शनिबार, १५ बैशाख २०८१

क्रिकेटर लामिछानेलाई कार उपहा

९ जेष्ठ २०७५, बुधबार २०:५३ मा प्रकाशित

काठमाडौँ, ९ जेठ (रासस) ः इन्डियन प्रिमियर लिग(आइपिएल) खेल्ने पहिलो नेपाली खेलाडी बनेका राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले टाटा मोटर्सको टिएगो कार पाएका छन् ।

सिप्रदी ट्रेडिङ प्रालिले तीन वर्षका लागि ब्राण्ड एम्बेसडर घोषणा गर्दै १७ वर्षीय क्रिकेटर लामिछानेलाई आज कार उपहार दिएको हो । सिप्रदी ट्रेडिङका निर्देशक शम्भुप्रसाद दाहाल, प्रमुख कार्यकारी अधिकृत (सिइओ) राजनबाबु श्रेष्ठ र टाटा इन्डिया नेपालका प्रमुख अजितनारायण सिंहले सन्दीपलाई गाडीको साँचो आज यहाँ आयोजित एक कार्यक्रममा हस्तान्तरण गर्नुभयो ।

लामिछानेलाई दिल्ली डेडरडेभिल्सले बीस लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो । आइपिएलमा उनले अन्तिम तीन खेल खेल्ने अवसर प्राप्त गरेका थिए । जसमा उनले उत्कृष्ट बलिङ गर्दै पाँच विकेट लिएका थिए ।

आयुशमान र सुनीरालाई स्वर्ण

आयुशमान घले र सुनीरा थापाले प्रथम आइएमई÷जेटिआई ग्रान्ड जुनियर ओपन लनटेनिस प्रतियोगिताको दश वर्षमुनि (यु–१०) एकल विधामा उपाधि हात पारेका छन् ।

छात्रको फाइनल खेलमा आयुशले सक्षमविक्रम शाहलाई ७–५ र ६–३ को सोझो सेटमा पराजित गरे । छात्राको उपाधि भिडन्तमा सुनिराले प्रशंसा मोक्तानलाई ६–२, ३–६ र १०–६ को सेटमा हराइन् ।

यु–१२ छात्राको एकल विधामा शुभाङ्गीलक्ष्मी शाह र अजा रेग्मी उपाधिका लागि भिड्ने भएका छन् । सेमिफाइनलमा शुभाङ्गीले इभा अधिकारी तथा अजाले आइशा डोल्कर गुरुङलाई समान ६–३ र ६–४ को नतिजामा पाखा लगाए ।

यु–१४ छात्र एकलमा आर्यन गिरी र चिराग तिमल्सिनाले फाइनल भेट पक्का गरे । सेमिफाइनलमा आर्यनले कुवेहाङ राईको चुनौती ६–१ र ६–३ ले समाप्त पारे भने चिरागले प्रितम परियारलाई ६–२ र ६–४ ले निराश पारे ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter