जस्थित बाँके जिल्ला कारागारलाई नागरिकको सुरक्षाका दृष्टिकोणले पनि अन्यत्र...बाँकी अंश →


जिशिअ सुवेदी पक्राउ

इटहरी, ९ जेठ (रासस)  सेवाग्राहीसँग घुस लिदालिदैं गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका टोलीले जिल्ला शिक्षा समन्वय समिति सुनसरीका प्रमुख खगेन्द्र सुवेदीलाई इनरुवाबाट नियन्त्रणमा लिएको छ । जिल्लाकै एक आधारभूत विद्यालयका शौचालय निर्माण र त्यसको पर्खाल लगाउने विषयमा जिल्ला समन्वय समितिबाट सहयोग रकम उपलब्ध गराउने सर्तमा रु ५० हजार घुस...बाँकी अंश →


पुस्तकालय र आकस्मिक कक्ष सञ्चालन

भक्तपुर, ९ जेठ (रासस)  स्थानीय तहमा आफू निर्वाचित भएको एक वर्ष पुगेका अवसरमा भक्तपुर नगरपालिकाले जनस्वास्थ्य कार्यालयको आकस्मिक कक्ष र जनज्योति पुस्तकालयको मंगलबार उद्घाटन भएको छ । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नगरपालिकाले वडा नं २ स्थित देको–मिवा–इटापाके आवास योजनाको कार्यालय रहेको भवनमा सञ्चालनमा ल्याएको जनज्योति पुस्तकालयको उद्घाटन...बाँकी अंश →


नक्कली नागरिकता लिने भारतीय कारबाहीमा

विराटनगर, ९ जेठ (रासस)  किर्ते कागजका आधारमा एक जना भारतीय नागरिकले नेपाली नागरिकताको प्रमाणपत्र लिएकोमा त्यसको छानबिन गरी आवश्यक कारबाही गर्न माग गरिएको छ । भारत बिहार अररिया जिल्लाका ३५ वर्षीय मुजफ्फर हुसैनले किर्ते कागजका आधारमा रंगेली नगरपालिका–८ बाट २०७४ माघ १७ गते नेपाली नागरिकताको प्रमाणपत्र लिएको जनाएको छ ।...बाँकी अंश →


जोशी अमेरिकी विश्वविद्यालयका पहिलो नेपाली डीन

काठमाडौँ, ९ जेठ (रासस)  तनहुँमा जन्मेर अमेरिकामा बसोबास गर्दै आउनुभएका डा जीत जोशी एक अमेरिकी विश्वविद्यालयको पहिलो नेपाली डीन बन्नुभएको छ । आजभन्दा झण्डै तीन दशकअगाडि अमेरिका पुग्नुभएका उहाँ हाल अमेरिकाको क्यालिफोर्निया राज्यको लसएन्जेल्समा बस्दै आउनुभएको छ । डा जोशी क्यालिफोर्निया स्टेट युनिभर्सिटी लङ्बीच युनिभर्सिटीका डीन एवं सोही विश्वविद्यालयको अन्तर्राष्ट्रिय...बाँकी अंश →


नीति तथा कार्यक्रममाथि ६ वटा संशोधन प्रस्ताव दर्ता

काठमाडौँ, ९ जेठ (रासस)  सरकारले संघीय संसद्मा प्रस्तुत गरेको आव २०७५÷७६ को नीति तथा कार्यक्रममाथि छ वटा संशोधनका सूचना दर्ता भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका डा मीनेन्द्रप्रसाद रिजाललगायत १७ सांसदले प्रस्तुत गरिएको संशोधनमा राष्ट्रपतिबाट भएको नीति तथा कार्यक्रमको सम्बोधन विभिन्न ठाउँमा सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई सम्बोधन गर्दा...बाँकी अंश →


औषधि पसलमा आगलागी तीन घर नष्ट

राजविराज, ९ जेठ (रासस)  सप्तरीको सुरुङ्गा नगरपालिका– २ भेडियास्थित एउटा औषधि पसलमा आज बिहान आगलागी हुँदा लाखौंँ मूल्य बराबरको क्षति भएको छ । स्थानीयवासी आनन्द विकले सञ्चालन गरेको औषधि पसलमा विद्युत् चुहिई आगलागी हुँदा करीब रु दश लाख मूल्य बराबरको औषधि र टिनको छानो भएको एउटा घर पूर्णरुपमा जलेर नष्ट...बाँकी अंश →


नेपाल प्रहरीद्वारा हेलिप्याड निर्माण

रसुवा, ९ जेठ (रासस)  नेपाल प्रहरीको सक्रियतामा धुञ्चेमा नयाँ हेलिप्याड निर्माण भएको छ । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीको सक्रियतामा आफ्नो कार्यालयको माथिल्लो भागमा एमआई हेलिकोप्टरसमेत अवतरण गर्न सक्ने हेलिप्याड निर्माण गरिएको छ । पहिलो पटक अल्टिच्युड एयरको हेलिकोप्टर अवतरण गराई सफल परीक्षण समेत गरिएको...बाँकी अंश →


घुस लिँदै गर्दा अख्तियारको फन्दामा सुनसरीका जिल्ला शिक्षा अधिकारी: सुवेदी

कयर खबर ९ जेठ  इनरुवा। घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सुनसरीका जिल्ला शिक्षा अधिकारी खगेन्द्र सुवेदीलाई पक्राउ गरेको छ। बुधबार बिहान घुस लिँदै गरेको अवस्थामा सुनसरी जिसिअ सुवेदीलाई अख्तियारको टोलिले उनकै निवासबाट नियन्त्रणमा लिएको क्षेत्रीय अख्तियार दुरुपयोग कार्यालय इटहरीले जनाएको छ । एक सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग...बाँकी अंश →


स्वास्थ्य चौकीलाई चार रोपनी जग्गादान

रामपुर, पाल्पा, ९ जेठ (रासस)  रामपुर नगरपालिका–८ मा रहेको खालीवन स्वास्थ्य चौकीलाई चार रोपनी जग्गा दानस्वरुप प्राप्त भएको छ । यहाँका दुई घरपरिवारबाट चार रोपनी जग्गादान स्वास्थ्य चौकीलाई गरिएको हो । वडा नं ८ को कालीगण्डकी करिडोर नजिकै कुमराङमा रहेको रु ४० लाख बराबरको जग्गा स्वास्थ्य चौकीको नाममा पास भएको...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter